उडिरहेकै बेला पाइलटले अर्कै गन्ध पाएपछि स्वास्थ्य उपकरण लिएर गएको सेनाको स्काई ट्रक बीचमै फर्कियो

काठमाडौं, १६ चैत । कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्‍याई फर्किएको छ । मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान उडेको थियो । तर, बीचबाटो बाटै फर्किएको नेपाली सेनाका एक उच्च अधिकारीले जानकारी दिए […]

कोरोनाका कारण २ लाख अमेरिकीको मृत्यु हुने चेतावनीपछि ट्रम्प हैरान

काठमाडाै‌ं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि अपनाइएका निषेधात्मक उपायहरु कम्तिमा अप्रिल ३० सम्म लम्बिन सक्ने बताएका छन् । सामाजिक दूरीसहितका निषेधात्मक नियमहरु अमेरिकाभर बढाउने बारे तयारी भएको उनले उल्लेख गरेका हुन् । राष्ट्रपति ट्रम्पले आइतबार भनेका छन्, ‘अबको दुई हप्तामा कोरोना भाइरसका कारण उच्चदरमा मृत्यु हुने सम्भावना छ । […]

कोरोनाले विदेशी मदिरा आयातमा रोक

काठमाडौँ । सरकारले कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्र संकटमा परेको निष्कर्ष निकाल्दै मदिरा आयातमा रोक लगाएको छ। आइतबार साँझ प्रधानमन्त्री निवासमा बसेको मन्त्रिरिषद् बैठकले अर्को व्यवस्था नभएसम्म मदिरा आयातमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। छोकडा, सुपारी आयातमा पनि नियन्त्रण गर्ने निर्णय भएको छ। त्यस्तै सरकारले ५० हजार डलरभन्दा बढी मूल्यका […]

किमम फाउण्डेशनद्वारा विपन्न परिवारलाई राहत

कपिलवस्तु  । ‘लकडाउन’को चपेटामा परेका कपिलवस्तुका करीब ४सय गरीब घरपरिवारलाई राहत वितरण गरिएको छ । किमम फाउण्डेशन नेपालले दयनीय जीवन विताइरहेका विपन्न घरपरिवारलाई राहत वितरण गरेको हो । कृष्णनगर नगरपालिकाको करीब ४ सय गरीब घरपरिवारलाई झण्डै साढे ४ लाख बरारबरको राहत सामग्री वितरण गरिएको किमम फाउण्डेशन नेपाल कपिलवस्तुका अध्यक्ष शैख अब्दुल कयूम मदनीले जानकारी दिए […]

कपिलवस्तुमा ८५ जना क्वारेन्टाइनमा

कपिलवस्तु ।कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण रोकथामका लागि कपिलवस्तु जिल्लामा ८५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । रा्ेजगारीका लागि भारत र खाडी लगायत मुलुकबाट फर्केकाहरु क्वारेन्टाइनमा राखी पालिका र प्रहरीको बिशेष निगरानी बढाइएको हो । जिल्लाका १० वटै पालिकामा आइतबारसम्म २सय ४२ क्वारेन्टाइन र ८ वटा आइसोलेशन बेड स्थापना गरिएका छन् । जिल्लाभर स्थापना गरिएका क्वारेनटाइनमा हालसम्म […]

विपन्न परिवारका साथमा सहयोगी हात

कपिलवस्तु । दैनिक मजदूरी गरी छाक टार्दै आएका १२ विपन्न परिवारलाई सहयोगी हातहरुद्वारा राहत सामग्री वितरण गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएका कोभिड–१९ (कोरोना भाइरस) का कारण गरिएको ‘लकडाउन’ मा छाक टार्न धौ धौ अति विपन्न, गरीब १२ परिवारलाई राहत वितरण गरिएको हो । कपिलवस्तु शिवराज नगरपालिका–५, चन्द्रौटाका युवा व्यवसायीहरुले संयुक्त रुपमा शिवराज ५ […]

लकडाउन चैत २५ सम्म लम्बियो

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को  बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । १० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।  यो […]

दाहसंस्कारमा पनि बार्गेनिङ, गुहारको दौडधुपले पीडामाथि थप्यो पीडा, छैन मानवता

काठमाडौँ । कोरोनाले राष्ट्रपतिदेखि सर्वसाधारणसम्म, करोडपतिदेखि सुकुम्बासीसम्मलाई विना भेदभाव ‘नजरबन्द’मा राखेको छ । तर, पशुपति आर्यघाटमा भने अन्त्येष्टिमा पनि धनी र गरिब छुट्याइन्छ, अझ सरकारले तोकेको रेट तिर्न नसक्ने गरिबलाई दाहसंस्कार गर्ने छुट पनि छैन । सहरमा सन्नाटा छ, राष्ट्रपतिदेखि सर्वसाधारण, करोडपतिदेखि सुकुम्बासी कोरोनाको ‘नजरबन्द’मा छन् । मान्छेले घुम्न छाडे, काम गर्न छाडे, कतिपयले भोकै पनि […]

एकाबिहानै राजधानीमा २ सय पक्राउ, लकडाउन उल्लंघन गर्नेहरुमाथि कडा बन्दै प्रहरी

काठमाडौ‌ । आइतबार बिहानै राजधानीका विभिन्न ठाउँबाट प्रहरीले दुई सय बढीलाई पक्राउ गरेको छ । कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले गरेको लकडाउनको उल्लघंन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा १५५ जना पुरुष र ५५ महिला रहेको नेपाल प्रहरीले जनाएको छ । आइतबार बिहानै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । […]

चीन सरकारले दिएका स्वास्थ्य सामाग्री बोकेर नेपाल आइपुग्यो चिनियाँ विमान

काठमाडौं, १६ चैत । चीनको सिचुवान प्रान्त सरकार र सिचुवान लगानी समूहले नेपाललाई दान दिएका स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान काठमाडौं प्रस्थान गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान ग्वाङ्झाओबाट नेपाल प्रस्थान गरिसकेको र छिट्टै आइपुग्ने जानकारी दिएकी छन् ।’ राजदूत यान्छीले नेपाल ल्याउन […]