बहालवाला अर्थमन्त्रीकै घरमा मेयरले यसरी लगाए डोजर (हेर्नुहोस भिडियो)

धनगढी, १५ चैत । प्रदेश नम्बर ७ का अर्थ मामिला तथा योजना मन्त्री झपट बोहराको घेर मेयरको डोजरले भत्काइदिएको छ । कैलालीको लम्कीमा रहेको मन्त्रीको घर डोजरले भत्काइरहदा स्थानीयले रमिता हेरिरहेका थिए । कसैले किन र कसरी भन्ने प्रश्न समेत गरेनन् ।

आखिर गरुन पनि किन ? अतिक्रमित सडक खाली बनाउने अभियान अन्तरगत मन्त्री बोहोराको घरमा नगरपालिकाले डोजर हानेको हो । पहुँचकै भरमा सडक अतिक्रमण गरेर बोहराले सडक अतिक्रमण गरेर घर बनाएका थिए । लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगाईकै अगुवाईमा मन्त्रीको घर भत्काइएको हो ।

नगरपालिकाले १५ दिने सूचना निकालेर अतिक्रमित घर उठाउन भनेको थियो । त्यसपछि फेरि ७ दिने र अन्तिममा ५ दिने सूचना निकाल्दा पनि मन्त्री बोहराले सुने नसुनेझै गर्दै आएका थिए । उल्टै मन्त्री बोहोराले आफ्नो घर कसैले हटाउन नसक्ने भन्दै आएका थिए । मेयर बजगाईले डोजर लगाउने आट गरे । हेर्दाहेर्दै मन्त्रीको घर भग्नावशेषमा परिणत भयो । मन्त्री बोहोराको घर भत्किरहँदा स्थानीय भन्दै थिए, ‘अहिलेसम्म टेरेको थिइनस्, बल्ल खाइस् ।’

बैंकिङ क्षेत्रबाट माओवादी केन्द्रमा प्रवेश गरेका बोहराले यसैगरी कैलालीको दर्जनभन्दा बढी ठाउँमा सडक र सार्वजनिक जग्‍गा अतिक्रमण गरेका छन् । लुम्की चुहा नगरपालिकालाई सुन्दर शान्त र समृद्ध बनाउने मेयर बजगाईको अभियानको क्रममा लम्कीमा मन्त्री बोहराले सडक अतिक्रमण गरेको भेटिएको थियो ।

बैकिङ क्षेत्रमा चर्चा कमाएका बोहराले प्रचण्डलाई पैसाको लोभ दिएर मन्त्री बनेको नेताकार्यकर्ताहरू बताउछन्। गत प्रदेश र प्रतिनिधि सभाको चुनावमा पैसा पेलेर टिकट पाउने केहि माओवादी उम्मेदवारहरुमध्य झपट बोहोरा पनि एक भएको माओवादी केन्द्रकै नेता कार्यकर्ताहरू बताउछन् ।

यसरी भत्कायाे मन्त्रीकाे घर डाेजरले हेर्नुहाेस भिडियाे

 
 
Loading...