बालुवाटारमा सधै ठाङठाङ ठुङठुङ सुन्न थालेपछि प्रम ओलीले भने, ‘मेरो कार्यकाल यस्तै सुनेर सकिनेभयो’

काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बन्दै गरेको प्रधानमन्त्री निवासको भवन बनाउने क्रमको ‘ठाङठाङ ठुङठुङ’ सुन्दै आफ्नो कार्यकाल बित्ने बताएका छन् । बिहीबार बालुवाटारमा निर्माण गर्न लागिएको प्रधानमन्त्री निवासको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूले त्यसो सुन्नु परे पनि त्यसपछिका प्रधानमन्त्री शान्तपूर्वक बस्न पाउने बताए । प्रधानमन्त्री निवासको निर्माणधीन भवन र राष्ट्र बैंकको बन्दै […]

देशवासीका नाममा संसदमा प्रधानमन्त्रीको सम्वोधन स्थगित, भोलि सम्वोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । विहीवार  दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम रहेको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको ननस्टपखबरलाई जानकारी दिए । ‘प्रधानमन्त्रीले आज संसदमा गर्ने सम्बोधन स्थगित भएको छ’ अधिकारीले भने,‘भोलि (शुक्रवार) प्रधानमन्त्रीले […]

भूमि सम्बन्धि ऐन दुबै सदनबाट पास भयो, यस्ता छन् विशेषता

काठमाडौं, २ असोज । भूमि सम्बन्धी ऐन (आठौं संशोधन) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पास भएको छ । राष्ट्रियसभाबाट भएको संशोधनसहित प्रतिनिधिसभाले विहिबार उक्त ऐन  बहुमतले स्वीकृत गरेको हो । त्यस अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गरेकी थिइन् […]

लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त छ: मन्त्री बाँस्कोटा

विराटनगर, २ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त छ भनेका छन । गोरखापत्र पूर्वक्षेत्र विराटनगर प्रकाशन शुभारम्भ र भवन उद्घाटन समारोहमा उनले भने, “लोकतन्त्रमा प्रेसको जीवन अनन्त छ, जनताले स्थापित गरेको लोकतन्त्र गोरखापत्रले बचाउनुपर्दछ ।” मन्त्री बाँस्कोटाले लोकतन्त्र प्रणालीलाई राजनीतिक प्रणालीले स्थापित गरिसकेको उल्लेख गर्दै नयाँ नेपाल निर्माणका […]

प्रतिनिधि सभाको आजको बैठकतीन प्रस्ताव स्वीकृत

काठमाडौँ, २ असोज । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, राहदानी विधेयक र भूमिसम्बन्धी आठौँ संशोधन विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत […]

विशेष समिति म्याद थप

काठमाडौँ, २ असोज । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७ बमोजिम गठित अध्ययन तथा सुझाव संसदीय विशेष समितिको म्याद अर्को अधिवेशनसम्मका लागि थप भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले राखेको म्याद थपसम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन ग¥यो । बैठकमा प्रतिनिभिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशहरु ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५, र […]

संविधान दिवसमा सरसफाइ

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज दमौलीमा बजार सरसफाइ गरिएको छ । संविधान दिवस मूल समारोह समितिको निर्णयबमोजिम तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइको आयोजनामा बजार सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै संविधान दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन […]

स्वर्गीय गणेशमान सिंहको सालिकमा माल्यार्पण

काठमाडौँ, २ असोज । विसं २०४६ को जनआन्दोलनका कमाण्डर स्व गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको २२औँ स्मृति दिवसको अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनको आयोजनामा शोभाभगवतीमा आयोजना गरिएको कार्यक्रममा स्व सिंहको सालिकमा माल्यार्पण गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख […]

संविधान अनुपम दस्तावेज: वरिष्ठ नेता नेपाल

काठमाडौँ, २ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएकाले यसको कार्यान्वयनमा इमानदार भएर लाग्नुपर्ने बताए । संविधान दिवसका अवसरमा निजी तथा आवासीय विद्यालय एशोसिएसन एन प्याब्सन ले आज आयोजना गरेको ‘संविधानमा बालबालिका’ विषयक अन्तरक्रियामा नेता नेपालले संविधानसभाबाट पारित भएको संविधानमा सबै खालका विचार र भावना समावेश […]

‘तोडौँ मौनता, अन्त्य गराँै दण्डहीनता’

रुपन्देही, २ असोज । प्र्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले मुलुकमा परिवर्तनका लागि द्वन्द्व प्रभावितले ठूलो त्याग गरेको बताएका छन । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले बुधबार बुटवलमा आयोजना गरेको ‘तोडाँै मौनता, अन्त्य गरौँ दण्डहीनता’ विषयक कार्यक्रममा मन्त्री केसीले द्वन्द्व प्रभावितको त्याग र समपर्णलाई सरकारले कहिल्यै नभुल्ने बताए । “द्वन्द्व प्रभावितहरुको त्यागकै […]