काठमाडौँ । कांग्रेस नेताहरु गगन थापा र अर्जुननरसिंह केसीमा शनिबार कोरोना भाइरस संक्रमण देखिएको छ। कांग्रेस केन्द्रीय समिति बैठकअघि कोरोना भाइरस संक्रमण परीक्षण गर्ने क्रममा तीन केन्द्रीय सदस्यमा कोरोना संक्रमण देखिएको हो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले कांग्रेसका तीन केन्द्रीय सदस्यसहित ६ जनामा संक्रमण देखिएको पुष्टि गरेका हुन्। शुक्रबारको परीक्षणका क्रममा थापा र […]
राजनीति
सरकारले थाइ एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिँदै
काठमाडौं, १५ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिने भएको छ। सरकारले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिएको विषयमा आलोचना भइरहेका बेला प्राधिरकणले थाइ र एयर इण्डियालाई दिएको अनुमति पनि फिर्ता लिने तयारी भएको बताएको हो। बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा प्राधिरकणका […]
फेरि मनपरि निर्णय गर्न थालेको भन्दै प्रधानमन्त्री ओलीलाई भिम रावलले दिए चेतावनी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सरकारमा मनपरी जथाभावी निर्णय गर्न थालेको भन्दै सत्तारुढ दलका नेता भिम रावलले आक्रोश पोखेका छन् । यसअघि पार्टी स्थायी समिति र सचिवालयमा महत्वपूर्ण राजनीतिक नियुक्ति गर्ने गर्ने निर्णय गरे पनि त्यसको उल्लंघन गर्दै प्रधानमन्त्री पार्टीमा फेरि संकटको पुनरावृत्ति हुने गरी काम गर्न थालेको उनले दावी गरेका छन् । […]
कर्णाली प्रदेश सरकार र प्राधिकरणबीच सुर्खेत विमानस्थल स्तरोन्नतिका लागि सम्झौता
सुर्खेत । सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ। नेपाल सरकार र कर्णाली प्रदेश सरकारबीच लागत साझेदारी अवधारणा अन्तर्गत सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नतिका लागि जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास निर्माण कार्य गराउन कर्णाली प्रदेश सरकार र नेपाल […]
कोरोनाको निहुँ बनाएर पत्रकार निस्कासन गर्ने मिडिया हाउस विरुद्ध चरणबद्ध आन्दोलन सुरु
काठमाडौँ । विभिन्न सञ्चारसंस्थाबाट पीडित भएका पत्रकार तथा कर्मचारीले रिले अनशन सुरु गरेका छन्। कोरोना महामारीको बहानामा जबर्जस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका तथा तलब माग्दा दुर्गम क्षेत्रमा सरुवाका साथै महिनौंदेखि तलब नदिने गरिएका पत्रकारहरुले चरणबद्ध आन्दोलनको घोषणा गर्दै पहिलो चरणमा पाँच दिने रिले अनसन सुरु गरेका हुन् । नेपाल पत्रकार महासंघको समन्वयमा बिहीबार पीडित […]
लकडाउनमा पनि बन्द भएनन हुम्लाका यी दुई विद्यालय
हुम्ला । हुम्ला नाम्खा गाउँपालिका वडां ६ लिमी गाउँमा सञ्चालित दुई विद्यालय बन्दाबन्दीको समयमा पनि नियमित सञ्चालनमा आएका छन् । हिमालपारीको गाउँ जो नाम्खा गाउँपालिका–६ लिमीको हल्जी र जाङ गाउँका दुई विद्यालयमा अहिले पनि नियमित पठनपाठन भइरहेको छ । सुनखानी प्राथमिक विद्यालयका शिक्षक छिरिङ मेन्डाक तामाङले नेपाल सरकारले लकडाउन गरेको समयमा पनि विद्यालयमा पढाइ चलिरहेको […]
पैँतिस वर्ष पुरानो पुल मर्मतसम्भार नहुँदा आवतजावतमा समस्या
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाको दक्षिणी कुना जोड्ने पैँतीस वर्ष पुरानो पुल मर्मत नहुँदा आवतजावतमा अप्ठायारो हुँदै गएको छ । कति खेर को र कति मानवीय र भौतिक क्षति हुने हो स्थानीयहरू डराई डराई आवतजावत गर्न बाध्य भएका छन् । हुम्लाको विभिन्न गाउँपालिका जोड्ने मुख्य पुलका रुपमा रहेका खार्पुनाथ गाउँपालिकामा रहेको छारेपुल मर्मत हुन नसक्दा […]
घुम्न जाउ एकै दिन सात पटक घाम उदाउने र अस्ताउने गाउँ
हो उच्च हिमशृङ्लाहरु हिमसेनाका रुपमा चारैतिर चौबिसै घण्टा, बाह्रै महिना नियमित, निरन्तर र अविरल पहरा गरेका छन् । तिनीहरूले सत् असत्को लेखाजोखा गरेका छन् । कालो सेतोको होरो कोरो छन् । राम्रो नराम्रोको डोरो बाँधेका छन् । उचनिचको विभेद छोडेका छन् । घामपानीको लुकामारी खेलेका छन् । तर तर यो असन्तोषी मान्ठलाई त सकेको सबै […]
मार्क्सवादी एकता अभियानको भर्चुअल अन्तरक्रिया सम्पन्न
काठमाडौं । माक्र्सवादी एकता अभियानले शनिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारीका कारण भौतिक रुपमा जमघट गर्न कठिन भइरहेको र भर्चुअल माध्यमद्वारा वेव अन्तरक्रिया तथा बैठकहरुको चलन बढिरहेको अवस्थामा माक्र्सवादी एकता अभियानले पनि भर्चुअल माध्यमबाटै अन्तरक्रिया सम्पन्न गरेको हो । मार्क्सवाद र नेपालको संविधान विषयक गोष्ठीमा वरिष्ठ कानुन व्यवसायी डा. युवराज संग्रौला र […]
ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण
काठमाडौँ, ९ असाेज । ललितपुर महानगरपालिका मेयरसहित तीन नगरपालिकाका मेयरलाइ काेराेना संक्रमण भएकाे छ । ललितपुर महानगरपालिकाका चिरिबाबु महर्जन र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई शुक्रबार कोरोना संक्रमण भएको छ भने महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाइ यसअघि नै काेराेना संक्रमण भएकाे थियाे । त्यसैगरी यसअघि काठमाडाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाइ पनि काेराेना भएकाे थियाे । […]











