काठमाडौं । नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीको देशव्यापी शैक्षिक हडतालका कारण शुक्रबार शैक्षिक संस्था बन्द भएका छन्। काठमाडौं उपत्यकाका विद्यालयले विशेष कारण भन्दै विद्यालयमा बिदा दिएका छन् भने काठमाडौँ बाहिरका विद्यालयहरु पनि बन्द छन्। काठमाडौंका कतिपय निजी विद्यालयहरु विहीबार बेलुका अभिभावकहरुलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए । केहीले भने आन्तरिक परीक्षा सन्चालन गरिरहेकाले […]
मुख्य समाचार
एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच एकीकरण घोषणा आज
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियानबिच आज एकीकरणको घोषणा हुने भएको छ । गत शुक्रबार अभियानका संयोजक वामदेव गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच सहमति भएबमोजिम आज एकता घोषणा हुन लागेको हो । गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ नेता दिने सहमति भएको छ । हाल एकीकृत […]
आजको मौसम : यी चार प्रदेशमा छ भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा […]
श्रमिकको न्यूनतम पारिश्रमिक तोकियो
काठमाडौ । नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १९ हजार ५ सय ५० रूपैयाँ तोकिएको छ । नेपाल सरकार, रोजगारदाता तथा श्रमिक संघ संगठनबीच न्यूनतम पारिश्रमिक निर्धारणमा त्रिपक्षीय सहमति जुटेको हो । सहमतिअनुसार आज साउन १ देखि नै लागू हुनेगरी न्यूनतम मासिक पारिश्रमिक १९ हजार ५ सय ५० रूपैयाँ निर्धारण भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री […]
श्रम र उत्पादनमा वाइसिएल अभियान शुरु, प्रचण्डको यस्तो निर्देशन
ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बालकुमारीस्थित सुनाकोठी चौरमा आयोजित कार्यक्रममा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ उद्घाटन गरेका छन्। कार्यक्रममा प्रचण्डले युवासँगै इँटा बोक्ने, घाँस काट्ने, वृक्षारोपण गर्ने र चौर सफा गर्ने काममा सहभागी हुँदै अभियानको बिहीबार औपचारिक उद्घाटन गरे। अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यो अभियान माओवादीको […]
ट्रकमा करेन्ट लाग्दा सहचालकको निधन
सर्लाही । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिकै रहेको न्यू माँ राजदेवी खाद्य उद्योग परिसर भित्र विद्युतीय करेन्ट लागेर ट्रकका सहचालकको ज्यान गएको छ भने चालकसहित तीनजना घाइते भएका छन्। बिहीबार बिहान अन्दाजी पौने ७ बजेको समयमा रौतहटबाट धानको भुस लिन आएको ना.६ ख ७५५० नम्बरको ट्रकमा त्रिपाल हटाउने क्रममा माथिबाट गएको ११ हजार […]
आजदेखि सुरु भयो नयाँ आर्थिक वर्ष २०८२/८३
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । सरकारले १५ जेठमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । यसमध्ये चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड, पुजिगत चार खर्ब ८० अर्ब र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर्ब विनियोजन गरिएको छ ।सरकारले ल्याएका नयाँ करका […]
बंगलादेशमा हिंसात्मक प्रदर्शन, गोली लागेर ४ जनाको मृत्यु, ९ घाइते
काठमाडौं । बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा गरिएको र्यालीका क्रममा हिंसा भड्किएको छ। हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। गोपालगञ्ज बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला हो। बंगलादेशको समाचार संस्था ‘प्रोथोम आलो’का अनुसार, एनसीपीको र्यालीका क्रममा शेख हसिनाको पार्टी […]
सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’ बनाइने
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा कुलसचिव प्रा माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकाससम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आय–व्ययको बजेट पारित भएको हो । […]
विधान महाधिवेशनबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विविध विषयहरूमा व्यापक छलफल र निर्णयहरू हुनेछन् । बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्तावका खाकाहरू प्रस्तुत गर्ने छन् […]











