पशुपति मन्दिर परिसरमा प्रदर्शनकारीमाथि प्रहरीको हस्तक्षेप, सबै प्रदर्शनकारी तितरबितर पारिए (भिडियाेसहित)

काठमाडौं, १ असोज । पशुपतिनाथसहित देशभरका सबै धार्मिक मठमन्दिरहरु खोल्न पाउनुपर्ने माग सहित पशुपति मन्दिर परिसरमा जम्मा भएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । 

विभिन्न धार्मिक संस्थाहरुको आह्वानमा आज बिहीबार ८ बजेदेखि पशुपति मन्दिरको मूलढोका अगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रम राखिएको थियो । बुधवारदेखि नै सामाजिक सञ्जालमार्फत व्यापक रुपमा प्रचार प्रसार गरिएको कार्यक्रममा ठूलो संख्यामा प्रदर्शनकारी जम्मा हुनसक्ने अनुमान गरिएको थियो । तर, प्रहरीले बिहानैदेखि उक्त क्षेत्रमा व्यापक उपस्थिति जनाएर मानिसहरुलाई जम्मा हुन दिएन । त्यतिहुँदा हुँदै पनि केही धार्मिक भक्तजनहरु भने पशुपति परिसरभित्र छिरेका थिए । 

पशुपति परिसरभित्र छिरेका एक समूहले मन्दिर नजिकै आज आफूहरुले शान्तिपूर्ण रुपमा विरोध गर्ने भनेर माइकिङ गरेको थियो । विरोधस्वरुप भजन गाउने भन्दै माइकिङ गरिरहेका बेला प्रहरीले सो समूहमाथि हस्तक्षेप गरेको थियो । प्रहरीले पशुपति क्षेत्र परिसरमा पानीका फोहोरा हान्ने गाडी पनि तैनाथ गरेको थियो । साथै सम्भावित झडपलाई रोक्न सबै तयारी गरेको देखिन्थ्यो । 

यसैबीच शान्तिपूर्ण रुपमा गर्न थालिएको धार्मिक संघसंस्थाको विरोध प्रदर्शनमाथि हस्तक्षेप गरिएको भन्दै भण्डारी समाजका अध्यक्ष केदारमान भण्डारीसहित धेरैले विरोध गरेका छन् । कोरोना केवल आतंकमात्र भएको दावी गर्दै उनीहरुले मानिसहरुको धार्मिक आस्थामाथि बन्देज लगाउने काम संविधान विरुद्ध भएको बताएका छन् । मन्दिर तथा धार्मिक स्थलहरु खुल्ला राख्नुपर्ने माग गर्दै उनीहरुले यसैगरी लामो समय मन्दिरहरु बन्द गरिएमा त्यसका विरुद्ध ठूलो आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । 

हेर्नुहाेस झडपका दृष्य र भिडियाे

 

हेर्नुहाेस भिडियाे

dharna program at pashupati pashupati pashupati pashupati

Posted by Hamro jatra on Wednesday, September 16, 2020

 

Loading...