सरकारसँग वार्ता गर्न विप्लवले गठन गरे दुई सदस्यीय टोली

काठमाडौं । सरकारसँग वार्ता गर्न विद्रोही नेपाल कम्युनिस्ट पार्टीले वार्ता टोली गठन गरेको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा गठित वार्ता टोलीमा पार्टीका केन्द्रीय सदस्य उदय चलाउने दीपक पनि रहेका छन् ।

यसअघि सरकारले विप्लव पक्षसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेको थियो । सरकारले वार्ता टोलीको नाम सार्वजनिक गरेसँगै विप्लव पक्षले पनि दुई सदस्य टोली वार्ताका लागि पठाउने भएको हो । मंगलबार दिउँसो सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव पक्षसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेका थिए ।

केपी ओली नेतृत्वको सरकारले आपराधिक समूह रहेको ठहर गर्दै २ वर्षअघि प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको दललाई अहिले सरकार आफैले पहल थालेर वार्तामा बोलाएको हो ।

यस्तो छ विप्लवको विज्ञप्ति

Loading...