८ दिनपछि सुनको मूल्य निर्धारण, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो। जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो मूल्य निर्धारण भएको असार १९ गतेको दिन भने […]

यी हुन् बहुप्रतिक्षित दश हिन्दी फिल्म

मुम्बई । आइएमडिबीले शीर्ष १० सबैभन्दा प्रतिक्षामा रहेका भारतीय चलचित्रहरूको सूची  सार्बजनिक गरेको छ ।  जसअनुसार विभिन्न भारतीय भाषाका चलचित्रहरू समावेश रहेका छन्, जसमा हिन्दी चलचित्र उद्योग ७ वटा र त्यसपछि तेलुगु, तमिल र मलायालम उद्योगहरूबाट एक–एक चलचित्र रहेका छन्। जो निम्न लिखित रहेका छन् । १. कुली (तमिल) : लोकेश कनागराजद्वारा निर्देशित तथा नागार्जुन, श्रुति […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा खादा, माला र परिचय खुल्ने पोसाक लगाउन रोक

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ। अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक हुने भएकाले यस्ता सामग्री प्रयोगमा रोक लगाइएको जनाएको हो । यो नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूका लागि लागू हुने कार्यालयले जनाएको छ […]

आज देशका यी जिल्लामा छ आकस्मिक बाढीको जोखिम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। शुक्रबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भाग साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित […]

आज माओवादीसहित १२ दलले प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको नेतृत्वमा १२ वटा बामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित संसद बाहिर रहेका साना बामपन्थी दल र संगठनहरूले काठमाडौंमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १ः०० बजे शान्तिवाटिक, रत्नपार्कमा हुनेछ । […]

एसईईमा चार जिपिए ल्याउने भक्तपुरका तीस विद्यार्थीलाई सम्मान

SEE Bhaktapur

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपिए ल्याउने भक्तपुरका ३० विद्यार्थी र १९ विद्यालयलाई सम्मान गरिएको छ । विहीबार एक कार्यक्रमकाबीच उनीहरु सम्मानित भएका हुन् । नेपाल प्रेस सोसाइटी भक्तपुरले आफ्नो वार्षिकोत्सवका अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेकपा एमालेका जिल्ला अध्यक्ष […]

सरकारी रकम भुक्तानीमा भद्रगोल, एकैदिन ३८ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी

काठमाडौ । सरकारी खर्च गर्न पाइने अन्तिम दिन असार २५ गते सरकारले ३८ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी भएको छ । महालेखा नियन्त्रकको कार्यालयअनुसार पुँजीगततर्फ २१ अर्ब ७३ लाख, चालुतर्फ १४ अर्ब ९३ करोड र वित्तीय व्यवस्थातर्फ एक अर्ब ९४ करोड रुपैयाँ भुक्तानी भएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा […]

७ अस्पताललाई बागमतीको स्वास्थ्य मन्त्रालयले उपलब्ध गरायो एनेस्थेसिया वर्क स्टेसन

हेटौंडा । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ७ वटा आफ्ना प्रादेशिक अस्पताललाई एनेस्थेसिया वर्क स्टेसन उपलब्ध गराएको छ । भक्तपुर अस्पताललाई दुई थान र अन्य बज्रबाराही अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, रत्ननगर बकुलहर अस्पताल, चौतारा अस्पताल, पशुपति चैलागाई अस्पताल दोलखा र धादिङ अस्पताललाई एक-एक वटा एनेस्थेसिया वर्क स्टेसन उपलब्ध गराइएको स्वास्थ्य सचिव डा सुमित्रा गौतमले जानकारी […]

कांग्रेसमा कार्वाहीपछि कोइराला समूहका यस्तो निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका नेताहरूको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही प्रतिशोधपुर्ण भएको निष्कर्ष निकालेको छ । बिशालनगरस्थित कोइराला समुहको सम्पर्क कार्यालयमा आज बिहान बसेको आकस्मिक बैठकले सो निष्कर्ष निकालेको सांसद राजेन्द्र बजगाईंले जानकारी दिएका छन् । उनका अनुसार पार्टीको अनुशासन आयोगका नाममा कोइराला निकटका नेताहरूमाथी गरिएको कारबाही वैधानिक नभएको निष्कर्ष […]

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठुलो गुन […]