सचिवालयको निर्णय, नेताको बोलीले राजनीतिक हिंसा भयो-तुम्बाहाङ्फे

काठमाडौं, २८ पुस। उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफुमाथी राजनीतिक हिंसा भएको टिप्पनी गरेकी छिन् । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपा का प्रभावशाली नेताहरुले आफुमाथी राजनीतिक हिंसा गरेको बताउन थालेकी छिन् । मैले राजीनामा नदिएका कारण संसद र दल बन्धक बन्यो भन्ने आरोप लगाइयो, तुम्बाहाङ्फेले भनिन् बन्धक भन्ने शब्दको कानुनी अर्थ के हो रु यो शब्द […]

फलामको गुणस्तरको सफल परीक्षण: मन्त्रालयको उद्योग विभागका सचिव यामकुमारी खतिवडा

भक्तपुर, २७ पुस । मन्त्रालयको उद्योग विभागका सचिव यामकुमारी खतिवडाले फलामको गुणस्तरको सफल परीक्षण भएको र सञ्चालनको मोडालिटी समेत तयार भइसकेको बताइन्। उनले नवलपरासीमा भेटिएको फलामखानीबाट फलाम उत्खननको तयारी अन्तिम चरणमा पुगेपछि मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएकी हुन् । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परासीको धौवादीमा भेटिएको फलाम खानी उत्खननको तयारी अन्तिम […]

सभामुखको चयन फलामको चिउरा, माघ ६ सम्म फेरी संसद बैठक स्थगित

काठमाडौँ, २७ पुस। सत्तारुढ दल नेकपाभित्र सभामुखको चयन फलामको चिउरा बनेको छ । सभामुखका बिषयमा नेताहरुबीच कुरा नमिलेपछि संसद बैठक फेरी स्थगित भएको छ । आइतवार संसद बैठक बोलाइएको थियो । तर नेकपाले सभामुख चयन गर्न नसकेपछि प्रतिनिधिसभाको बैठक ६ माघसम्मका लागि स्थागित भएको छ । उपसभामुख शिवमाया तुम्बाहाङफेलाई नेकपा सचिवालय बैठकले शनिवार राजीनामा गर्न […]

मोहन कार्की जिवन्तलाई प्रचण्डले गराए पार्टी प्रवेश

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ समहूका पोलिटब्यूरो सदस्य मोहन कार्की नेकपामा प्रवेश गरेका छन । उनीसँगै विप्लव समूहकै नेतृ सरिता कार्की पनि नेकपामा प्रवेश गरेकी छिन । उनीहरूलाइ शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपामा स्वागत गरे । कार्कीद्धयलाइ पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन […]

गएराति तनहुँमा एनसेल टावरमा अज्ञात समूहले यसरी ग¥यो आगजनी

तनहुँ, २७ पुस । तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिए । राति ११ बजे टावर बन्द भएको […]

मैले राजीनामा किन दिने ? महरालाई रोश्नी भेट्न जाउ भनेर मैले पठाएको होर? 

काठमाडौं, २७ पुस । सत्तारुढ नेकपाको सचिवालय बैठकले उपसभामुख शिबमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन भने पनि उनले भने राजीनामा नदिने स्पष्ट पारेकी छन् ।आज बिहानको कुराकानीमा उनले भनिन्,‘‘ मैले व्यवस्थापिकालाई शून्यतामा छोडेर राजीनामा दिन मिल्दैन । उपसभामुखलाई पार्टीले निर्देशन दिन पनि मिल्दैन । त्यसैले म आफ्नो काममा खटिइ रहनेछु । ’’ उनले नेकपाको हिजोको निर्णयबारेमा आफूले […]

दुई तिहाइ मतका साथ प्रदेश ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव स्वीकृत

हेटौंडा, २७ पुस । प्रदेश ३ स्थायी राजधानी हेटौंडा कायम भएको छ । आइतबार बिहान प्रदेश नं। ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो । आइतबार बिहान राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरे । ३ सांसदले भने हेटौंडा […]

दरबारमार्गमा यति समूहकाे निर्माणाधिन भवनको काम रोक्न अदालतको अन्तरिम आदेश

काठमाडाैं, २५ पुस । यति समूहले दरबारमार्गमा बनाइरहेको भवनको काम रोक्न उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका मुख्यन्यायाधिश नहकुल सुवेदीको एकल इजलासले ट्रष्टले यति समूहसंग गरेको सम्झौतामा त्रुटीपूर्ण देखिएको भन्दै यस्तो आदेश दिएको हो । अधिवक्ता परिवर्तन राईले पुस २३ मा दर्ता गरेको रिट निवेदनउपर सुनुवाइ गर्दै उच्च अदालत पाटनले […]

नेकपा प्रदेश संसदीय दलको निर्णय : प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

काठमाडौं । अन्ततः प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौँडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ । शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार निर्णय गरेको हो । नेकपाको सचिवालयले नाम वाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो । अब […]

नेपालको नवीकरणीय ऊर्जामा सहयोग गर्न मन्त्री पुनको आग्रह

काठमाडौँ, २५ पुस । संयुक्त अरब इमिरेट्स युएईको भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच नेपालको नवीकरणीय ऊर्जाका विविध आयामका बारेमा छलफल भएको छ । भेटमा मन्त्री पुनले नवीकरणीय ऊर्जा सम्मेलनमा नेपाललाई आमन्त्रण गरेकामा महानिर्देशक क्यामेरालाई धन्यवाद दिँदै भविष्यमा नवीकरणीय ऊर्जाको विकासमा सहकार्यको प्रस्ताव गरेको […]