आजको मौसम – यी पाँच प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर […]

दाङमा छुट्टाछुट्टै घटना, ४ जनाको मृत्यु

देउखुरी । दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटना र नदीमा डुबेर २/२ जनाको मृत्यु भएको हो ।रामपुर–घोराही सडकखण्डको सिस्ने खोलामा मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विक छन् । दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान […]

बिएलई र एसईईका उत्कृष्ट दशसहित उतीर्ण सबैलाई एनप्याब्सन भक्तपुरको सम्मान

भक्तपुर । अधिकांश संस्थाहरूले एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई मात्र सम्मान गरिरहेका छन्, त्यहीँबीच नेसनल प्याव्सन भक्तपुरले भने ४ जिपिए ल्याउनेसहित आफ्ना सदस्य विद्यालयहरूबाट एसईई उत्तीर्ण गर्ने सबै विद्यार्थीलाई बधाई तथा सम्मान प्रदान गर्दै फरक उदाहरण प्रस्तुत गरेको छ। मिड भ्याली कलेज नयाँ थिमीको सहकार्यमा आयोजित कार्यक्रममा ४.० जिपिए ल्याउने एनप्याब्सनको स्कुल सेक्रेड हार्टका प्रिन्स […]

एसईईमा सूर्यविनायकबाट १० जनाको ४ जिपिए : कक्षा ८, १० र १२ का उत्कृष्ट विद्यार्थी सम्मानित

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा- कक्षा १० (एसईई), कक्षा ८ को आधारभूत तह तथा कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र विद्यालयलाई विशेष सम्मान प्रदान गरेको छ। सोमबार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा कक्षा ८, १० र १२ का उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो । नगरपालिकाले कक्षा ८ को अन्तिम परिक्षा, […]

स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिने बताएका छन्। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बिमाका नाममा कतिपय अवस्थामा दुरुपयोग हुने गरेको पाइएको बताउँदै औचित्य पुष्टि हुने गरी स्वास्थ्य बिमा कार्यक्रममा पुनरावलोकन गरिने जनाएका हुन्। उनले ‘निरोगी नेपाल’ अभियान र बिरामीलाई सही उपचार […]

हाल देखिएको अवस्था ‘संसदीय इतिहासको कालो समय’ – राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा हाल देखिएको अवस्थालाई ‘संसदीय इतिहासको कालो समय’ भनेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले भिजिट भिसा प्रकरण छानबिन माग गर्दै आइरहेका दलहरूको माग सुनुवाइ नगरेर संसद् सञ्चालन गरिहेकोमा आपत्ति जनाएका छन् । ‘यो संसदीय इतिहासकै कालो समय हो । संसद्का दुई महत्त्वपूर्ण पार्टीहरूले डेढ […]

संसदमा प्रचण्डको सम्बोधन : अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भयो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एव‌ पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार दलाल र बिचौलियाको स्वार्थमा चलेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्दै उनले अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको समेत बताए । प्रचण्डले भने, “तपाईँहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, […]

गृहमन्त्रीले डाके आईजीपी, अध्यागमन, सीआईबी र मानव बेचबिखन ब्युरो प्रमुखको बैठक

स्पेन प्रकरणलाई लिएर गृह मन्त्रालयले सक्रियता देखाएको छ। गृहमन्त्री रमेश लेखकले आज सिंहदरबारस्थित मन्त्रालयमा आपतकालीन बैठक बोलाई प्रमुख सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेका छन्। बैठकमा नेपाल प्रहरी प्रमुख (आईजीपी) दीपक थापा, अध्यागमन विभाग प्रमुख गोविन्द रिजाल, सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ र मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख कृष्ण पंगेनी सहभागी थिए। बैठकमा स्पेन पठाइएका नेपालीहरूबारे उठेका […]

भ्रष्टाचारमा डुबेका मन्त्रीद्वय गुप्ता र अधिकारीलाई तुरुन्त बर्खास्त गर्न विवेकशील साझाको माग

काठमाडौं । विवेकशील साझा पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई तुरुन्त बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेको छ । विवेकशीलले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै भ्रष्टाचारमा चुर्लुम्म डुबेका मन्त्रीद्वय गुप्ता र अधिकारीलाई तुरुन्त बर्खास्त गर्न माग गरेको हो । मन्त्रीद्वयको […]

इजरायली आक्रमणमा इरानका राष्ट्रपति घाइते भएको रिपोर्ट बाहिरियो

काठमाडौं । गत महिना भएको इजरायली आक्रमणमा परेर इरानका राष्ट्रपति मसाउद पेजेस्कियन हल्का घाइते भएको रिपोर्ट बाहिरिएको छ। इरानको रेभुलेसनरी गार्डसँग निकट फार्स न्युज एजेन्सीका अनुसार १६ जुनका दिन तेहरानको अन्डरग्राउन्डमा लक्षित गर्दै बम प्रहार हुँदा उनी घाइते भएका थिए। राष्ट्रपति राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी भएकै समयमा आक्रमण भएको थियो। फार्स समाचार एजेन्सीलाई उद्धृत […]