ठेचो नवदुर्गा मन्दिरमा गजुर स्थापना

असार ३१, ललितपुर ।   २०७२ को प्रलयकारी भुकम्पले क्षति पु¥याएको ठेचोस्थित लिच्छविकालिन महत्व बोकेको नवदुर्गा भवानी देवी मन्दिर पुननिर्माण पश्चात बिहिवार साँस्कृतिक बाजागाजासहित पराम्परागत विधि अनुरुप गजुर स्थापना गरिएको छ । पाटन दरवारस“ग सम्बन्धित सबभन्दा पुरानो जात्रामध्ये लिच्छवी राजा मानदेवले स्थापना गरेको मनमानेश्वरी देवीको पूजाविधि पर्व र यस संग सम्बन्धित नवदुर्गा नाच त्यत्तिकै पुरानो रहेको मानिन्छ । नवदुर्गा नाच प्रत्येक वर्ष विजयादशमी र कोजाग्रत पूर्णिमाको अवसरमा ४ दिन पाटन दरवार क्षेत्रस्थित मूलचोकमा प्रर्दशन गर्नुपर्ने प्रचलन छ । देवमाला वंशावलीमा नवदुर्गा मन्दिर स्थापना गरेर ७ सय घरधुरी बसाली ठेचो बस्ती स्थापना गरेको उल्लेख छ । उपत्यकाका विभिन्न शक्तिपिठमध्ये एक मानिएको नवदुर्गा मन्दिर ठेचोका रैतानेका इष्टदेवता हुन् । पुरात्तत्व विभागले पुनर्निर्माण गर्न २०७६ मा भ्याट बाहेक २ करोड १६ लाख ६३ हजार २ सय ३६ रुपैया बजेट बिनियोजित गरेको थियो । ऐतिहासिक नवदुर्गा नाच र पुरातात्विक महत्वसंग गाँसिएको नवदुर्गा भवानी देवी मन्दिर गुठीका अध्यक्ष धर्मराज मालीले मन्दिरको पुननिर्माणसँगैे यहाँको सत्तललाई संग्रहालयको रुपमा परिणत गर्ने योजना रहेको बताए । ‘नवदुर्गा मन्दिरको अर्को गुठी घर निर्माण सम्पन्न भएपछि त्यहा“ संस्कृति सम्पदा बारे अध्ययन अनुसन्धान गर्न आउने विदेशीहरु बस्ने होमस्टे बनाउने लक्ष्य छ,’ उनले भने, ‘यसले नवदुर्गा गुठीस“गै गोदावरी नगरपालिकालाई राजश्व भित्रेर मुलुकको अर्थतन्त्र बलियो बनाउन थप टेवा पुग्नेछ ।’ गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले मन्दिरस“गस“गै नवदुर्गा नाच संरक्षण प्रवद्र्धन गर्न अक्षयकोषको व्यवस्था गरेको बताए । ‘१२ वर्षे जात्रा सञ्चालन गर्न पनि छुट्टै अक्षयकोषको व्यवस्था गरेका छौं,’। वितगमा विविध कारणले रोकिएको नवदुर्गा नाच स्थानियहरु, नेवाः पत्रकार दबू र यल साँस्कृतिक पर्व संरक्षण समिति लगायतको सामूहिक पहलमा ३ वर्षयतादेखि पुनः निरन्तरता पाएको थियो ।

Loading...