काठमाडौं । नेपाल पत्रकार महासंघकाे एसाेसिएट संस्था नेपाल पत्रकार मञ्चको अध्यक्षमा युवराज विद्रोही निर्वाचित भएका छन् ।
यस अघि अध्यक्ष भैसकेका विद्रोही साताैं महाधिवेशनबाट पुनः अध्यक्षमा आएका हुन् । उनी नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाडौको दुई कार्यकाल अध्यक्ष समेत रहीसकेका कृयाशिल पत्रकारको रुपमा परिचित छन् ।
विद्रोहीको नेतृत्वमा उपाध्यक्षमा बिमल थापा, महासचिवमा राजु भण्डारी, सचिवमा क्रमश: प्रितमसागर कर्माचार्य, सन्तोष मिश्र र कमला नेपाल तथा कोषाध्यक्षमा गीता थापा निर्वाचित भएका छन्।
साथै, सदस्यहरूमा प्रज्वल थापा, जितेन्द्र श्रेष्ठ (जेन), श्यामबाबु आचार्य, टंककला तिमल्सिना, सुशीला गौतम, अञ्जु श्रेष्ठ, लक्ष्मी भट्ट, केशव बस्नेत, केशवराज पौडेल मिलन थापा निर्वाचित भएका बताइएको छ ।