जनकपुरधाम । संघीय खानेपानी मन्त्री प्रदीप यादवको सचिवालयले मन्त्रालय अन्तर्गतका संघीय कार्यालयहरुमा दबाब सिर्जना गरी आतंक मच्चाएका छन् ।
मन्त्री यादवाका पिएदेखि उनी निकटका कार्यकर्ताहरुले संघीय कार्यालयहरुमा योजनाको चिठ्ठीका लागि मातहतका कार्यालय प्रमुखहरुलाई दवाव दिएर आतंक मच्चाउन थालेका हुन् ।
खानेपानी मन्त्री यादवका एजेन्टहरुले कार्यालय प्रमुखहरूलाई दवाव दिई योजना दिलाएर ठूलो कमिसन समेत उठाउने गरेको खुलेको छ ।
यसरी कमिसन उठाउने मध्येका एक हुन् एजाज बाबु । उनले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामबाट करिव २० करोडको योजना लिएर १० प्रतिशत कमिसन लिएर बेच्ने गरेको भेटिएको छ । उनले धनुषा, महोत्तरी, सिरहा जिल्लाका विभिन्न ११ वटा योजना लिएर १० प्रतिशत कमिसन लिएको खुलेपछि ती कार्यालयका कार्यालय प्रमुखलाई अहिले सरुवा गर्न थालिएको छ ।