हरिवन नगरपालिकामा क्षयरोगका शंकास्पद बिरामी पहिचान गर्ने कार्य शुरु

सर्लाहीको हरिवन नगरपालिकामा क्षयरोगका शंकास्पद बिरामी पहिचान गर्ने कार्य आज(सोमबार)बाट सुरु भएको छ । हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले बिरामीलाइ पुर्जा वितरण गरेर शिविरको उद्घाटन गरेका छन् । स्वास्थ्य कर्मीको टोलीले आज(सोमबार) नगरपालिकाका विभिन्न वडामा बिरामी चेक जाँच गर्ने र तत्कालै रिपोर्ट दिने गरि व्यवस्थापन गरिएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी […]

दरवार स्क्वायरमा दीप प्रज्वलन

human right bhaktapur

 भक्तपुर । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाल मानव अधिकार संगठन भक्तपुरको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । आइतवार साँझ दरवार स्क्वायरमा दीप प्रज्वलन गरिएको हो । ‘भविष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउदै लैजाऔं’ भन्ने मुल नाराका साथ दरवार स्क्वायरमा दीप प्रज्वलन गरिएको संगठनका अध्यक्ष राम कृष्ण मानन्धरले […]

खानेपानी समस्या समाधानमा संघ, प्रदेश र स्थानीय तहले साझा दायित्व लिनुपर्ने

खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको छ । खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयको पुनर्संरचनासम्बन्धी र मेलम्ची आयोजनाको दिगो समाधानका विषयमा पृष्ठपोषण संकलनको लागि काठमाडौं उपत्यकाका सांसद तथा नगर प्रमुखहरुबीच सिंहदरवारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै खानेपानी मन्त्री […]

सिडिओ छोडेर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन् । सोलुखुम्बु जिल्लाको सिडिओ रहेका उनी मन्त्रालय नै परिवर्तन गरी भक्तपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आएका हुन् । प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई एक कार्यक्रमका बीच नगर प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । उनको स्वागतमा आयोजित परिचयात्मक कार्यक्रमलाई […]

उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधवार बिहानै अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । प्रधानमन्त्री पछि अन्य भेटघाट भने बन्द गरिएको बताइएको छ । उपचारमा संलग्न चिकिसकको सल्लाहमा अन्य भेटघाट बन्द गराइएको मन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी गराएका छन् । […]

प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए गृहमन्त्री श्रेष्ठको स्वास्थ्यबारे जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार बिहानै अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या भएपछि मंगलवार साँझ उनलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारीमा भर्ना गरि उपचार भैरहेको छ । डा. अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेका छन् । मन्त्री […]

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

interpol

काठमाडौं, इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औं महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो । नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश […]

पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीको बसले ठक्कर दिँदा पत्नीको गयो ज्यान

काभ्रे । काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मोटरसाइकल पल्टदा पछाडी बाट आइरहेको बसले किचेपछि मोटरसाइकलमा सवार रहेकी काठमाडौको का.म.न.पा.११ की ६१ वर्षीया बिन्दा गिरीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जनाए अनुसार बिहीवार बिहान करिब १० बजेको समयमा सिन्धुली […]

भू–माफियाको चंगुलमा परेर सडकमा पुगेको भन्दै न्यायको लागि अवाले परिवारको अपिल

काठमाडौं । मिनभवनस्थित गणेश अवालेको झण्डै साढे १ अरब बराबरको घर–जग्गा भू–माफियाहरुकोे चंगुलमा परेसँगै अवाले परिवार सडकमा आएको छ । बिहिबार संवाद डबलीमा अवाले परिवारले पत्रकार सम्मेलन गरि अदालतले पनि भूमाफियाहरुकै पक्षमा फैसला गरेको आरोप लगाउँदै सामाजिक न्यायको निम्ति अपिलसमेत गरेको छ । न्यायको अन्तिम आशाको किरणकारुपमा रहेको सर्बोच्च अदालतले गत भदौ १५मा पीडित विरोधी […]

आफन्तको विवाहमा आएका मोहनको कुटपिटबाट मृत्यु

कैलालीको घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट गएराति मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लम्कीचुहा नगरपालिका-९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले कुटपिट गर्दा गम्भीर घाइते भई उपचारको लागि लालरत्न अस्पताल हुँदै टिकापुर […]