काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई ‘इलेक्ट्रोनिक निगरानी उपकरण’ लगाउन त्यहाँको सर्वोच्च अदालतको आदेश दिएको छ । इलेक्ट्रोनिक निगरानी उपकरण व्यक्तिको खुट्टाको गोलीगाँठोमा बाँधिन्छ । यो यस्तो उपकरण हो जसले त्यो व्यक्ति कहाँ छ, कुनै निश्चित क्षेत्रभन्दा बाहिर गएको छ/छैन ट्रयाक गर्छ । यो आदेश प्रहरीले ब्रासिलियामा बोल्सोनारोको घर र उनको पार्टीको मुख्यालयमा छापा […]
मुख्य समाचार
४७ लाख ग्राहक भएको राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष ढकालले गरे पदभार ग्रहण
काठमाडौं । नेपालका अग्रणी वाणिज्य बैंकहरूमध्ये एक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा सञ्चालक समितिको नवनियुक्त अध्यक्ष देव कुमार ढकालले पदभार ग्रहण गरेका छन् । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसंगै उनले पदभार ग्रहण गरेका हुन् । ढकालसंग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको […]
एमाले पोलिटब्युरो बैठकमा आज पनि प्रतिवेदनमाथि छलफल हुने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक आज पनि बस्ने भएको छ । हिजोबाट जारी बैठक पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजेबाट सुरु हुनेछ । हिजोको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सात जनाले आ–आफ्नो धारणा राखेका थिए । विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, डा राजन भट्टराई, काशीनाथ अधिकारी, किरण […]
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। […]
सन्तान मोह नै नेताका ठुलो कमजोरी : बिजुक्छें
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छें ‘रोहित’ले सन्तान मोह नै नेताहरूको सबैभन्दा ठुलो कमजोरी भएको भनेका छन् । शुक्रबार आफ्नो पुस्तक ‘जेलका चिट्ठीहरु’को अङ्ग्रेजी संस्करण सार्वजनिक गर्दै अध्यक्ष बिजुक्छेंले नेताका छोराछोरीलाई अरुले आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्नसक्ने भएकोले सचेत रहनुपर्ने आवश्यकता औल्याए । “विश्वमा ठुला मानिएका नेताहरूलाई बदनाम […]
डिंगरनगर दूरगामी सहकारीका अध्यक्ष र सचिवविरुद्ध जारी भयो पक्राउ पुर्जी
बुटवल । रुपन्देहीको तिलोत्तमाको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । करिब १५ करोड बचत अपचलन भएको सहकारी संस्थाका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा लगायतविरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले बतायो । करोडौं बचत अपचलनको तथ्य बाहिरिएपछि तीनसय बढी वचतकर्ताहरुले प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालय र इलाका प्रहरी […]
कर्णाली विकास बैंक अनियमितता प्रकरणमा राष्ट्र बैंकका पूर्वअनुगमन अधिकृत पक्राउ
काठमाडौं । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता भएको प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । बैंक गम्भीर समस्यामा […]
एकता घोषणा गर्दै अंगालोमा बाँधिए माधव-बामदेव
काठमाडौँ । माधव कुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबिच एकता भएको घोषणा भएको हो । नेकपा एकीकृत समाजवादी पार्टीसँगको एकीकरण घोषणासभालाई शुक्रबार सम्बोधनका क्रममा उनले भावुक सम्बोधन गर्दै आफ्नो चार वर्ष पुरानो प्रयास सार्थक बन्दै […]
ट्राफिक कार्वाही चित्त नबुझे यी छन् कानुनी बिकल्प
काठमाडौ । ट्राफिक प्रहरीले गरेको कार्वाही वा जरिवानामा चित्त नबुझे नागरिकहरुले त्यसको कानुनी उपचार खोज्न सक्ने ब्यवस्था गरिएको छ । गल्ती नै नगरेको अवस्थामा ट्राफिकले जान अनजानमा जरिवाना गराएमा कानुनी उपचार खोज्न सकिने व्यवस्था गरिएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुरुप कानुनी उपचार खोज्न सकिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । […]
मध्यरातसम्म बसेको एमाले सचिवालय बैठकले यस्ता निर्णय गर्यो
काठमाडौं । नेकपा एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ जनामा घटाउने भएको छ। यसैगरी चर्चामा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ। गएराति सम्पन्न पार्टी केन्द्रीय सचिवालयको बैठकले सचिवालयको अवधारणा पनि हटाएको छ। जस अनुसार अब एमाले स्थायी कमिटी,पालिटब्यूरो र केन्द्रीय कमिटी मात्र रहनेछन्। पार्टी उपाध्यक्ष गुरु बरालले दिएको जानकारी […]










