विप्लव नेकपाका नेता ओलीलाई सर्वोच्चले दियो थुनामुक्त गर्न आदेश

काठमाडौं, ३१ असार । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले ओलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

एनसेल मुख्यालयमा २०७५ फागुन १० मा भएको बम बिष्फोटको घटनामा सम्लग्न भएको आरोपमा २ वर्ष ४ महिना अघि वलीलाई नख्खु कारागारमा राखिएको थियो । नख्खु कारागारमा बन्दी जीवन बिताइरहेका ओलीलाई गएको शुक्रबार हृदयघात भएपछि बाँसबारी स्थित सहिद गंगालाल हृदय रोग केन्द्र अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो। अदालतले थुनामुक्त आदेश दिँदा हाल उहाँको सोही अस्पतालमा उपचार भइरहेका छन्।

Loading...