जवरजस्ती ट्रमा सेन्टर लगिएका डा. केसी परिक्षण गर्नै नदिएर अस्पतालबाट बाहिरिएपछि शिक्षण अस्पताल पुर्याइयो

काठमाडौं, ६ असोज । एअरपाेर्टबाट जवरजस्ती राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएका डा. गाेविन्द केसी अन्तत: शिक्षण अस्पताल पुगेका छन् । ९ अाै दिनकाे अनसनमा रहेका डा. केसीले आफूलाइ शिक्षण अस्पतालमा नलगी कुनै पनि उपचार परिक्षण गर्न नदिने अडान लिएर बाहिरिएपछि उनलाइ अबेर ट्रमा सेन्टरबाट सारिएकाे हाे ।

मंगलबार अनशनकै क्रममा उनलाइ नेपालगञ्जबाट काठमाडौं ल्याइएकाे थियाे । उनले काठमाडाै एअरपाेर्टबाट सिधै आफू शिक्षण अस्पताल जाने अडान लिएका थिए । तर, प्रहरीले ट्रमा सेन्टरमा लाने आदेश छ भन्दै जवरजस्ती त्यतै लगेकाे थियाे । ट्रमा सेन्टरबाहिर पुर्याइए पनि उनले एम्बुलेन्सबाट बाहिर निस्कनै मानेका थिएनन । पछि प्रहरीले जवरजस्ती लछारपछार गरी अस्पतालकाे वेडमा पुर्याएकाे थिए । त्यहाँ उनले आफ्नाे कुनै पनि परिक्षण गर्न नदिने अडान लिए । त्यसकाे केही घन्टापछि डा. केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएकाे थिए ।

डा. केसीका सहयोगी डा. प्रविण गिरीले त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उनलाइ भर्ना गरिएकाे जानकारी दिएका छन् । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै केसी भदौ २९ गते जुम्लाकाे चन्दननाथ नगरपालिकाकाे बाबिरा मन्दिरमा अनशन बसेका थिए । सोमबार जुम्लाबाट नेपालगञ्ज आई बसेका उनी मंगलबार काठमाडौं आएका थिए ।

Loading...