सरकार र विद्रोही नेकपाबीच एकैदिन दुई चरणमा वार्ता

काठमाडाैं । सरकार र बिद्रोही नेपाल कम्युनिष्ट पार्टीबीच बुधबार एकैदिन दुई चरणको वार्ता भएको छ । बुधवार अपरान्ह भएको दोस्रो चरणको वार्ता विषयवस्तुमा प्रवेश गरेको बताइएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन् । यसअघि बुधबार विहान पहिलो चरणको वार्ता भएको […]

सरकारसँग वार्ता गर्न विप्लवले गठन गरे दुई सदस्यीय टोली

काठमाडौं । सरकारसँग वार्ता गर्न विद्रोही नेपाल कम्युनिस्ट पार्टीले वार्ता टोली गठन गरेको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा गठित वार्ता टोलीमा पार्टीका केन्द्रीय सदस्य उदय चलाउने दीपक पनि रहेका छन् । यसअघि सरकारले विप्लव पक्षसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेको थियो । सरकारले […]

अख्तियारले पिछा गरेपछि ८ लाख रुपैयाँ बाटैमा फालेर भागे गाउँपालिका अध्यक्ष

काठमाडौं, १८ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फ्याँकेर भागेका छन् । गाउँपालिकाको प्र २-०२-००१ झ ०००२ नम्बरको कालो रङले गाडीबाट ८ लाख रुपैयाँ धनुषाको छिरेश्वर नगरपालिका ५ मा बाटोमा फालेर राउत फरार भएका अख्तियारका प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी […]

विप्लवसँग वार्ता गर्न सरकारले बनायो बार्ता टोली

काठमाडौं, १८ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीसँग वार्ता गर्न वार्ता समिति बनाएको छ । सरकारी वार्ता टोलीको नेतृत्व गृहमन्त्री रामबहादुर थापा बादललाई दिइएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एक विज्ञप्ति जारी गर्दै विप्लवसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएका हुन् । वार्ता टोलीमा […]

फागुन २३ गते बोलाइयो पुनर्स्थापित प्रतिनिधि सभाको बैठक

काठमाडौं, १७ फागुन । पुनर्स्थापित प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते दिउँसो ४ बजेका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर, फागुन […]

बुधबार पेरिसडाँडामा स्थायी र केन्द्रीय समिति बैठक बोलाउने प्रचण्ड–नेपाल पक्षको

काठमाडौं, १७ फागुन । प्रचण्ड–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक बुधबार बस्ने भएको छ। सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालयको बैठकले स्थायी र केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले स्थायी केन्द्रीय समिति बैठक फागुन १९ गते बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बताए। ‘फागुन […]

अबको पाँच वर्षमा नेपाल विकासशील राष्ट्र

काठमाडौं, १६ फागुन । ५० वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल अबका पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ। संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति हुन सिफारिस गरेसँगै गरिब देशको समूहबाट स्तरोन्नत हुन लागेको हो। न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार राष्ट्रिय आयबाहेक समितिले निर्धारण गरेका […]

जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरू

चितवन । जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । ३७ हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी काम अघि बढाइएको हो । सातवटै पालिकाले आफ्नो निकायभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत सङ्कलन गर्ने काम शुरू गरेका छन् । वडा तहबाटै काम शुरू भएको बताइएको छ । […]

सरकारले ग¥यो ३६ जिल्लाका सिडिओसहित ५२ सहसचिव, उपसचिवको सरुवा

काठमाडौ, १४ फागुन। सरकारले ३६ जिल्लाका सिडिओहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले ३६ जिल्लाका सिडिओसहित सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको सरुवा गरेको हो ।  शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख […]

सर्वोच्च अदालतले ग¥यो संसद पुनर्स्थापना, १३ दिनभित्र बैठक बोलाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । भर्खरै सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । सर्वोच्चको यो निर्णयसँगै प्रधानमन्त्री […]