दुर्गा प्रसाईंलाई छाड्ने आदेशविरुद्ध सरकार सर्वोच्च अदालत जाने

काठमाडौं । दुई फरक मुद्दा खेपिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिएको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीले उक्त आदेश प्रचलित कानून र न्यायको मान्य सिद्धान्त विपरीत भएकाले आदेश […]

रास्वपा समानुपातिक उम्मेदवारको सूचीबाट नाम हटाउन कुसुमले दिइन् निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सांसद उम्मेदवारको सूचीमा रहेकी कुसुम महर्जनले आफ्नो नाम हटाइदिन निवेदन दिएकी छन् । महर्जनले दिएको निवेदनमाथि आज रास्वपाले छलफल गर्दैछ । आज दिउँसो ३ बजे पार्टी कार्यालय बनस्थलीमा बस्ने सचिवालय बैठकमा उनको निवेदनमाथि निर्णय हुनेछ । महर्जन यसअघि ०७९ को निर्वाचनमा रास्वपाको समानुपातिक सूचीको आदिवासी जनजाति कलस्टरमा छिन् […]

प्रतिनिधिसभा बैठक बस्दै, वैकल्पिक वित्त परिचालन विधेयक पारित गरिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठम आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ पारित गर्ने कार्यसूची छ । त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले उक्त विधेयक सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । विधेयकमाथि प्राप्त भएका संशोधन […]

बागमतीको मुख्यमन्त्रीमा बानियाँको नियुक्ति आज, ४ बजे सपथ

हेटौंडा । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुँदैछन् । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । बहादुर सिंह लामाको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि […]

कुलिङ पिरियड छानबिन समितिमा सहमति, प्रतिवेदन पारित

काठमाडौं । कुलिङ पिरियडको गडबडी छानबिन गर्न बनेको संसदीय विशेष समितिमा सहमति जुटेको छ । लामो छलफलपछि समितिमा सहमति जुटेपछि प्रतिवेदन पास भएको छ । आइतबारदेखि सोमबारसम्म लगातार छलफल हुँदा पनि सहमति नभएपछि रातभर छलफल भएको थियो । रातभरको छलफलपश्चात आज बिहान ४ बजे सर्वसम्मत रुपमा प्रतिवेदन पारित भएको हो । सहमति भएपछि छानबिन समितिका […]

आजको मौसम : यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। जसको प्रभावले हाल देशभर अधिकांश बदली रहेको छ । कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर अधिकांश बदली रहनेछ […]

२८ लाख धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । सोमबार उच्च अदालत पाटनको माग बमोजिम दुई मुद्दामा २८ लाख धरौटी रकम बुझाउँदै उनी रिहा भएका हुन् । सोमबार उच्च अदालत पाटनले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाशीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको […]

सूर्यप्रसाद श्रेष्ठको ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन’ लोकार्पित

प्रधानमन्त्री निवास, बालुवाटारमा पूर्व प्रमुख निर्वाचन आयुक्त एवं पूर्व राजदुत सूर्यप्रसाद श्रेष्ठको कृति ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन’ को हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले लोकार्पण गरेका छन् । सो कृतिबारे वरिष्ठ अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक डा. गोपालकृष्ण सिवाकोटी, महिला अधिकार अभियन्ता मोहना अन्सारी र संविधानविद् प्रा.डा. विपिन अधिकारीले आआफ्नो समीक्षामक मन्तव्य राखेका थिए । कार्यक्रममा […]

कक्षा १२ मा करिब ४० प्रतिसत परीक्षार्थी असफल

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा २०८२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ नतिजा सार्वजनिक भएको हो । नतिजाअनुसार नियमिततर्फ कुल ३ लाख ९६ हजार ३ सय ४७ परीक्षार्थीमध्ये सबैभन्दा धेरै १ लाख ५३ हजार ८ सय ८२ जना (करिब ३९.५८ प्रतिशत) विद्यार्थी ‘एनजी’ अर्थात् Not Graded श्रेणीमा परेका छन्। […]

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं । दुर्गा प्रसाईंलाई दुईवटा मुद्दामा धरौटीमा छाड्न उच्च अदालत, पाटनले आदेश गरेको छ । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्न आदेश भएको हो । उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो । उनी तत्काल निर्दोष […]