चार जना चिकित्सिकमा कोरोना संक्रमण भेटिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्द

घोराही, ६ असार । चार जना चिकित्सिक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अाकस्मिक बाहेक सबै सेवा बन्द भएकाे छ । अस्पताल परिसरलाई निसंक्रमण गर्नु पर्ने भएकाले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए । अस्पताल बन्दा हुँदा बिरामी तथा […]

चीनद्वारा १० भारतीय सैनिक कब्जामुक्त

चीनले गलवानको भिडन्तमा कब्जामा लिएका १० भारतीय सैनिकलाई बिहीवार बेलुकी मुक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।सैन्य स्रोतलाई उद्धृत गर्दै द हिन्दु पत्रिकाले मुक्त गरिएकामध्ये एक लेफ्टीनेन्ट कर्णेल र तीन जना मेजर रहेको बताएको छ। भारत सरकारले यो खबरको पुष्टि गरेको छैन र भारतीय सैनिकहरू हराइरहेको भन्ने पनि पुष्टि गरेको छैन।गलवान उपत्यकामा भएको भिडन्तमा २० भारतीय […]

फेसबुकले किन हटायो अमेरिकी राष्ट्रपति ट्रम्पको विज्ञापन ?

अपमानजनक चिन्ह प्रयोग गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित एउटा विज्ञापनलाई हटाइदिएको छ। फेसबुकका अनुसार उक्त विज्ञापनमा उल्टो रातो त्रिकोण प्रयोग गरिएको छ जुन जर्मनीमा नाजीहरूले कम्युनिस्ट लगायतका आफ्ना विपक्षीहरूको वर्णन गर्न प्रयोग गर्थे। ट्रम्पको चुनावी अभियानको व्यवस्थापन गरिरहेको समूहले भने उक्त विज्ञापन उग्रवामपन्थी समूह एन्टिफातर्फ लक्षित गरिएको बताएको […]

४२६ नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या ८ हजार २ सय ७४ पुग्यो

काठमाडौं । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । संक्रमितमध्ये ७०७ महिला र ७ हजार ५६७ पुरुष रहेका छन् । संक्रमित जिल्ला ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् […]

सिटिइभिटिको उपाध्यक्षमा अधिकारी नियुक्त

काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटि)को उपाध्यक्षमा खगेन्द्रप्रसाद अधिकारीलाई नियुक्ति गरेको छ । झापा स्थायी घर भएका अधिकारी निजी प्राविधिक शिक्षालयका सञ्चालक हुन् । अधिकारी निजी प्राविधिक शिक्षालयहरुको छाता संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्सका निवर्तमान अध्यक्षसमेत हुन् । असार २ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई मनोनयन गरेको सरकारका प्रवक्ता […]

उपत्यकाका ६ सहित थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७८४८ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घन्टामा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितको हालसम्मकै यो उच्च संख्या हो । मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले नयाँ संक्रमितसँगै कूल संख्या ७ हजार ८४८ पुगेको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा […]

युभेन्टसलाई हराउँदै नापोलीले हात पार्यो कोपा इटालियाको उपाधि

एजेन्सी । युभेन्टसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नापोलीले कोपा इटालियाको उपाधि जितेको छ। बुधबार फाइनल खेलको निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल नभएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । घरेलु टोली नापोलीले टाइब्रेकरमा ४–२ को जित निकालेको हो । पछिल्लो ६ सिजनमा नापोलीले पहिलोपटक प्रमुख उपाधि जितेको हो । युभेन्टसका पाउलो डिबालको पेनाल्टी नापोलीका गोलरक्षकले जोगाए […]

छाङरुमा सशस्त्रको गुल्म, खलंगामा गण राखिने

काठमाडौं, ३ असार । लिम्पियाधुरा, लिपुलेक कालापानीका बारेमा भारतसँग विवाद बढेसँगै दार्चुला जिल्लाको सदरमुकाम खलंगामा सशस्त्र प्रहरीकाे संख्या बढाइने भएकाे छ । साथै कालापानी नजिककाे क्षेत्र छाङरुमा पनि एक गुल्मकाे संरचना राखिने भएकाे छ । सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले सदरमुकाम खलंगामा गण र छाङरुमा गुल्म स्थापना गरिने जानकारी गराएका छन्। अाजै सशस्त्र प्रहरीका […]

एकै दिन ५८६ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित पुगे ७१७७

काठमाडौं, ३ असार । नेपालमा काेराेना संक्रमितकाे संख्या सात हजार १ सय ७७ पुगेकाे छ । त्यसमध्ये ५८६ जना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका हुन् । संक्रमितमध्ये अहिलेसम्म २० जनाको मृत्यु भएको छ भने एक हजार १ सय ६७ जना निकाे भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको बैजनापुर–६ की ४६ वर्षीया […]

लद्दाखमा ३४ भारतीय सैनिक बेपत्ता, ३ को मृत्यु

काठमाडौं, २ असार । चिनियाँ सेनासँग पूर्वी लद्दाख क्षेत्रमा गए राति भएको झडपपछि ३४ भारतीय सैनिक बेपत्ता भएका छन्। भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले समाचार प्रकाशित गरेको छ। भारतीय अधिकारीहरुले बेपत्ता रहेका सैनिकहरु मृत्यु भएकाे हुनसक्ने वा चिनियाँ सेनाको नियन्त्रण परेको हुनसक्ने बताएका छन्। तर, भारतले यस विषयमा अहिलेसम्म औपचारिक रुपमा […]