काठमाडौँ निर्माणका लागि महानगर आफै तयार छ : मेयर शाक्य

काठमाडौँ, २८फागुन ।  काठमाडौँ महानगरपालिका भित्र रहेका मूर्त अमूर्त सम्पदा पुनर्निर्माण र संस्कृतिलाइ बचाउन महानगरपालिका आफै सक्षम रहेको काठमाडौँ महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले बताउनुभएको छ । 

महानगरपालिका अन्तर्गत १७ वडा स्थित इन्द्रायणी मन्दिर परिषद भित्र मंगलबार महानगरपालिकाको अनुदान सहयोगमा निर्माण हुन लागेको सत्तल निर्माणको सिलान्यास गर्दै मेयर शाक्यले सम्पदा पुनर्निर्माणमा सबैको सहयोगको अपेक्षा रहेको बताउनुभयो । 


यसैगरी महानगरपालिकाका उप-मेयर हरिप्रभा खड्गी श्रेष्ठले महानगरको विकास निर्माण, सल्लाह सुझाबका लागि नगरबासीलाई महानगर कार्यालय सदैब खुल्ला रहेको र सबैको साथ र सहयोग मिल्ने बिस्वास व्यक्त गर्नुभयो । 

आयोजना निर्माणका लागि महानगरपालिकाले मिलिजुली कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. सँग सम्झौता गरेको छ ।  सम्झौता बमाेजिम उक्त सत्तल आगामी वर्ष भित्र सम्पन्न हुने बताइएको छ । उक्त सत्तलका लागि १ करोड १७ लाख लागत लाग्ने बताइएकाे छ । 

Loading...