ह्याम्वर्ग । जर्मनीको ह्याम्बर्गमा जी–२० विरुद्ध प्रदर्शन गर्नेहरूले अमेरिकी प्रथम महिला मेलानी ट्रम्पलाई शुक्रबार उनको आवासगृहमै घेराबन्दीमा पारेका छन् । राजनीतिक नेताका श्रीमतीका लागि उत्तरी जर्मनीमा आयोजित छोटो एउटा कार्यक्रममा उनीहरू सहभागी भएको ट्रम्पका प्रवक्ताले जानकारी दिए । “हम्बर्गको प्रहरीले उहाँ बसेको आबास गृहबाट उनीहरूलाई सजिलैसँग हटाउन सकेन,” उनका प्रवक्ता स्टेफन ग्रिशामले भने । जलवायु […]
मुख्य समाचार
सरकारी अधिकृतको उच्च शिक्षाका लागि जापानले नेपाललार्इ दियाे २ अर्ब ५७ करोड
काठमाडौं । जापानले सरकारी अधिकृतहरुलाई उच्च शिक्षाका लागि २ अरव ५७ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । जापानको नेपालको मानव संशाधन विकास अन्तरगत सरकारी कार्यालयको क्षमता विकास गर्ने उद्देश्यका साथ सरकारी अधिकृतहरुको उच्च शिक्षाका लागि २ अरव ५७ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको हो । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थ […]
महिनावारी हुँदा घरबाट निकालिएकी तुल्सीको छाउगोठमा सर्पले टोकेर मृत्यु
सुर्खेत, २४ असार । छाउगोठमा सुतेकै कारण दैलेखमा एक महिलाको ज्यान गएको छ। जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा छाउगोठमा सुतेकी स्थानीय एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको हो। स्थानीय लैनचौर निवासी तुल्सी शाहीलाई बिहीबार राति छाउगोठमा सुतेको समयमा सर्पले टोकेको थियो। मध्यरातमा सर्पले टोकेपछि परिवारले धामी झाँक्रीमार्फत् उपचारको प्रयास गरेका थिए। तर, भरपर्दो उपचार नपाउँदा २२ […]
मेलम्ची ल्याउन नसकेपछि राजधानीवासीलाई बाग्मतीकै पानी खुवाउने तयारीमा सरकार
काठमाडाैं, २३ असार । राजधानीवासीले साउनपछि मेलम्चीको पाइपबाट ल्याइने बागमतीको पानी खान पाउने भएका छन् । सुरुङमार्ग हुँदै मेलम्ची खोलाको पानी राजधानी ल्याउन ढिलाई हुने भएपछि मेलम्ची खानेपानी आयोजनाले राजधानीवासीलाई बागमतीको पानी भए पनि वितरण गर्न लागेको हो । आयोजनाले राजधानीवासीलाई यस बर्षको असोज मसान्तसम्ममा पानी खुवाउने घोषणा गरेको थियो । मेलम्ची खानेपानी आयोजनाको सुरुङ […]
राजपा भित्रकाे विवाद चरम उत्कर्षमा
काठमाडाैं, २३ असार । पार्टीको विधानका विषयमा राष्ट्रिय जनता पार्टी नेपालमा देखिएको विवाद चरम उत्कर्षमा पुगेको छ । विवादका कारण बिहीबार पनि राजपा निर्वाचन आयोगमा दर्ता हुन सकेन । मधेस राजनीतिका अग्रणी नेता स्व. गजेन्द्रनारायण सिंह र रामजनम तिवारीलाई विधानमा नसमेटिएको भन्दै नेता अनिल झाले विधानमा हस्ताक्षर गर्न नमानेपछि विवादले उग्र रुप लिएको छ । […]
देउवालार्इ कांग्रेसभित्रकाे गुट भयाे ठूलाे भारी । भागबन्डा मिलेेमा अाज मन्त्रीमण्डल विस्तार
काठमाडाैं, २२ असार । चर्काे विवादकाबीच अाज प्रधानमन्त्री शेरबहादुर देउवाले अाफ्नाे मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । अाफ्नै पार्टीभित्र कुरा नमिलेकाे भए पनि उनले केहि मन्त्रीहरु थप्न लागेका हुन् । विवादकै कारण अाजसम्म मन्त्रिमण्डल विस्तार हुन सकेकाे थिएन । दाेस्राे चरणकाे निर्वाचनमा असर पर्ने देखेर देउवाले चुनावपछि मन्त्रिमण्डल विस्तार गर्ने बताएका थिए । चुनाव सकिएकाे […]
ढलेको धरहराबाट करोडौ कुम्ल्याउने कम्पनीको यस्तो धन्धा
काठमाडौं । काठमाडौंको पहिचानका रुपमा रहेको धरहरा भुकम्पले ढलिसकेको छ । त्यही ढलेको धरहराबाट एउटा कम्पनीले करोडौ कुम्ल्याइरहेको छ । सार्वजनिक सम्पतीको दुरुपयोग गरेर करोडौ कमाए पनि सो कम्पनीले राज्यलाई भने एक पैसा बुझाएको छैन । बरु, उल्टै आफूले तिर्नुपर्ने रकम मिनाहा गरिपाउ भनेर हारगुहार गरिरहेको छ । यसरी खुल्लमखुल्ला ठगी गर्ने साइड वाकर्स ट्रेडर्स […]
कालिकोटमा अर्काे बस दुर्घटना । चट्टानमा बस ठोक्काएर चालकले बचाए यात्रु
कालिकाेट, १७ असार । पटक पटक गाडी दुर्घटना भइरहने कर्णाली राजमार्गमा अाज शनिवार अर्काे यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको सेराबाडामा शनिवार दिउँसो भएकाे बस दुर्घटनामा परी ५ जना घाईते भएका छन । कालिकाेट जिल्लाकाे खाँडाचक्र नगरपालिका वार्ड नं ८ मा पर्ने सेरावाडामा नजिकै बस अारालाेमा ब्रेकफेल भएर बस दुर्घटनामा परेकाे […]
श्रीमानले विदेशबाट तनाव दिएको भन्दै आमाछोरा एउटै डोरीमा झुन्डिएर आत्महत्या
गुल्मी, २८ बैशाख । छत्रकोट गाउँपालिका–२ पल्लीकोटमा गत शुक्रबार आमाछोरा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परे । साँझ पौने ६ बजे पल्लीकोटकी २० वर्षीया शीतल परियार र उनका दुई वर्षीय छोरा प्रवेश झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । प्रहरीले मंगलबार मात्र घटना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावलका […]
अपहरण र हत्या क्रम बढ्दै, सुरक्षा पहुँच कमजाेर हुँदै
काठमाडाैं, १७ असार । दाङमा व्यवसायी तथा व्यापारीहरुकाे अपहरण गरी हत्याका घटना बढ्दै गएका छन् । पछिल्लाे समयमा यसरी चार जना चर्चित व्यवसायीहरुकाे अपहरण र हत्या भइसकेकाे छ । शुक्रबार तुल्सीपुरका व्यवसायी राजकुमार श्रेष्ठकाे शव भेटिएपछि यहाँका व्यवसायीहरु त्रसित बनेका छन् । तुल्सीपुरबाटै कारसहित अपहरणमा परेका व्यवसायी श्रेष्ठ गत जेठ २६ गते अपहरणमा परेका थिए […]