काठमाडौं, १७ चैत । नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो । चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घन्टापछि खअकस्मात गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नेपर्यो । काठमाडौं नआई के कारण जहाज दिल्लीमा अवतरण गर्यो ? सबैको अनुमान प्राविधिक समस्या […]
मुख्य समाचार
कांग्रेस नेता खुमबहादुर खड्काको निधन
काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका चर्चित नेता खुमबहादुर खड्काको निधन भएको छ। भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत पुष्टि गरेका छन् । खड्का पूर्व गृहमन्त्री समेत हुन् । मृगौलाको समस्याबाट पीडित खड्का उपचारका लागि भारतको दिल्ली गएका थिए । पूर्वगृहमन्त्रीसमेत रहेका खड्का मृर्गौला रोगले […]
‘गुण्डा नाइके’ चक्रे मिलन समूहका आशिष गुरुङ पक्राउ
काठमाडौं, १६ चैत । ‘गुण्डा नाइके’ चक्रे मिलन समूहका सदस्य आशिष गुरुङ पक्राउ परेका छन्। फसेको रकम उठाइदिने भन्दै पीडितको रकम लिएर बेपत्ता भएका गुरुङलाई प्रहरीले बिहिबार साँझ काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो। पक्राउ परेका गुरुङलाई सार्वजनिक अपराधमा मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए। गुरुङले फसेको […]
आइपिएलको तयारीमा सन्दिप लामिछाने, टिमसँग पहिलोपटक मैदान उत्रिए
काठमाडौं, १६ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) मा नेपालबाटै पहिलो पटक सहभागिता जनाउने मौका पाएका सन्दिप लामिछाने पहिलोपटक आफ्नो टिमका खेलाडीहरुका साथ मैदानमा उत्रिएका छन् । उनले बिहीबार आफ्नो टिम ‘दिल्ली डेयरडेभिल्स’ का खेलाडीहरुसँग मैदानमा अभ्याससमेत गरे । प्रशिक्षक रिकी पोन्टिङ, कप्तान गौतम गाम्भीरलगायत अन्य खेलाडीहरुसँग सन्दिप निकै उत्साहित हुँदै मैदानमा फिटनेश अभ्यासमा सहभागी […]
धनगढीमा हुने डिपिएल क्रिकेटको तयारी पूरा
काठमाडौं, १६ चैत । चैत १७ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुन लागेको देशकै सर्वाधिक धनराशी पुरस्कार भएको ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार गरेको पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष शुभाषविक्रम शाहीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । शाहीले सञ्चारकर्मी, खेलप्रेमी, खेलाडी सवैले गरेको योगदानको […]
नेकपा प्रवक्ता प्रकाण्डको घरमा पक्राउ पुर्जी टाँस्न गएका सरकारी कर्मचारीहरू गााँउबाट लखेटिए
काठमाडौं, १५ चैत । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को घरमा वारेन्ट टाँस्न गएका सरकारी कर्मचारीहरू लखेटिएका छन् । कालिकोट जिल्कोजा माल्कोट–४ स्थित प्रवक्ता प्रकाण्डको घरमा बिहिबार दिउँसो २ बजेतिर भोजपुर जिल्ला अदालतको आदेशपत्र बोकेर ईलाका प्रहरी कार्यालय कुमाल गाउँबाट प्रहरीको एक टोली पुगेको थियो । सरकारी कर्मचारीसहित पुगेको टोलीले […]
कैदीहरूबीच जेलभित्रै झडप हुँदा प्रहरीले गोली चलायो, ६८ जनाको मृत्यु
काठमाडौं, १५ चैत । भेनेजुएलाको एक जेलमा भएको झडपमा ६८ जनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार भ्यालेन्सियास्थित जेलमा बुधबार कैदीबीच झडप भएको थियो । झडपकै क्रममा केही कैदी भाग्ने प्रयास गर्दा सुरक्षाकर्मीले गोली प्रहारसमेत गरेको बताइएको छ । सुरक्षाकर्मीको गोली प्रहारबाट कति र झडपबाट कतिको मृत्यु भयो भन्ने प्रष्ट भएको छैन । मृतक सबै […]
पर्बतमा मकै रोप्ने (सिडर) मेसिन भित्रियो
पर्वत, १५ चैत । पर्वत जिल्लामै पहिलोपटक मकै रोप्ने (सिडर) मेसिन भित्रिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा वडा नं १, ३ र ४ का किसानलाई परियोजनाको जोन कार्यान्वयन एकाई कार्यालय मुडिकुवाले तीनवटा मेसिन अनुदानमा वितरण गरको हो । कार्यालयले मिनी पावरटिलर र त्यसमै जडान गर्न मिल्नेगरी निर्मित मकै रोप्ने (सिडर), […]
राष्ट्रपति भण्डारी बग्गीमा चढेर सम्मेलन केन्द्र जाने, संघीय संसदलाई पहिलो सम्बोधन !
काठमाडौं, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद लाई आज पहिलो सम्बोधन गर्दै छिन् । सांसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे सुरु हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेकी हुन् । संघीय संसदको पहिलो अधिवेशनमा दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोहि व्यवस्थाअनुसार राष्ट्रपतिको […]
बहालवाला अर्थमन्त्रीकै घरमा मेयरले यसरी लगाए डोजर (हेर्नुहोस भिडियो)
धनगढी, १५ चैत । प्रदेश नम्बर ७ का अर्थ मामिला तथा योजना मन्त्री झपट बोहराको घेर मेयरको डोजरले भत्काइदिएको छ । कैलालीको लम्कीमा रहेको मन्त्रीको घर डोजरले भत्काइरहदा स्थानीयले रमिता हेरिरहेका थिए । कसैले किन र कसरी भन्ने प्रश्न समेत गरेनन् । आखिर गरुन पनि किन ? अतिक्रमित सडक खाली बनाउने अभियान अन्तरगत मन्त्री बोहोराको […]











