प्रधानमन्त्रीद्वारा सन् २०२० को शुभकामना व्यक्त

काठमाडौं १६ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२० को शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा ओलीले २०१९ स्थिर राजनीतिक उपलब्धिको वर्ष पनि भएको बताएका छन्। सन्देशमा उनले २०१९ मा अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाएको दाबी गरेका छन्। सन्देशमा ओलीले भनेका छन् ‘यसै वर्ष अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सक्यौं […]

भ्रमण वर्षको अवसरमा मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्षको अवसरमा आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोनमार्फत नेपाल भ्रमणको निम्तो दिएका छन् । नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटन अगावै आज बुधबार बिहानै मोदीलाई फोन गरी प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिएका हुन् । फोन संवादमा नयाँ वर्ष सन् २०२० को अवसरमा शुभकामना आदानप्रदान […]

संकटकाल बिर्साउने गरी सरकारले गिरफ्तार गर्न थाल्यो: बिप्लव

काठमाडौ, १६ पुस । विप्लव नेतृत्वको नेकपाले वर्तमान सरकारमाथि ‘संकटकाल बिर्साउने गरी’ आफ्ना कार्यकर्ता गिरफ्तार गर्न थालेको आरोप लगाएको छ । पार्टीका पूर्वी केन्द्रीय कमाण्ड विषमले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा मेची–कोशी व्युरो इन्चार्ज उमा भुजेलसहित मेची–कोशी व्युरो सचिव सुमन सिंह, मोरङ जिल्ला इन्चार्ज नरेश चौलागाई लगायत ९ जनालाई सुनसरी र मोरङबाट […]

उम्मेदवार छनोट गर्न नेकपाले बोलायो बैठक

काठमाडौँ, १६ पुस। सभामुख र राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे निर्णय गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा० ले सचिवालय बैठक बोलाएको छ । बैठक पुस १७ गते ४ बजे बस्ने नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । महासचिव पौडेलका अनुसार भोलिको बैठकमा विशेषगरी आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारबारे […]

भ्रमण वर्षको पूर्वसन्ध्यामा बजाए लाय्कुको ठुलो घण्टा र नगरा

भक्तपुर, १६ पुस । विश्व सम्पदा स्थल लाय्कु दरबार क्षेत्रमा नेपाल भ्रमण वर्ष सन् २०२० को पूर्वसन्ध्यामा भक्तपुर नगरपालिकाले मंगलबार सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ ।नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रमको समुद्घाटन लाय्कुस्थित घण्टा र ठूलो नगरा बजाएर नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले गरे । नेपाल भ्रमण वर्षले भक्तपुरलाई […]

बौद्धका डिएसपीलाई अख्तियारको पुर्जी

काठमाडौं, १५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकता सच्याएको विषयमा आवश्यक सोधपुछ गर्न महानगरीय प्रहरी वृत बौद्धका डीएसपी रमेशबहादुरलाई सिंहलाई पुर्जी (पत्र) काटेको छ । महानगरीय प्रहरी कार्यलय रानीपोखरीमा पत्राचार गर्दै अख्तियारले डीएसपी सिंहलाई उपस्थित गराउन निर्देशन दिएको हो । सिंह यसअघि घुससहित ललितपुबाट पक्राउ परेका थिए । उनले सो विषयमा विशेष अदालतबाट सफाइ […]

किसानको २१ करोड नतिर्ने कनोडिया प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता

कपिलवस्तु, १५ पुस । वीरेन्द्र कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक मात्र होइनन्, प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता हुन् । कपिलवस्तुका प्रदेश सभा सांसद कनोडियाले सर्लाहीमा उद्योग चलाएका छन् । उनको उद्योगले किसानको २१ करोड रुपैयाँ भुक्तान गरेको छैन । अझ सरकारले खोज्दासमेत सम्पर्कमा नआएको कृषिमन्त्री घनश्याम भुसालको दाबी छ । ‘अन्नपूर्ण र महालक्ष्मी सुगर मिलका सञ्चालक सम्पर्कविहीन […]

सत्तारुढ दलबाटै सभामुख: सञ्चारमन्त्री बाँस्कोटा

कञ्चनपुर, १५ पुस। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा सत्तारूढ दलकै व्यक्ति सभामुख पदमा आउने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान प्रेस सङ्गठन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्य दललाई उक्त पद नदिने सङ्केत गरे। “सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदैछन्”, मन्त्री बाँस्कोटाले भने, “सत्तापक्षका उच्चस्तरका नेताबीच सम्भवतः यो पदका विषयमा सहमति भइसकेको […]

सभामुख चयनबारे छलफल गर्न नेकपा अध्यक्ष प्रचण्ड बालुवाटारमा

काठमाडौं, १५ पुस । सभामुख उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सभामुख चयनका लागि प्रतिनिधिसभाले आजबाट प्रक्रिया सुरु गर्न लागिरहेका बेला प्रचण्ड यसबारे छलफल गर्न बालुवाटार पुगेका हुन् । आइतबार नेकपाको सचिवालय बैठक बसे पनि सभामुखको एजेण्डामा छलफल नगरी प्रचण्ड चितवन […]

भक्तपुर नगर प्रमुखले पत्रकार बोलाएर दिए यस्तो बिज्ञप्ती

पत्रकार मित्रहरु, नेपाल पर्यटकीय दृष्टिले संसारको उत्कृष्ट गन्तव्यस्थलमध्ये एक हो । विश्व सम्पदा सूचीमा सूचिकृत अद्वितीय र अनुपम सम्पदाहरु नै पर्यटकीय आकर्षण हुन् । काठमाडौं उपत्यकाभित्र थोरै दुरीमा सातवटा विश्व सम्पदाहरु छन् । त्यसमध्येको एक हो भक्तपुर दरबार क्षेत्र । भक्तपुर कला र संस्कृतिले सम्पन्न नगर हो । दरबार क्षेत्र, टौमढी क्षेत्र र दत्तात्रय क्षेत्र […]