१५ सय कैदी रिहा गर्न राष्ट्रपतिले दिए स्वीकृति

एजेन्सी, अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले विद्रोही १५ सय जना तालिबानी कैदीलाई रिहा गर्न स्वीकृति दिएका छन् । अशरफ घानीले स्वीकृति दिएसँगै रिहा हुन लागेका कैदीहरुले १५ दिनभित्र अब कुनै पनि युद्धमा सहभागी नहुने लिखित प्रतिबद्धता जनाउनु पर्ने भएको छ । तालिबानले आफ्नो नियन्त्रणमा रहेका एक हजार सरकारी व्यक्ति रिहा गर्न सहमति जनाइसकेको छ ।

अमेरिका र तालिवान बीच भएको शान्ति सम्झौतामा अफगान सरकारले विद्रोही कैदी र तालिबानले आफ्नो नियन्त्रणमा रहेका सरकारी व्यक्ति छाड्ने सहमति पनि भएको थियो । सुरुमा अफगान राष्ट्रपति घानीले विद्रोही कैदी नछाड्ने बताएको भए पनि दोस्रो कार्यकालका लागि सपथ लिएपछि कैदी छाड्न सहमति जनाएका हुन् ।

सम्झौता अनुसार अमेरिकाले मङ्गलबार देखि नै आफ्ना सैनिका फिर्ता लैजाने काम सुरु गरेको छ । अफगानि सरकार र तालिबान बीच कैदी बन्दी रिहाइको लागि निरन्तर वार्ता हुने र वार्तामा प्रगति भएमा हरेक दुई हप्तामा पाँच सयलाई रिहा गर्ने अफगान सरकारले जनाएको छ । पछिल्ला प्रगतिहरुले अफगानिस्तानमा लामो समय चलेको युद्ध शान्तिमा परिणत हुने आशा गरिएको छ ।

Loading...