विश्वमा सबैभन्दा बढी काेराेना संक्रमित अमेरिकामा

काठमाडौं, १४ चैत । चीन र युरोपपछि कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् ।  अमेरिकाको जोन हकिन्स युनिभर्सिटीका अनुसार, हालसम्म अमेरिकाभर ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ । ५ लाख ५२ हजार मानिसमा गरिएको परीक्षणमा यतिधेरै संक्रमित भेटिएका हुन् । यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा १ […]

लकडाउनले ठप्प काठमाडौँ १४ ताजा फोटोमा अपडेट

काठमाडौँ, १४ चैत । कोरोना भाइरसको संक्रमण विश्वका १ सय ९० भन्दा बढी देशमा फैलिसकेको छ। कोरोना महामारीका कारण शुक्रबारसम्म ५ लाख ३३ हजार २१ जना बिरामी परेका छन्। काेराेना भाइरसका कारण २४ हजार ९६ जनाको मृत्यु भइसकेको छ। १ लाख २४ हजार ३८८ जना भने उपचारपछि स्वस्थ बनेका छन्। पछिल्लो समय कोरोनाले विकराल अवस्था […]

विद्यार्थीलाई भर्चुअल शिक्षामा प्रेरित गरिँदै

लामो समय घरमा रहेका बेला बालबालिकाको सिकाइलाई सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकाय र विभिन्न संस्थाले विद्युतीय पठन सामग्रीतर्फ प्रेरित गरेका छन् । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ बाट बच्न नेपालमा पनि ‘लकडाउन’ जारी भएको अवस्थामा शैक्षिक संस्था स्वतः बन्द भएकाले विद्यार्थीलाई आफ्नो कक्षा र रुचिअनुसार घरमै बसेर पढ्न मिल्ने भर्चुअल सामग्री सिफारिस […]

कोरोनाभाइरस सम्पूर्ण मानवजातिका निम्ति खतरा: राष्ट्रसङ्घ

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लाग्नुपर्ने बताएका छन्। उनले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताए। आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसङ्घले दुई अर्ब डलर कोषको घोषणा गरेको छ। महासचिवले भने, ‘यदि यो महामारीलाई विकसित मुलुकहरूमा नियन्त्रण गरिन्छ तर यदि […]

भारतमा लकडाउनमा बसेका गरिबका लागि २२ अर्ब डलरको राहत कार्यक्रम

एजेन्सी ।  कोरोनाभाइरस महामारीको आर्थिक असरसँग जुझ्न भारतमा २२ अर्ब डलरको एउटा आर्थिक प्याकेज घोषणा गरिएको छ। त्यस्तो प्याकेजले त्यहाँका गरिबहरूलाई सघाउने बताइएको छ । भारतकी अर्थमन्त्री निर्मला सीतारमण आफूहरूले कोही पनि भोको र बेखर्ची भएको देख्न नचाहेको बताइन्। उक्त प्याकेजमा नि: शुल्क खाना र आर्थिक सहायता समेटिएको छ। त्यो ‘तत्काल आवश्यकतामा रहेकाहरूलाई’ दिइने अर्थमन्त्री […]

चीनतर्फको नाका खुलाउने सरकारको निर्णय

काठमाडौं, १२ चैत । सरकारले चीनतर्फको नाका खुलाउने निर्णय गरेको छ। माघ १५ देखि बन्द भएका नाका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने उद्धेश्यले खुलाउने भएको हो। उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले आयात निर्यातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयले तयार […]

गगन थापाले प्रधानमन्त्री ओलीलाई पठाए यस्तो पत्र

प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री समेत रहेका नेपाली काँग्रेसका युवा नेता एवं सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । उनले काठमाडौ‌ँ बाहिर पनि कोरोना परीक्षण शुरू गरिहाल्न अनुरोध गरेका छन् ।प्रधानमन्त्रीले काेराेना संक्रमण विरुद्धको शुरु गरेको लडाइँमा आफूपनि हरपल साथमा रहेको उद्घोष गर्दै उनले भनेका पत्रमा लेखेका छन्, ”हामी जे गरिरहेका […]

११३७ मा फोन गर्नुस्, खाद्यान्न आउँछ

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ गरेको छ । लकडाउनको आज दोस्रो दिन । नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन सरकार प्रयत्नशील रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन्। मन्त्री, सचिव, सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय एवं निजी क्षेत्रसँग नियमित फोन संवाद गर्ने, आवश्यक सहयोग गर्ने र सहज तरिकाले अत्यावश्यक […]

लकडाउनलाई बालबालिकाको सिकाइसंग जोड्न शिक्षाकर्मी पराजुलीका ११ टिप्स

विश्वब्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरस संक्रमण(कोभिड १९) बाट बच्न नेपाल सरकारले सबैलाई घरमै बस्न आह्वान गर्दै लक् डाउनको घोषणा गरेको छ । मंगलवारदेखि शुरु भएको लक् डाउन एक हप्ता रहनेछ । तर, समय प्रतिकूल भएमा यो समयावधि बढ्ने सम्भावना पनि उत्तिकै छ । यस्तोमा एकातिर कोरोनाको सन्त्रास र अर्कोतिर बाहिर निस्कन नहुने अवस्था […]

पाल्पामा निषेधाज्ञा जारी

पाल्पा ।  सरकारले गरेको लकडाउन अवज्ञा हुन थालेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेको छ कोरना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम गर्न लकडाउनको अवज्ञा गरेपछि जिल्ला प्रशासन कार्यालयले मङ्लगलबार दिउँसो ३ बजेदेखि चैत १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी […]