वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट ३८ लाख ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीया सुनिता कर्माचार्य रहेकी छन् । काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं […]
मुख्य समाचार
प्यालेष्टाइन स्वतन्त्र नभएसम्म इजरायलविरुद्ध निरन्तर आवाज उठिरहनुपर्ने नगर प्रमुखको भनाइ
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुनको अनभिज्ञता क्षम्य नहुने बताउँदै कर्मचारीहरुले कसैको दबाबमा काम गर्न नहुने र कानुनबमोजिम काम गरे त्रुटी नहुने प्रष्ट पारेका छन् । भक्तपुर नगरपालिकाको आयोजनामा भएको सहकारीका कर्मचारीहरुको भेलामा बोल्दै उनले समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाप्रति जनताको विश्वास बढाउन समय समयमा शिक्षा र स्वास्थ्य शिविरहरु सञ्चालन गरी […]
खेलाडीलाई पुरस्कार र सम्मान : राष्ट्रिय गौरवको क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको उद्घोष
टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा राष्ट्रिय क्रिकेट खेलाडीलाई सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार प्रदान गरिएको छ । लामो समयदेखि घोषणा भएर पनि निकासा हुन् नसकेको रकम प्रदान गर्दै प्रधान मन्त्री प्रचण्डले खेलाडीलाई हौसला र सम्मान समेत गरेका छन् । उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको प्रति सन्तोष व्यक्त […]
प्रधानमन्त्री राहत कोषमा काँग्रेसको ५० लाख
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहितको पदाधिकारीहरुको एक प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी चेक हस्तान्तरण गरेको हो । काँग्रेसले भूकम्प पछिको उद्दार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि ९ बुँदे सुझाव पेश गर्दै सरकारको […]
भाइटीकाको उत्तम साइत सार्वजनिक
आजको एकसातामा यो वर्षको भाइटीका परेको छ । तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन पर्ने भाइटीका यो वर्ष २९ गते बुधवार परेको हो । दाजुभाइलाई दिदीबहिनीले स्नेहपूर्वक पूजा गरी सप्तरंगी टीका लगाइदिने यो पर्वले आयू आरोग्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । भाइटीकाको लागि यो वर्ष कार्तिक २९ गते बुधवार बिहान […]
कीर्तिपुर नगरपालिकालाई समाजवादी मोर्चाको १९ बुँदे ज्ञापनपत्र
समाजवादी मोर्चा, कीर्तिपुर नगर समितिले कीर्तिपुर नगरपालिकालाई १९ बुँदे ज्ञापनपत्र बुझाएको छ । मोर्चाले विकासमुखी, जनमुखी, र प्रभावकारीे कार्यसम्पादनको माग गर्दै १९ बुँदै ज्ञापनपत्र बुझाएको हो । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीलाई सोमबार एक कार्यक्रमकाबीच मोर्चाको अनुगमन समितिका संयोजक प्राडा शिवशरण महर्जनले ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् । ज्ञापनपत्र बुझ्दै कीर्तिपुर नगरप्रमुख नकर्मीले नगरपालिकाको कार्यक्षेत्रभित्र पर्ने […]
भूकम्पका कारण माओवादी केन्द्रको जनपरिचालन कार्यक्रम स्थगित
नेकपा (माओवादी केन्द्र)ले पूर्वनिर्धारित जनपरिचालन कार्यक्रम स्थगित गरेको छ । काठमाडौँमा आगामी मंसिर २२ गते गर्न लागेको उक्त कार्यक्रम स्थगित गरिएको हो । पार्टीको आइतबारबसेको पदाधिकारी बैठकले जनपरिचालन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको महासचिव देव गुरुङले जानकारी दिएका हुन् । जाजरकोट भूकम्पका कारण देश प्राकृतिक प्रकोपको बिपत्तीसंग जुध्नुपरेकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको महासचिव गुरुङले […]
भूकम्प प्रभावितको खोजी, उद्धार र उपचारमा सम्पूर्ण संयन्त्र परिचालित
सरकारले भूकम्पबाट प्रभावितको खोजी, उद्धार र उपचारमा स्थानीय प्रशासनको नेतृत्वमा सम्पूर्ण संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै सबै सुरक्षा निकाय, सरकारी संयन्त्र र गैरसरकारी क्षेत्रलाई प्रभावितको उद्धार तथा राहतमा केन्द्रित गरिएको जानकारी दिए। जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्दु रहेको सो भूकम्पमा परी हालसम्म जाजरकोटमा एक सय पाँच […]
नेपाल टि-ट्वान्टी विश्वकप खेल्न छनोट, हेर्नुस स्कोरकार्ड
आईसीसी टि-ट्वान्टी विश्वकप छनोट एसिया फाइनल प्रतियोगिताको सेमीफाइनलमा युएईलाई पराजित गर्दै नेपाल २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टि-ट्वान्टी विश्वकप खेल्न छनोट भएको छ। हेर्नुस स्कोरकार्ड सन् २०१४ पछि नेपाल दोश्रो पटक टि-ट्वान्टी विश्वकप छनोट भएको हो। दुई वर्ष अघि ओमानमा आयोजित टि-ट्वान्टी विश्वकपको ग्लोबल छनोट अन्तर्गत सेमीफाइनलमा युएईसंग पराजित हुँदा टि-२० विश्वकप छनोट […]
सेनाले माग्यो २ सय २९ अधिकृत
नेपाली सेनाले २२९ जना अधिकृत क्याडेट पदमा भर्ना आव्हान गरेको छ । सेनाले शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै २२९ जना सहायक सेनानीका लागि आवेदन खुल्ला गरेको छ । जसमा खुल्ला १२२, महिला १७, जनजाति ३३, मधेसी २७, दलित १५, पिछडिएको क्षेत्रबाट ३ र सेनाका परिवारबाट १२ जनालाई छनौट गर्ने सूचनामा उल्लेख छ । सूचना हेर्नुहोला: […]











