नेकपा एमाले माधव पक्षले गठन गर्यो नयाँ संगठन ‘ अखिल फोर्स ’

काठमाडौ। नेकपा एमाले माधव नेपाल पक्षले  अखिल फोर्स नामक नयाँ युवा संगठनको घोषणा गरेको छ।

विद्यार्थी नेता तपेन्द्रजङ्ग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स घोषणा गरिएको हो।

ओली पक्षले युथ फोर्सलाई ब्युतायर बिरोधका गतिविधिहरु बढाए पछि प्रतिकारात्मक ढंग बात प्रस्तुत हुन् अखिल फोर्स घोषणा गरिएको नेपाल पक्षीय अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए।

 यसले शैक्षिक क्षेत्रमा रहेको विकृतिको निगरानी गरेर संगठनमा जानकारी गराउने अध्यक्ष पराजुलीको भनाइ छ।
शैक्षिक क्षेत्रमा रहेको विकृति रोक्नका लागि नयाँ संगठनले निगरानी गर्ने पराजुलीको भनाइ छ।

यसअघि ओली पक्षीय युवा संघले उपाध्यक्ष क्षितिज थेवेको नेतृत्वमा युथ फोर्स ब्यूँत्याएको थियो। ओली पक्षले ५०१ सदस्यीय फोर्स घोषणा गरेको थियो।

Loading...