सरकारले आफ्नो खाल्डो आफैं खनिरहेको छ : सहयात्री

भक्तपुर । बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो खाल्डो आफैं खनिरहेको नेपाली कम्युनिस्ट पार्टीका बागमती प्रदेश संयोजक सरल सहयात्रीले बताएका छन् । शनिबार भक्तपुर जिल्ला कार्य संयोजन समितिको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । संयोजक सहयात्रीले सरकार सुकुम्बासी र सर्वहारा वर्गको जानी दुश्मन जस्तो देखिएको जिकिर गरे । कांग्रेस र एमाले बिभाजित […]

दिल्लीको सन्देश : रोजाइमा रवि, बालेनप्रति आशंका

काठमाडौं । नेपाल–भारत सम्बन्धमा देखिएको पछिल्लो तरंगबीच सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नयाँदिल्ली भ्रमणलाई सामान्य राजनीतिक भेटघाटका रूपमा मात्र हेरिएको छैन। भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भएको भ्रमणमा दिल्लीले नेपालको नयाँ सत्ता समीकरणलाई कसरी हेरिरहेको छ भन्ने संकेत दिएको छ । रविलाई दिल्लीमा दिइएको उच्चस्तरीय स्वागत, भाजपा मुख्यालयमा विशेष कार्यक्रम […]

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । मध्यान्ह १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो । बैठकमा सरकारको काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । दिउँसो १:०० बजे बस्ने बैठकका लागि सङ्घीय संसद् सचिवालयले कार्यसूची तय गरेको छ । बैठकको सुरुमा सम्माननीय सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन्। बैठकको मुख्य एजेन्डाका रूपमा आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथिको छलफल […]

सभामुखले पेलेर संसदीय नियमावली पारित गरेपछि अदालत जाने तयारीमा विपक्षी दल

काठमाडौँ । प्रतिपक्षको विरोधकाबिच सभामुख डाेलप्रसाद अर्यालले जबरजस्ती संसद्को नियमावली पारित गरेपछि उनीहरू अदालत जानेबारे आन्तरिक छलफलमा जुटेका छन् । सोमबार बिहान बसेको विपक्षी दलको बैठकमा यसबारे कुराकानी भएको नेताहरूले बताएका छन्। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले पारित नियमावलीप्रति असहमति जनाउँदै सर्वोच्च अदालत जानेबारे छलफल गरेको एमाले प्रमुख सचेतक ऐन महरले […]

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ २२ गते सम्म भारत भ्रमणमा रहने भएका हुन् । रास्वपाका प्रवक्ता मनिष झाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस भ्रमणबारे आधिकारिक जानकारी दिएका […]

प्रधानमन्त्रीको अभिव्यक्ति अति नै असामान्य र गम्भीर छ : भीमार्जुन आचार्य

काठमाडौं । संवैधानिक कानूनविद् डा. भीमार्जुन आचार्यले नेपालले पनि भारतको सीमा मिचेको भन्दै प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री शाहले आजै प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको सीमा मिचेको र आफू प्रधानमन्त्री भएपछि त्यसबारे जानकारी पाएको बताएका थिए । उनको अभिव्यक्तिमाथि चर्को आलोचना भइरहेको […]

प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा बोलेको विषय राष्ट्रघाती

काठमाडौं । विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा बोलेको विषयमा थप प्रष्टिकरण र प्रधानमन्त्रीको जवाफ मागेका छन् । भारतीय जमिन नेपालले पनि मिचेको रहेछ भन्ने प्रधानमन्त्रीको भनाई राष्ट्रघाती रहेको नेकपाका नेता वर्षमान पुनले बताए । संसदमा आज प्रधानमन्त्रीले सोकुरा बोलेर बाहिरिएका थिए ।  संसद भवन प्राङ्गणमा मिडियासँग बोल्दै नेकपाका नेता पुनले प्रधानमन्त्री बालेनको यो भनाई […]

विभाजनको संघारमा राप्रपा, नयाँ बाटो तय गर्ने धवल शम्शेरको घोषणा

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनको संघारमा पुगेको छ। महामन्त्री धवल शम्शेर राणाले आज एक आह्वान जारी गर्दै नयाँ बाटो तय गर्ने निर्णय गरेको घोषणा गरेका हुन्। लामो समयदेखि अध्यक्ष लिङ्देनको कार्यशैलीमा महामन्त्री राणाले असहमति राख्दै आएका थिए। उनले तत्काल महाधिवेशन मिति घोषणा गर्न नेतृत्वलाई अल्टिमेटमसमेत दिएका थिए। अध्यक्ष लिङ्देनले भने महामन्त्री […]

ऐन महर, ध्रुव र आरेन राईले अमर्यादित व्यवहार देखाएको भन्दै सभामुखले गराए सचेत

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एमालेका ऐनबहादुर महर र श्रम संस्कृतिका ध्रुवराज राई तथा आरेन राईले मर्यादा कायम नगरेको भन्दै उनीहरूलाई भाषा सुधार्न सभामुख डोलप्रसाद अर्यालले ध्यानाकर्षण भएको भन्दै सचेत गराएका छन् । आइतबार प्रधानमन्त्री बालेन्द्र शाह बोलेर सकेपछि सांसदहरू महर र राईले सभामुखले समय नदिएकै समयमा पनि उठेर अमर्यादित व्यवहार देखाएको भन्दै सभामुख अर्यालले सचेत […]