भरतपुरको सिमलतालबाट त्रिशूलीको किनारमा खस्यो भारतीय नम्बर प्लेटको मिनी ट्रक

मकवानपुर । भरतपुरको सिमलतालबाट एउटा भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूली नदी किनारमा खसको छ । नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत पर्ने भरतपुर२९ सिमलतालबाट मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। नारायणगढबाट काठमाडौँतर्फ आउँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको हो । […]

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशको केही स्थानहरूमा साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम […]

एसएसपी बोगटीको नेतृत्वमा स्पेन भ्रमणबारे छानबिन गर्न समिति गठन, थाल्यो काम

काठमाडौँ । स्पेन भ्रमणमा भिजिट भिसामा गएर नफर्किएकाहरूबारे छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा छानबिन समिति गठन भएको छ। सिआइबी र मानब बेचबिखन अनुसन्धान ब्युरोका सदस्यहरू रहनेगरी ६ सदस्यीय समिति बनाइएको हो। एसएसपी बोगटीले समिति गठन भएसँगै काम सुरू भइसकेको बताए। ‘समिति बनेपछि अहिले हामी छलफलमै छौं। काम […]

अबदेखि एमालेको सदस्यता लिन अनिवार्य परीक्षा दिनुपर्ने

काठमाडौं । प्रमुख सत्तारुढ नेकपा (एमाले) ले अबदेखि संगठित सदस्यता वितरणका क्रममा परीक्षा लिने भएको छ । एमाले संगठन विभागको मंगलबार च्यासलमा बैठकले यस्तो प्रस्ताव पारित गरेको हो । संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार महासचिव शंकर पोखरेल र संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको उपस्थितिमा बसेको बैठकले यो निर्णय लिएको हो । ‘पार्टी सदस्यहरूमा एमालेबारे आधारभूत […]

अन्तत: घुस डिल अडिओमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौँ । घुस डिलसम्बन्धी अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। आफूले राजीनामा दिइसकेको मन्त्री गुप्ताले बताए। ‘विगत केही दिनअघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई जानकारीनै छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ, अब […]

देशका यी नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका अधिकांश प्रमुख नदीहरूको जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। यसका साथै, आज देशका विभिन्न जिल्लाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार, कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका […]

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री गुप्ताले आज राष्ट्रिय सभामा निजामती विधेयक प्रस्तुत गर्ने

काठमाडौँ । कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुस काण्डमा मुछिएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार राष्ट्रियसभाको बैठकमा निजामती विधेयक राष्ट्रिय सभामा प्रस्तुत गर्ने भएका छन् । मन्त्री गुप्ताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यो विधेयकमा कुलिङ अफ पिरियडबारे चलखेल […]

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ। आज सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने छ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन […]

आजको मौसम – यी पाँच प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर […]

दाङमा छुट्टाछुट्टै घटना, ४ जनाको मृत्यु

देउखुरी । दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटना र नदीमा डुबेर २/२ जनाको मृत्यु भएको हो ।रामपुर–घोराही सडकखण्डको सिस्ने खोलामा मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विक छन् । दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान […]