काठमाडौं, १५ चैत ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को घरमा वारेन्ट टाँस्न गएका सरकारी कर्मचारीहरू लखेटिएका छन् ।
कालिकोट जिल्कोजा माल्कोट–४ स्थित प्रवक्ता प्रकाण्डको घरमा बिहिबार दिउँसो २ बजेतिर भोजपुर जिल्ला अदालतको आदेशपत्र बोकेर ईलाका प्रहरी कार्यालय कुमाल गाउँबाट प्रहरीको एक टोली पुगेको थियो ।
यसअघि बादल गृहमन्त्री बनेलगत्तै महासचिव विप्लवबिरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै केहि माओवादी नेताहरुले समेत सरकारको त्यो कदमको चर्को बिरोध गरेका थिए भने सामाजिक सञ्जालसहित जताततै ब्यापक बिरोध भएको थियो । ओली सरकारले विप्लवबिरुद्ध पक्राउ पुर्जी जारी गरेपछि त्यसकाे बिराेधमा कपिलवस्तुबासीहरु सडकमै ओर्लिएका थिए ।
उता प्रहरीले गत चैत ५ गते नेकपाका कोशी ब्यूरो इन्चार्ज किरण राईलगाए थ्रुपै नेताहरुलाई गरिफ्तार गरी हिरासतमा राखेको छ । यसैबीच मंगलबारमात्रै नेकपा केन्द्रीय जनादलतले प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डको नाममा १५ दिने वारेन्ट जारी गरेकाे छ । ओली र प्रचण्डबिरुद्ध जनअदालतमा मुद्दा परेको भन्दै छलफल गर्नुपर्ने थप बुझ्न पर्ने भएकोले १५ दिनभित्र रोल्पा आफै हाजिर हुन वारेन्ट पत्रमा भनिएको छ ।
पत्र पाएको वा सार्वजनिक स्थानमा सूचना टाँस भएको १५ दिनभित्र अनिवार्य पुग्न ताकेता गरिएको छ । मंगलबार जारी गरिएको उक्त पत्र बुधबार पचण्डकाे खुमलटारस्थित निवास र चितवनस्थित घर तथा उनको सम्पर्क कार्यालयमा समेत टासिएको छ । भने प्रधानमन्त्रीकाे भक्तपुरस्थित निजी निवास र सुकेधारास्थित पार्टी कार्यालयमा टाँसिएकाे छ ।
घटनाबारे थप बिबरण आउदै छ । फाइल तस्वीर
यो पनि पढ्नुहोस् है
ओलीबिरुद्ध वारेन्ट जारी भएको केहि घण्टामै प्रचण्डबिरुद्ध पक्राउ पुर्जी (मुद्दाको पूर्णपाठसहित)
प्रधानमन्त्री अाेलीका नाममा वारेन्ट जारी, हेर्नुहोस् यस्तो छ मुद्दा ! पत्रसहित
प्रधानमन्त्री ओली र प्रचण्डबिरुद्ध पनि पक्राउ पुर्जी जारी हुने, यस्तो छ जनअदालतको तयारी !
महासचिव विप्लवबिरुद्ध जारी गरिएको पक्राउ पुर्जी नेकपाद्वारा ठाडै खारेज, आयो यस्तो कडा विज्ञप्ति
देशलाई युद्धमा धकेल्न खोज्दै सरकार, गृहले नेकपासँग सुरू गर्दै लडाईं (प्रमाणसहित)