माओवादी केन्द्र खारेजीको माग गर्दै दिएको निवेदन खारेज

लेटरप्याडको दुरुपयोग गर्ने निवेदकलाई सचेत गराउने निर्णय

 

काठमाडौँ। प्रचण्ड नेतृत्व नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिएको निवेद खारेज भएको छ। माओवादी छाडेर एमालेमा गएका नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतका अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदन आज निर्वाचन आयोगले खारेज गरिदिएको हो । आयोगले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ । असार २३ गते अधिवक्ता बुढाथोकीले आयोगमा
प्रचण्ड नेतृत्व नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) खारेजीको माग गर्दै निव्र्दन दिएका थिए।

यसै गरि आयोग समक्ष माओवादी केन्द्र खारेज गर्न दिएको निवेदनमा पुनः आसर २५मा अर्का निवेदन माओवादी केन्द्रको लेटरप्याड प्रयोग गरेर भविसोर पराजुलीले निर्वाचन आयोगमा दिएको पनि आयोगले खारेज गरिदिएको छ । आयोगले निवेदक पराजुलीलाइ अन्य दलको लेटरप्याडको दुरुपयोग गर्न नहुने भन्दै सचेत गराउने निर्णय गरेको छ ।

रामबहादुर थापा ‘बादल’ समूहका लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायतका नेताहरुले लामो समय देखि अधिवेशन नगरेको माओवादी केन्द्र अवैधानिक रहेको दावीसहित आज आयोग पुगेका थिए।

 

Loading...