विवाहेत्तर प्रेमले लियो ज्यान, ५ पक्राउ

बारामा गोली प्रहार गरी प्रधानाध्यापकको हत्या गरेको घटनामा संलग्न पाँच जना पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका-६ मदर्शा टोलमा बाल एकता ईङगलिस बोडिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक सोही ठाउँ बस्ने ३५ वर्षीय गुड्डु भन्ने रूपेश स्वर्णकारको गोली प्रहारबाट हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा मुख्य योजनाकार सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ […]

विपी राजमार्ग हुँदै राजधानी भित्राउन खोजिएका १० क्विन्टल अवैद्य चिनी बरामद

काभ्रे प्रहरीले विपी राजमार्ग हुँदै राजधानी भित्राउन खोजिएका १० क्विन्टल चिनी बरामद गरेको छ ।नियमित चेकजाँचका क्रममा पूर्वी तराईका विभिन्न स्थानबाट आएका सवारी साधन बाट ती चिनी बरामत गरिएको हो । धुलिखेल –९ काभ्रेभञ्ज्याङमा प्रहरीले बिहीबार सवारीसाधन चेकजाँचका क्रममा ३३ वटा बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार […]

नेपाल प्रहरीमा प्राविधिक सेवा तर्फ बिभिन्न पदमा पदपूर्तीको लागि सूचना

नेपाल प्रहरीमा प्राविधिक सेवा तर्फ बिभिन्न पदमा पदपूर्तीको लागि सूचना आह्वान गरिएको छ । प्रहरी निरीक्षकदेखि प्राविधिक प्रहरी नायब निरीक्षक र सहायक निरीक्षकसम्मको पदमा जागिर खुलेको हो । प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रवार एक सूचना जारी गर्दै १ सय २८ जनाका लागि प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका […]

४६ सय मेट्रिक टन चिनी बजारमा, लुकाउने र बढी मूल्य असुल्नेहरुको सूचना दिन सरकारको आग्रह

बजारमा चिनीको अभाव बारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो राखेका छन् । उनले उद्योग तथा वाणिज्य मन्त्री तथा मुख्यसचिवलाई चिनीको अभाव सिर्जना हुन नदिन सबै उपायको खोजी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सचिव गणेश पाण्डेले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशकहरुसँग अवैध ढंगले भित्रिएका तथा […]

नेपाल ओमानसंग ५ रनको झिनो अन्तरले पराजित, शुक्रवार युएईसंग भिड्ने

टि-२० विश्वकप छनोट एसिया फाइनलको समुह चरणको अन्तिम खेलमा नेपाल ओमानसंग ५ रनले पराजित भएको छ। हार पछि ओमान समुह ‘ए’ को विजेता तथा नेपाल समुह ‘ए’ को उप-विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। नेपालले भोलि मुलपानी मैदानमा हुने सेमीफाइनलमा समुह ‘बि’ को विजेता युएईसंग प्रतिस्पर्धा गर्नेछ भने ओमानले टियु मैदान किर्तिपुरमा समुह ‘बि’ को […]

मेसीले जिते आठौं पटक किर्तिमानी बालोन डे’ओर अवार्ड

काठमाडौं । लिओनल मेसीले आठौं पटक बालोन डे’ओर अवार्ड जित्दै आफ्नै रेकर्ड तोडेका छन् । हाल अमेरिकी फुटबल क्लब इन्टर मायमीमा आवद्ध भई व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टिनी स्टार मेसीले यसअघि सातौपटक बालोन डेओर अवार्ड जित्दै सबैभन्दा बढी अवार्ड जित्ने खेलाडी भएका थिए । गत वर्ष अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि जिताउन सफल नेतृत्व गरेका मेसीले यसपटक […]

नेपालको शान्ति प्रक्रिया उदाहरणीय : गुटेरस

राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका क्रममा आज बिहान नेपाल आएका महासचिव गुटेरेससँगको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण हिमाली देश नेपालले भोग्नुपरेका समस्या र समाधानको उपाय, जारी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने र राष्ट्रसङ्घीय शान्ति […]

चार दिने नेपाल भ्रमणमा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस : यस्तो छ कार्यक्रम

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस नेपालको चार दिने भ्रमणका लागि आज राति १ बजे काठमाडौँ आइपुग्दै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । उनी कतार एयरको उडान नम्बर QR644 मा अमेरिकाबाट दोहा हुँदै काठमाडौं ओर्लन लागेका हुन् । उनलाई विमानस्थलको अतिबिशिष्ठ कक्षमा नेपाली सेनाको काली दल […]

दशैँको अन्तिम दिन भक्तपुरमा रहेकी नवदुर्गाको विशेष पूजाअर्चना

बडा दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरमा रहेकी नवदुर्गाको विशेष पूजाअर्चना गरेका छन् । राजाले कोजाग्रतमा पूजाअर्चना गर्ने प्रचलनलाई निरन्तरता दिंदै राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति पौडेलले शनिवार भक्तपुर आएर नवदुर्गा मन्दिरमा ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली भवानीको दर्शन र पूजाअर्चना गरेका हुन् । राष्ट्रपति पौडेललाई बनमालाहरुले […]

मापसे गरी ज्यान लिने २ जना पक्राउ

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ पेल्माङ बस्ने ५० वर्षीय सितल बहादुर राईको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । उनीहरुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय धरन बहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेका छन् । मादक पदार्थ सेवन गरेर वादविवाद संगै भएको […]