माफी माग्दै हुम्लाका सहायक सिडिओले भने गल्ती बोले

काठमाडौँ । हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले ‘गल्ती बोलें, क्षमा चाहन्छु’ भन्दै गृह मन्त्रालयलाई स्पष्टीकरण दिएका छन् । चीनले नेपाली भू–भाग अतिक्रमण गरेको भनी ‘विवादास्पद अभिव्यक्ति’ दिएका हमाललाई गृहले बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । गृहको प्रशासन महाशाखामा बिहीबार दिउँसो स्पष्टीकरण पत्र पठाउँदै उनले स्थानीयले भनेको कुरामा विश्वास गर्दा आफूबाट गल्ती भएको स्पष्टीकरणमा उल्लेख […]

एसिडको बिक्रि वितरण तथा आक्रमण सम्बन्धी अध्यादेश पारित

काठमाडौँ । सरकारले एसिडको बिक्रि वितरण तथा त्यसको आक्रमण सम्बन्धी कसुरलाई नियमन गर्न अध्यादेश पारित गरेको छ। बिहीबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एसिडको बिक्री वितरणलाई व्यवस्थित गर्ने तथा आक्रमणका घटनालाई नियमन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। कानुन न्याय तथा संसदीय मामिला […]

चिनियाँ जलक्षेत्रनजिक पुगेका बेला अमेरिकी जासुसी विमानले हेक्सकोड बदल्यो

एजेन्सी । एउटा अमेरिकी जासुसी विमानले फिलिपिन्सको विमानजस्तो देखिनेगरी आफ्नो हेक्स कोड परिवर्तन गरेको छ। बेइजिङस्थित साउथ चाइना सी स्ट्रटेजिक सिचुएसन प्रोबिङ इनिसियटिभ र एयरक्राफ्ट स्पट्स नामक संस्थाका अनुसार सो विमानले पित सागरमाथि उडिरहेको बेला हेक्स कोड परिवर्तन गरेको हो। इन्टरनेसनल सिभिल एभियसन अर्गजनाइजेसनले सबै विमानलाई परिचयका रुपमा हेक्स कोड दिने गर्छ। जसलाई बदल्न पाइँदैन। […]

विद्यालय शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहमा गएमात्रै दिगो विकास लक्ष्य पूरा हुने

काठमाडौं । दिगो विकास लक्ष्य–४ (एसडिजि गोल–४)का लक्ष्य पुरा गर्न संविधानतः विद्यालय शिक्षाका अधिकार स्थानीय तहमा हस्तान्तरण हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् । स्थानीय तहमा कार्यान्वयनमा नलगेसम्म एसडिजिका लक्ष्य पुरा नहुनेमा उनीहरुको जोड थियो । दिगो विकास लक्ष्य सप्ताहाका अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसिइ)ले आयोजना गरेको ‘दिगो विकास लक्ष्य ४ को राष्ट्रिय प्रारुप कार्यान्वयन कसरी […]

नेपाल-चीनका बीच हराएको भनिएको ११ नम्बर सीमास्तम्भ भेटियो

हुम्ला । नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । लामो समयदेखि हराएको भनिएको उक्त पिलर हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार भेटाएकाे हाे । ११ नम्बर सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा भेटिएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए । उनले पिलर खाेज्दै जाँदा हिउँ र माटोले पुरिएको अवस्थामा […]

मिडिया सोसाइटी फुटेर गठन भयो मिडिया अलाइन्स

काठमाडाैं । सञ्चार उद्यमीहरुको साझा संस्था मिडिया सोसाइटी फुटेर मिडिया अलाइन्स नेपाल नामक संस्था गठन भएको छ। सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाउँदै लगानीकर्ताको हकहितका लागि मिडिया अलाइन्स नेपाल नामक संस्था स्थापना भएको जनाइएको छ। सञ्चारसम्बन्धी नीति, ऐन, कानून निर्माणमा सञ्चार उद्यमीको हकहितको संरक्षणका साथै जनउत्तरदायी कानून निमार्णामा सहयोग गर्ने, सञ्चार क्षेत्रलाई मर्यादित व्यवस्थित […]

लिम्पियाधुरा समेटेर पाविकेले छापेको पुस्तक वितरण नगर्न प्रधानमन्त्रीले लगाए रोक

काठमाडौं, ६ असोज । लिम्पियाधुरा कालापानी लिपुलेकसहितको भूगोल समेटेर नक्सा प्रकाशन गरेर निकै ठूलो बहादुरी गरेको भन्दै प्रचारवाजी गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः उक्त क्षेत्रफल समेटेर तयार पारिएको पुस्तक वितरण नगर्न दिनेश्न दिएका छन् । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक सन्दर्भ पुस्तक छापेको थियो । प्रधानमन्त्रीले उक्त […]

जवरजस्ती ट्रमा सेन्टर लगिएका डा. केसी परिक्षण गर्नै नदिएर अस्पतालबाट बाहिरिएपछि शिक्षण अस्पताल पुर्याइयो

काठमाडौं, ६ असोज । एअरपाेर्टबाट जवरजस्ती राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएका डा. गाेविन्द केसी अन्तत: शिक्षण अस्पताल पुगेका छन् । ९ अाै दिनकाे अनसनमा रहेका डा. केसीले आफूलाइ शिक्षण अस्पतालमा नलगी कुनै पनि उपचार परिक्षण गर्न नदिने अडान लिएर बाहिरिएपछि उनलाइ अबेर ट्रमा सेन्टरबाट सारिएकाे हाे । मंगलबार अनशनकै क्रममा उनलाइ नेपालगञ्जबाट काठमाडौं ल्याइएकाे थियाे । […]

१ लाख ५१ हजार राशीको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टिका सम्पादक श्रेष्ठलाई

काठमाडौं, ५ असोज । यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकउत्सवको अवसरमा मङ्गलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा वार्षिकोत्सव समारोह गरी पुरस्कार वितरण गर्ने काउन्सिलको तयारी छ । १ लाख ५१ हजार रुपैयाँ राशीको पुरस्कार गतवर्ष हाँक साप्ताहिकका सम्पादक गोविन्दबहादुर थापालाई प्रदान […]

हुम्लाका २१ संघीय कार्यालयहरुको खर्च सवा दुई अर्बभन्दा धेरै

हुम्ला । आ.व.२०७६/०७७मा हुम्लामा स्थापित तथा सञ्चालित २१ संघीय सरकार मातहतका कार्यालयहरुको कुल खर्च सवा दुई अर्बभन्दा धेरै भएको छ । जसमा चालुतर्फ ८८.१८ प्रतिशत र पूँजीगतर्फ ७०.०७ प्रतिशत खर्च भएको छ । हुम्लामा संघीय सरकार मातहतका २१ कार्यालयहरु रहेका छन् । जसमा जिल्ला अदालत, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको […]