काठमाडौँ । विप्लब नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले सबै राजनीतिक शक्तिसंग सम्बाद र छलफललाई तिब्रता दिने भएको छ। बुधबार काठमाडौँमा सम्पन्न उक्त पार्टीको सचिवालयको बैठकले पछिलो बिकसित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै सबै राजनीतिक शक्तिहरुसंग सम्बाद र छलफललाई तिब्रता दिने निर्णय गरेको हो । ओली नेतृत्व सरकारसंग भएको तीनबुंदे सहमति वर्तमान सरकारले पनि स्विकार्नु पर्ने र कार्यान्वयन गर्नुपर्ने बिषयमा उक्त बैठकमा छलफल भएको बताइएको छ।
यसैगरी ,आमनागरिकलाइ तत्काल कोभिडबिरुद्धको खोप तत्काल उपलब्ध गराउनु पर्ने , कोभिड संक्रमितको उपचार निशुल्क र सर्वसुलभ गराउनु पर्ने , स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई तत्काल जोखिमभत्ता उपलब्ध गराउनु पर्ने बिषयलाइ सरकारसमक्ष प्रस्तुत गर्नेसो बैठकले निर्णय गरेको छ।
यसैगरी , सो बैठकले जनपरिचालन र जनजागरण अभियान संचालन गर्ने , जनसरोकार जनजिबिकाको बिषयमा जनप्रदर्शन र संघर्ष गर्ने निर्णय गरेको छ। साथै सो बैठकले इन्धनमा भएको मुल्यवृद्धि , महंगी , भ्रष्टाचार , शैक्षिक – स्वास्थ्य समस्यालागायत सुकुम्बासीमाथि भएका ज्यादती , जातीयविभेद र छुवाछुत , महिलाहिंसा र बलात्कारलगायतका बिषयलाई लिएर संघर्स गर्ने निर्णय गरेको छ।
यसैगरी , सो बैठकले नेपालको नयाँ नक्शा सम्पूर्ण क्षेत्रमा प्रयोग गर्ने गराउने निर्णय गरेको छ । साथै उक्त बैठकले पार्टीको मुखपत्रलाई नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशन गर्ने निर्णय समेत गरेको बताइएको छ।