अर्घाखाँचीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ। बुधबार राति छत्रदेव गाउँपालिका–१ सौरेखोलामा लु ५८ प ७९७८ र लु ३३ प ६५४४ नम्बरका मोटरसाइकल विपरीत दिशाबाट आइ ठोक्किँदा दुबै सवारीका चालकको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा अर्घाखाँची पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मी छत्रकोट गाउँपालिका–६ […]
मुख्य समाचार
अविजित नेपाल उपाधी नजिक
काठमाडौं । ओमानलाई हराउँदै नेपाल टि२० विश्वकपको एसिया तथा इस्ट एसिया क्षेत्रीय छनोटको उपाधी नजिक पुगेको छ । ओमानको मस्कटमा बधबार भएको खेलमा घरेलु टोलीलाई ३८ रनले पराजित गरि अपराजित यात्रा कायम राखेको नेपालले उपाधी जित्ने सम्भावना बलियो बनाएको छ । नेपाल र ओमान बुधबार नै युएईले समाओमाथि जित निकालेसँगै भारत र श्रीलंकामा हुने विश्वकपका […]
घट्यो पेट्रोलको मूल्य
काठमाडौं । पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो । निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ । डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत राखिएको छ […]
नयाँ बानेश्वरमा सवारी दुर्घटना, एकको निधन
काठमाडौं । नयाँ बानेश्वरमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको निधन भएको छ। बा८१प ४०१० नम्बरको मोटरसाइकल चालक गोरखा सिरानचोक–४ का २३ वर्षीय बालकृष्ण परियारको निधन भएको प्रहरीले जनाएको हो । गए राती भएको दुर्घटनामा गम्भीर घाइते भएका परियारले उपचारका क्रममा सिभिल अस्पतालमा ज्यान गुमाएका हुन् । दुर्घटनामा संलग्न वाग्मती बीएबी ०३६५ नम्बरको जिप र […]
बिदेश जाने विद्यार्थीले एक महिनामै लगे ३२ अर्ब ७६ करोड
काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो महिनाको आर्थिक विवरणअनुसार गएको भदौमा मात्रै विदेश जाने विद्यार्थीले ३२ अर्ब ७६ करोड रुपैयाँ विदेशिएको हो । अघिल्लो वर्षको त्यही अवधिमा २८ अर्ब २० करोड रुपैयाँ मात्रै थियो । समीक्षा अवधिमा […]
माओवादी केन्द्रका युवा र विद्यार्थी उजुरी लिएर साइबर ब्यूरो जाने
काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा तथा विद्यार्थी संगठन वाइसीएल नेपाल र अखिल (क्रान्तिकारी)ले पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता गर्ने भएका छन्। अखिल (क्रान्तिकारी)का उपाध्यक्ष तथा अधिवक्ता बिराज थापाका अनुसार उनीहरूले पार्टी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सामाजिक सञ्जालमार्फत झुठो प्रचार र अफवाह […]
३६ दिनपछि सार्वजनिक भएका देउवा संयमित, परिपक्व र विवेकी देखिए
काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आगामी १५औं महाधिवेशनपछि नेतृत्वबाट विदा लिने घोषणा गर्दै संगठनलाई नयाँ नेतृत्वका लागि मार्ग प्रसस्त गरेका छन् । मङ्गलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा लिखित सम्बोधन पढ्दै देउवाले भने, “आगामी १५औं महाधिवेशनबाट म बाहेक अरू कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा द्विविधा छैन।” उनले नेतृत्व हस्तान्तरणलाई प्राकृतिक र […]
५२ फरार अपराधी काभ्रे प्रहरीको फन्दामा, कुन मुद्दाका कति?
काभ्रेपलान्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले ५२ जना फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ । गत भदौ २४ गते कारागारबाट निस्किएर नफर्किएका ५२ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सबैभन्दा बढी जबर्जस्ति करणीका १४ जना र कर्तब्य ज्यान मुद्दाका १२ जना रहेका जिप्रकाको प्रवक्ता रविन बिष्टले बताए । जिल्लाका विभिन्न ठाउँमा लुकीछिपी रहेको […]
काभ्रेमा जुवातास खेल्ने ८ र यौन क्रियाकलापमा संलग्न ३ पक्राउ
काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जुवा–तास खेल्ने तथा यौनजन्य क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मिति साँझ ८ः०० बजे बनेपा नगरपालिका–९, बेथिसाइट नजिकस्थित फर्निचर बनाउने टहरामा जुवा–तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मार्दा ८ जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकाबाट नगद १ लाख २२ हजार ६५४ रुपैयाँ र तास २७ बुक्सहित […]
काभ्रे मालपोतका खरिदार बिरुद्ध अख्तियारको आरोपपत्र
काभ्रे ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले मालपोत कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारी विरुद्ध घुस लिई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। साविक दोलालघाट गाउँ विकास समिति–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गा धनीको नाममा दर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु. २ लाख घुस लिएको भन्दै अख्तियारले […]










