ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । ताप्लेजुङको कञ्चनजंघा आसपास क्षेत्रमा भूकम्प गएको छ । आज बिहान २ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन भएको छ । भूकम्प गएको स्थान नेपाल–भारत सीमा क्षेत्र नजिकै पर्दछ । सो भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्पले […]

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ […]

रोहित पौडेलले तोडे पूर्व कप्तान पारस खड्काको रेकर्ड

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले पूर्व कप्तान पारस खड्काको कीर्तिमान तोडेका छन् । रोहितले आईसीसी पुरुष टी–२० विश्वकपको इतिहासमा नेपालको तर्फबाट कप्तानका रूपमा सर्वाधिक खेल खेल्ने रेकर्ड आफ्नो नाममा लेखाएका हुन्। यसअघि यो कीर्तिमान नेपालका सफल पूर्व कप्तान पारस खड्काको नाममा रहेको थियो। सन् २०१४ मा बङ्गलादेशमा सम्पन्न टी–२० विश्वकपमा पारसको […]

कमल थापाको दावी : भोट माग्न जाँदा अधिकांशले अब राजा नभई हुँदैन भन्छन्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा काठमाडौं ५ का उम्मेदवार कमल थापाले चुनावी अभियानमा घरदैलोमा जाँदा मतदाताले अब राजा नभई नहुने कुरा गरेको बताएका छन्। आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘जहाँ हामी भोट माग्न गएका छौं, अधिकांशले हामी हिन्दु राष्ट्र चाहन्छौँ भन्छन्। अधिकांंशले अब राजा नभई हुँदैन भन्छन्। केवल बुढापाकाले मात्रै होइन, […]

उम्मेदवार को भन्ने चिन्ता छैन, कांग्रेस जिताउने चिन्ता छ : केन्द्रीय सदस्य अमात्य

ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यले देशको सबै माहोललाई नेतृत्व गर्नसक्ने, सही दिशा दिन सक्ने नेपाली कांग्रेस मात्रै भएको दावी गरेका छन् । नेपाली कांग्रेस ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ द्वारा आयोजित ललितपुर महानगरको वडा नं. २६ र २७ सुनाकोठीको क्रियाशील भेला तथा निर्वाचन परिचालन समितिको वैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य अमात्यले […]

धादिङको दसकिलो बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, दुई घाइते

धादिङ । मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा आज बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। आज बिहान करिब साढे ७ बजे दाङबाट काठमाडौं आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस, काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२०६ नम्बरको रिजर्भ बससँग ठोक्किँदा दुर्घटना भएको […]

नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार नेपाली लोक संस्कृति एवं नेपालको सुदूर प्रश्चिममा प्रख्यात देउडाका सम्राट नन्दकृष्ण जोशीलाई प्रदान गरेको छ । प्रतिष्ठानको ३४ औँ स्मृति दिवसको अवसरमा एक भव्य समारोह गरी उक्त पुरस्कार प्रदान गरिएको हो । समारोह प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाको सभापतित्व तथा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यतामा भएको थियो । सभापति […]

टी–२० विश्वकप २०२६ – नेदरल्यान्ड्सलाई हराउँदै पाकिस्तानको विजयी सुरुवात

कोलम्बो । कोलम्बोको सिंहली स्पोर्ट्स ग्राउन्डमा आजदेखि सुरु भएको टी–२० विश्वकप २०२६ को पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । रोमाञ्चक प्रतिस्पर्धामा पाकिस्तानले नेदरल्यान्ड्सले दिएको १४८ रनको लक्ष्य सफलतापूर्वक पूरा गर्‍यो । टस जितेर पाकिस्तानले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । नेदरल्यान्ड्सको पूरै टोली १९.५ ओभरमा १४७ रनमा अलआउट भयो […]

नमाजको समयमा इस्लामावादको मस्जिदमा आत्मघाती विस्फोट, ३१ जनाको मृत्यु, १६९ घाइते

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामाबादस्थित एक शिया मुस्लिम मस्जिदमा आत्मघाती वम विस्फोटमा हुँदा ३१ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन्। शुक्रबार इस्लामावादको तरलाईस्थित इमामबारगाह खदिजतुल कुबरामा रहेको मस्जिदमा नमाजको समयमा आत्मघाती विस्फोट भएको हो।घटनामा तीन जनाको संलग्नता रहेको बिबिसीले जनाएको छ। विस्फोटमा सुरक्षाकर्मीहरू पनि घाइते भएका छन्। यो सन् २०२३ जनवरीपछि […]

सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन

विराटनगर । नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ । मोरङको बिराटचोकमा शुक्रबार भएको नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला उनी बेहोस भएर ढलेका थिए । उपचारका क्रममा विराट मेडिकल कलेजमा […]