सम्पदा संरक्षणमा मिडिया र स्थानीय संघसंस्थाको भूमिका महत्वपूर्ण : सांसद केसी

काठमाडौ । प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले स्थानीय संस्कृति, कला, तथा सम्पदाको संरक्षणमा मिडिया र स्थानीय संघसंस्थाको भूमिकालाई महत्वपूर्ण बताएका छन्। शुक्रबार मिसन मिडिया क्लबले राजधानीमा आयोजना गरेको एक छलफल कार्यक्रममा उनले सोकुरा बताएका हुन् । नेपाली कांग्रेसका नेता समेत रहेका सांसद केसीले नेपालको मौलिक सम्पदा, विविध संस्कृति, र रीतिरिवाजले बहुआयामिक विशेषता बोकेको बताउँदै यसको […]

नारायणहिटी आसपास धर्ना, जुलुस, सभा र विरोध कार्यक्रम निषेध

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नारायणहिटी दरबार संग्रहालय क्षेत्र आसपासमा धर्ना, जुलुस, सभा तथा विरोध कार्यक्रम निषेध गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक जादेश जारी गर्दै शनिबार बाटै निषेध गरेका हुन् । ” जेठ १७ गतेदेखि २४ गतेसम्मको लागि पाँच जनाभन्दा बढी भेला भई कुनै पनि किसिमको प्रदर्शन, नारा जुलुस, सभा तथा […]

महिनावारी सचेतनाका लागि उपत्यकामा साइकल यात्रा

भक्तपुर । “महिनावारी मैत्री विश्वव्यापी हातेमालो” नाराका साथ  काठमाडौं, भक्तपुर र ललितपुर तीनै शहरमा ३ सय ९२ जना साइकल सचेतनामूलक साइकल यात्रा गरेका छन्। एक्सपोज नेपालको आयोजनामा भएको र्‍यालीमा ३ सय ५२ जना महिलासहितका साइकल यात्रीको सहभागिता रहेको थियो। बसन्तपुर र भक्तपुर दरबार क्षेत्रबाट सुरु भएको यो र्‍याली ललितपुरको मंगलबजारमा पुगेर समापन भयो। साइकल यात्रा […]

भक्तपुरमा भेटिए नक्कली सेनाका मेजर र प्रहरीका डिएसपी

भक्तपुर । नेपालमा पनि नटवरलालहरुको कमी छैन । हुँदै नभएको पद हो भन्दै ठगी गर्ने प्रवित्ति पुरानै हो । भक्तपुर यस्तै दुई ब्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । आफूलाई नेपाली सेनाको ‘मेजर’ र ‘डिएसपी’ बताउँदै सर्वसाधारणलाई धम्की दिने दुई व्यक्ति भक्तपुर प्रहरीको फन्दामा परेका छन्। पहिलो घटना भक्तपुरको ब्यासीमा भएको हो। रामेछाप मन्थली नगरपालिका–७ का […]

मिर्गौला रोगीको प्रेरणा बनेका पेम्बालाई प्रत्यारोपण केन्द्रको सम्मान

भक्तपुर । सोलुखुम्बु जिल्लाका ३७ वर्षिय पेम्बा शेर्पाले मिर्गौला प्रत्यारोपणपछि संसारकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । मिर्गौला प्रत्यारोपणपछि सर्वोच्च शिखरमा पाइला टेक्ने उनी विश्वकै पहिलो व्यक्ति बनेका हुन्। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पेम्बाको यो ऐतिहासिक उपलब्धिलाई विशेष सम्मान प्रदान गरेको छ। शुक्रबार केन्द्रमा आयोजित कार्यक्रममा उनलाई […]

११ डिआइजीको सरुवा, हेर्नुस् को कहाँ

काठमाडौं – हालसालै बढुवा भएका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा तथा व्यवस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले शुक्रबार हालै बढुवा भएका डिआइजीहरूको सरुवा गरेको हो। सरुव अनुसार सुदर्शन कोइराला विशेष ब्युरोमा पदस्थापन भएका छन्। विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ। यस्तै, दीपेन्द्र जिसी क्षेत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

आइतबार सार्वजनिक विदा

सरकारले आइतबार काठमाडौ उपत्यकामा सार्वजनिक बिदा घोषणा गरेको छ । आइतबार  मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले सार्वजनिक बिदा घोषणा गरिएको हो ।  काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौ, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता  रामचन्द्र तिवारीले पुष्टि  गरेका छन् । सार्वजनिक बिदा दिने निर्णय गरेको छ। “जेठ १८ गते आइतबार मछिन्द्रनाथको जात्रा […]

बागमती प्रदेशका प्रत्येक स्थानीय तहमा एक नमूना स्वास्थ्य संस्था बनाइने, हेर्नुस् नीति तथा कार्यक्रम

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभामा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा मुख्यतः कृषि, पर्यटन, रोजगार प्रवर्द्धन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार बिकासमा जोड दिइएको छ । प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रमले आम नागरिकलाई […]

भक्तपुरमा शहीद र बेपत्ता परिवारसंग माओवादीको गणतन्त्र दिवस,प्रजिअ पूर्वाग्रही भएको आरोप

भक्तपुर । गणतन्त्र ल्याउने लडाईमा आफ्ना एक दर्जन नेताकार्यकर्ता गुमाएको नेकपा (माओवादी केन्द्र) भक्तपुरले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको छ । माओवादीले यसलाई उत्सव र संस्मरण दुवै स्वरुपमा मनाएको हो । माओवादी केन्द्रको भक्तपुर नगर समितिले शहीद र बेपता परिवारसंग बेदना साटेर गणतन्त्र दिवस मनाएको नगर अध्यक्ष राकेश सुवालले जनाएका छन् । बिहीवार उनीहरु […]

बढेन कर्मचारीको तलब, महँगी भत्तामा भने वृद्धि

काठमाडौ । सरकारले आगामी आर्थिक वर्षका लागि पनि रास्ट्रसेवक कर्मचारीको तलब यथावत राखेको छ ।  सदनमा १९ खर्ब बढीको बजेट सार्वजनिक गरिरहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको चापका कारण राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि सम्भव नभएको बताएका छन्। बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले राष्ट्रसेवकको तलब […]