संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभाका अध्यक्षसहित तीन पक्राउ

राँझा, ४ असोज । संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका थारू कल्याणकारिणी सभाका पदाधिकारीले कोहलपुरमा संविधान जलाउन खोजेकाले अध्यक्ष विनोद थारूसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । संविधानका केही धारा–उपधारा […]

सभामुख महरा कजाकस्तान प्रस्थान

काठमाडौँ, ४ असोज । सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखको बैठकमा भाग लिन आज कजाकस्तान प्रस्थान गरेका छन् । छ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । यहीँ सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकमा सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ । प्रतिनिधिमण्डलमा […]

सेनाका पाइला अब आर्थिक अनुशासन र लोकतान्त्रिकरणतर्फ…

काठमाडौँ, ४ असोज । मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले पाइला आर्थिक अनुशासन, लोकतान्त्रिकरण, पारदर्शीता र व्यावसायिकतालाई विशेष प्राथमिकता दिएको छ । जनताको विश्वास र भरोसाको सङ्गठनभित्र मौलाउँदै गरेको विकृति र विसङ्गतिलाई अन्त्य गर्ने सोचका साथ वर्तमान सैनिक नेतृत्व साङ्गठनिक सुधारमार्फत राष्ट्रिय सुरक्षाको जग बलियो बनाउने आधार निर्माणमा लागेको छ । सेनाले गुनासो […]

स्थानीय तहको आन्तरिक आम्दानी ४२ करोड

दमौली, ४ असोज । जिल्लास्थित दश स्थानीय तहले आन्तरिक स्रोतबाट ४२ करोडभन्दा बढी आम्दानी गरेका छन् । चार नगरपालिका र ६ गाउँपालिकाले आर्थिक वर्ष ०७५÷७६ मा कूल ४२ करोड ५५ लाख ८३ हजार २६९ आन्तरिक स्रोतबाट आम्दानी गरेका हुन् । स्थानीय तहहरुले सम्पत्ति, भूमि, घर बहाल कर, ढुङ्गा गिट्टीको बिक्री÷ठेक्का, नक्सापास दस्तुर, सिफारिसलगायतबाट आन्तरिक आम्दानी […]

युद्धमा फक्रेका तर शान्तिमा बिर्सिएका कलाकारको कथा

क सले भन्छ क्रान्ति यहाँ सफल हुँदैन ? क्रान्तिकारी आशावाद केन्द्रीय भाव रहेको यो गीत नसुन्ने क्रान्तिकारीहरु सायदै होलान् । जनयुद्धकालमा लाखौं जनमनले क्रान्तिकारी आवेग र उत्साहका साथ गुनगुनाएको यो गीत त्यो बेला खुब लोकप्रिय थियो । प्रदेश नं. ५ का सभामुख एवं गीतकार पूर्ण घर्ती ‘आयाम’ को रचना रहेको यो गीत गायक एवं संगीतकार मोहित […]

मुख्यमन्त्री राउत र महन्थ ठाकुरले मधेश अलग देश हुनसक्ने भन्दै दिए यस्तो चेतावनी

जनकपुरधाम, ३ असोज । नयाँ संविधान जारी भएको दिनलाई ठूलो तामझामका साथ मनाइरहँदा यसको विरोधमा पनि चर्का आवाज उठेका छन् । राजधानीमै कालो जुलुस निकालिएको छ भने नयाँ संविधानको विरोधमा आवाज उठाउँदै आएको दुई नम्बर प्रदेशमा देश नै अलग हुनसक्ने नारा लागेको छ । संविधान दिवसकै दिन दुई नम्बर प्रदेशका मुख्यमन्त्री र दुई नम्बर प्रदेशमा […]

कालो टिसर्ट र कालै ब्यानरमा असोज तीन, कालो दिन भन्दै निस्कियो जुलुस

काठमाडौं, ३ असोज । नयाँ संविधान जारी भएको आजको दिन अर्थात असोज ३ लाई सरकारले भव्य रुपमा मनाइरहँदा काठमाडौंमा यो दिनलाई कालो दिन भन्दै कालो टिसर्टधारीहरुले जुलुस निकालेका छन् । बाक्लो सुरक्षा व्यवस्था गरिएको देशको राजधानीको मध्य मुटु वसन्तपुरदेखि इन्द्रचोक, असन क्षेत्रमा ठूलो जुलुस निकालेर ‘असोज तीन, कालो दिन’ भन्ने नारा लगाइएको हो । यसले […]

चीन र कोरियाद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ, ३ असोज । संविधान दिवसका अवसरमा चीन र गणतन्त्र कोरियाका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन । चीनका राष्ट्रपति सी चिनफिङ र गणतन्त्र कोरियाका राष्ट्रपति मुन जेइनले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै बधाई तथा शुभकामना सन्देश पठाउँदै अति निकटको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउन आफूहरु क्रियाशील रहेको बताएका छन […]

संविधान दिवस नेपाली जनताको राष्ट्रिय उत्सव हो : प्रधानमन्त्री

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आप्mनै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानून–संविधान जारी गरी भएको ऐतिहासिक दिनको सन्दर्भमा सबैप्रति शुभकामना व्यक्त गरेका छन । पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षदेखि संविधान दिवसलाई सरकारी वा राजकीय दिवस जस्तो होइन, आम […]

भाग्यरेखा कोरिएको दिन’ संविधान दिवस : मुख्यमन्त्री शाही

सुर्खेत, ३ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान दिवस ‘जनताको भाग्यरेखा कोरिएको दिन’ भएको बताएका छन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित चौथो संविधान संविधान दिवस समारोहमा मुख्यमन्त्री शाहीले नेपाली जनताको बलिदान र त्यागले प्राप्त भएको संविधानको कार्यान्वयनबाट मात्र जनताको कोरिएको भाग्यरेखा सुनिश्चित हुने बताए । यस प्रदेशमा जनचाहना अनुरूपको समृद्धि […]