काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली र बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, कर्णाली र […]
मुख्य समाचार
खाइजूको असाधारण भोगाइ समेटिएको ‘यमलोक यात्रा’ माथि शनिबार परिचर्चा
भक्तपुर । जनयुद्धका कठिन दिनहरू र व्यक्तिगत जीवनका असाधारण भोगाइलाई समेटिएको लेखक श्रीराम खाइजूको संस्मरणात्मक कृति ‘यमलोक यात्रा’ माथि परिचर्चा हुने भएको छ । लेखक खाइजूको यमलोक यात्रामाथि शनिबार बिहान ११ बजे सूर्यविनायकस्थित नेपाल प्रेस सोसाइटीको सभाहलमा परिचर्चा हुने भएको हो । लोमश वाङ्मय प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा वरिष्ठ अधिवक्ता एवं मानव अधिकारकर्मी एकराज […]
पाकिस्तानका बौद्ध सम्पदाहरु काठमाडौंमा सार्वजनिक
काठमाडौं । पाकिस्तानको सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि पाकिस्तानस्थित बौद्ध सम्पदाहरुको विषयमा नेपाली भाषामा लेखिएको पुस्तक ‘पाकिस्तानका बौद्ध सम्पदाहरु’ को विमोचन समारोह आज काठमाडौंस्थित पाकिस्तान राजदूतावासको आयोजनामा सम्पन्न भएको छ । उक्त पुस्तकका लेखक ओमचरण अमात्य हुन् । आमात्य बौद्ध दर्शनमा रुची राख्ने सम्पदाविद पनि हुन् । भक्तपुर निवासी अमात्य अन्तरास्ट्रिय सम्बन्धका विषयमा पनि कलम चलाउँछन् […]
बाढीले नेपाल–चीन आपूर्ति प्रणालीमा पूर्ण अवरोध : चेम्बर
काठमाडौं । नेपाल–चीन सिमानामा रहेको प्रमुख नाका रसुवागढीको टिमुरे क्षेत्र भएर गत मंगलबार आएको भिषण बर्षाले मानवीय र भौतिक रुपमा ठूलो क्षति बेहोर्नुपरेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । भारी वर्षासगै आएको बाढीले नेपाल–चीन मैत्री पुल पूर्ण रूपमा बगाएको र रसुवागढी नाकाबाट चीनस“ग हुने व्यापारको मुख्य नाका बन्द हु“दा व्यवसायीहरु मर्कामा परेको चेम्बरले उल्लेख […]
काठमाडौँका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश
काठमाडौँ । ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा मुद्दा दायर भएका काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई पुर्पक्षका लागि २५ हजार छाड्न विशेष अदालतले आदेश गरेको छ । बुधबार परियार सहित निर्देशक वसन्त आचार्य र नमराज ढकाललाई ५०/५० हजार रुपैयाँ धरौटी तिराइ पुर्पक्षमा छाड्न समेत अदालतले आदेश गरेकाे छ । बुधबार बिहान परियार, […]
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई सरकारले २ लाख दिने
काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ मा स्थित रसुवागढीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई सरकारले क्षतिपूर्ति दिने निर्णय गरेको छ । मृतकका परिवारलाई जनही २ लाखको दरले नगद दिने निर्णय गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको प्राधिकरणको १४ औँ राष्ट्रिय […]
पत्रकार दिवाकरको पक्षमा उभियो पत्रकार महासंघ
जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले एचटीपी खबरका पत्रकार दिवाकर साहमाथि भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गत असार २३ गते राति अनुचित गतिविधि भइरहेको सूचना पाएपछि पत्रकार साह पूर्वाधार विकास कार्यालय महोत्तरी पुगेका थिए। समाचार संकलनका क्रममा त्यहाँ उपस्थित केही व्यक्तिहरुले पत्रकार साहसँग दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। महासंघको […]
बाढीले उपल्लो मुस्ताङमा ६ वटा पुलमा क्षति, स्थानीयलाई सुरक्षित स्थानमा सारियो
मुस्ताङ । उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो । बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधीन अर्को एक गरी दुई वटा पक्की मोटरेबल […]
नेपाली कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित दाहाल रास्वपा प्रवेश
ललितपुर । नेपाली कांग्रेसजस्तो पुरानो र स्थापित राजनीतिक दलको सदस्यतासहित निर्वाचित वडा सदस्य पद समेत परित्याग गर्दै युवा नेता रोम प्रसाद दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनीसँगै अरु दर्जनौं युवाहरू पनि रास्वपामा आवद्ध भएका छन्। दाहाल ललितपुरको बागमती गाउँपालिका-४ का निर्वाचित जनप्रतिनिधि हुन् । उनले गाउँपलिका अध्यक्षलाई पत्र लेख्दै पदबाट राजीनामा […]
काभ्रेमा स्कूल बस र मोटरसाइकल ठोक्किदाँ गयो दुईजनाको ज्यान
काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–२, सेल्फी डाँडा नजिकै बिपी राजमार्गमा स्कूल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । दुर्घटना आज मंगलबार साँझ करिब साढे ७ बजे भएको हो। नमोबुद्धबाट भकुण्डेबेशीतर्फ जाँदै गरेको सगुन विद्या मन्दिरको विद्यार्थी बोकेको बा.४ ख ७१ नम्बरको स्कुल बस र विपरित दिशाबाट आइरहेको बा.७१ प ६८८० नम्बरको […]











