सवारी दुर्घटना गराई फरार भएका आरोपी एक महिनापछि पक्राउ

गत जेष्ठ २४ गते बिहान ४ बजेको समयमा काभ्रे बनेपा स्थित पुरानो तरकारी बजार अगाडी अरनिको राजमार्ग सडक खण्डमा साँगाबाट धुलिखेलतर्फ आउदै गरेको एक गाडीले तरकारी व्यापारि पाँचखाल निवासी ७१ बर्षका नन्दकेशर तिमल्सिना र जिल्ला झापा लखनपुर दमक घरभई बनेपा नगरपालिका वडा नं.५ बस्ने ३० बर्षकी सबिना बाँनिया राईलाइ ठक्कर दिई फरार भए। ठक्कर दिने गाडीको त्यस बेला कसैले पुरा एकिन गर्न सकेन तत्काल स्थानीय र प्रहरीको सहयतामा गम्भीर घाइते दुबैजनालाई उपचारको लागि धुलिखेल अस्पतालमा लगिए। उपचारको क्रममा घाईते मध्ये नन्दकेशर तिमल्सिनाको सोही दिन साँझ मृत्यु भयो। अर्की घाइते सबिना बाँनिया राईको सोही अस्पतालमा सफल उपचार भैई असार १८ गते डिस्चार्ज भए।
जिल्ला प्रहरी कार्यालय काभ्रेले घटनाको खोजतलासलाई व्यापक बनाउदै लगे। घटनाको अनुसन्धानको क्रममा शंकास्पद दर्जनौ सवारी साधन , सवारी चालक र सर्वसाधारणलाई सोधपुछ गर्ने क्रममा उक्त शंकास्पद सवारी साधनको सम्बन्धमा महत्वपुर्ण जानकारी प्राप्त गर्न क्रममा जुतिनै रहे ।
यातायात व्यवस्था कार्यालय, सवारी साधन बितरक कम्पनी , ग्यारेज, रिकन्डिसन आदिमा प्रहरी टोली खटी गई प्राप्त अभिलेखहरुको सुक्ष्म अध्ययन बिश्लेषण गरि अनुसन्धानलाइ निरन्तरता दिए।
प्रहरीले घटना पश्चात फरार रहेको उक्त सवारी साधन र सवारी चालक जान सक्ने सम्भावित स्थानहरु काठमाण्डौ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायत तराईका जिल्लाहरुमा समेत प्रहरी टोली खटि गई सुचना संकलन तथा खोजतलास गरे ।
जिल्ला प्रहरी कार्यालय रामेछापको सहयोगमा सँयुक्त अनुसन्धान टोलीले निकै सुक्ष्म अनुसन्धान पछि दुर्घटना गराउने गाडी MAZDA 4*4 कम्पनीको ना ४ च ४०६९ पहिचान गरे। प्रहरीको बिशेष अनुसन्धान टोली परिचालन गरिएको Human Intelligence र विविध प्राविधिक पक्षहरुको बिश्लेषणको आधारमा दुर्घटना गराएका सवारी चालक रामेछाप उमाकुण्ड बस्ने ३९ बर्षको दोर्जे शेर्पालाइ शनिबार पक्रन सफल भयो।
निज सेर्पालाइ ज्यान सम्बन्धी कसुर ( सवारी ज्यान ) मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Loading...