काठमाडौं, ३१ असार । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनलाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले ओलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । एनसेल मुख्यालयमा २०७५ फागुन १० मा भएको बम बिष्फोटको घटनामा सम्लग्न भएको आरोपमा २ […]
राजनीति
विप्लव नेकपाले सबै राजनीतिक दलसँग संवाद गर्ने
काठमाडौँ । विप्लब नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले सबै राजनीतिक शक्तिसंग सम्बाद र छलफललाई तिब्रता दिने भएको छ। बुधबार काठमाडौँमा सम्पन्न उक्त पार्टीको सचिवालयको बैठकले पछिलो बिकसित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै सबै राजनीतिक शक्तिहरुसंग सम्बाद र छलफललाई तिब्रता दिने निर्णय गरेको हो । ओली नेतृत्व सरकारसंग भएको तीनबुंदे सहमति वर्तमान सरकारले पनि स्विकार्नु पर्ने र […]
काठमाडौं महानगरले २० देखि ९० प्रतिशतसम्म कर छुट दिने
काठमाडौँ । करको दर यथावत् राखेर दायरा बढाउने नीति अनुरुप काठमाडौँ महानगरले नगर सभाबाट आर्थिक ऐन स्वीकृत गरेको छ । यसलाई आत्मसात गरेर कर तिर्न आउनेबाट लिने नआउनेका विषयमा बेखवर बस्न हुँदैन । प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली भन्नुहुन्छ, ‘महानगरको समृद्धि र यसको सेवा व्यवस्थापनका लागि आन्तरिक आय बलियो हुन जरुरी छ । यसका […]
शान्तिपूर्ण राजनीतिपछि प्रचण्ड र विप्लवको पहिलो पटक भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डलाई भेटेका हुन् । उनी पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटारमा पुगेका हुन् ।
तीन महिना भित्र एक तिहाइ नागरिकलाई खोप लगाउने देउवा सरकारको निर्णय
प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई चैत भित्र खोप लगाइसक्ने निर्णय गरेको छ । मंगलबार राति बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा उक्त निर्णय गरिएको हो । बैठकले असोजभित्र एक तिहाइ जनसंख्यालाई र चैतसम्म सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको बताइएको छ । साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा फ्रन्टलाइनमा खटिने अन्य कर्मचारीलाई […]
पूँजीवादी प्रजातन्त्र र समाजवादी प्रजातन्त्र
अमेरिकी प्रजातन्त्र कस्तो प्रजातन्त्र हो ? अमेरिकी प्रजातन्त्र पूँजीवादी प्रजातन्त्र हो । स्वतन्त्र तथा प्रतिष्पर्धात्मक शासन अमेरिकी प्रजातन्त्रको स्वरुप हो । निजि स्वामित्व र वजारमुखी अर्थतन्त्र भएको प्रजातन्त्र नै अमेरिकी प्रजातन्त्र हो । जहाँ समाजको स्वामित्व भन्दा पनि पूजीपतिहरुको स्वामित्व बढी हुन्छ । अमेरिकी प्रजातन्त्रमा पूजी नै सर्वोपरी हुन्छ भन्दा पनि फरक पर्दैन । अर्थतन्त्रको […]
बने देउवा पाँचौँ पटक प्रधानमन्त्री
काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका छन् । उनले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी ‘श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम’ देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्ने विज्ञप्ति जारी गरेपछि असन्तुष्टि जनाएका देउवाले उक्त विज्ञप्ति […]
सर्वोच्चले गर्यो दोस्रो पटक पनि प्रतिनिधि सभा पुनः स्थापना
काठमाडौं, २८ असार । सर्वाेच्च अदालतकाे संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनलाई खारेज गर्दै पुनः स्थापना गर्ने निर्णय गरेको छ । संवैधानिक इजलासले तत्काल प्रतिनिधि सभाको बैठक बाेलाउन समेत आदेश दिएको छ । पहिलोपटक संसद विघटन भई अदालतले पुनस्र्थापना गराएको ३ महिना पनि नबित्दै जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक […]
दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश, माधव पक्षलाई कारवाही नहुने सर्वोच्चको फैसला
काठमाडौं, २८ असार । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको हो । आज बसेको संवैधानिक इजलासले सो आदेश जारी गरेको हो । जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपी […]
माओवादी केन्द्र खारेजीको माग गर्दै दिएको निवेदन खारेज
काठमाडौँ। प्रचण्ड नेतृत्व नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिएको निवेद खारेज भएको छ। माओवादी छाडेर एमालेमा गएका नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतका अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदन आज निर्वाचन आयोगले खारेज गरिदिएको हो । आयोगले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ […]











