काठमाडौ । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी अब सबिना मास्केले सम्हाल्ने भएकी छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जेठ २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार मास्केलाई निमित्त प्रबन्ध निर्देशकका रूपमा कामकाज गर्ने जिम्मा दिइएको हो। पूर्व प्रबन्ध निर्देशक संगीता पहाडीमाथि बिलिङ प्रणालीमा अनियमितता र आर्थिक हिनामिनासम्बन्धी आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर […]
मुख्य विशेष
काठमाडौ महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनालाई मुद्दा
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सामाखुसी करिडोर अन्तर्गत ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको आरोपमा आयोगले परियारसहित अन्य पदाधिकारीहरूलाई मुद्दा हालेको हो। परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशकको जिम्मेवारीमा कार्यरत छन्। उनीसँगै मुद्दा पर्नेको सूचीमा बोलपत्र मूल्यांकन […]
प्रेस स्वतन्त्रता कुनै निकायको आदेशद्वारा सीमित गर्न मिल्दैन- पत्रकार महासंघ
काठमाडौं । जिल्ला अदालत काठमाडौँले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारका विषयमा दिएको अल्पकालीन अन्तरिम आदेशप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको रिट निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौँका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले मंगलवार अप्रमाणित तथा तथ्यहीन समाचार प्रकाशन नगर्नु र प्रकाशित समाचारहरू […]
गर्मीबाट बच्न घरमै बनाउनुस् मोजितो
काठमाडौं । गर्मीमा मानिसहरु गर्मीबाट बच्न, शरीरलाई हाइड्रेटेड राख्न र उर्जावान रहन धेरै प्रकारका चिजहरुको सेवन गर्ने गर्छन् । खरबूजा, कागती पानी र अन्य धेरै चीजहरूले गर्मीमा शरीरलाई चिसो र हाइड्रेट गर्न मद्दत गर्दछ। एक मोजितो पनि यसमा पर्न जान्छ । यसलाई कागती, पुदिना र अन्य धेरै चीजहरू मिसाएर बनाइन्छ। गर्मीबाट राहत दिनुका साथै पाचन […]
सिंहदरवार बोलाएर सञ्चारकर्मीलाई दिइयो जीवन विज्ञानको मूलमन्त्र
काठमाडौ । “यदि प्रत्येक व्यक्तिले दिनमा १५ मिनेट योगाभ्यास गर्छ भने, सरदर आयुमा १४ वर्ष थपिन सक्छ,” जीवन विज्ञान प्रतिष्ठानका संस्थापक गुरु एलपी भानु शर्माले भने । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानद्वारा आयोजित ‘योग प्रशिक्षण कार्यक्रम’मा योग अभ्यास गराउँदै मंगल बार उनले यस्तो तथ्य बताएका हुन् । सिंहदरवारस्थित रेडियो नेपालको सभाहलमा […]
नागढुंगा सुरुङ पुससम्म सञ्चालन हुने
काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकाको यात्रालाई सहज बनाउने लक्ष्यसहित निर्माणाधीन सिस्नेखोला–नागढुंगा सुरुङमार्गको मुख्य टनेलको निर्माण कार्य सम्पन्न भएसँगै सुरुङ सञ्चालनअघि आवश्यक प्राविधिक परीक्षण (फेसिलिटेट टेस्टिङ) सुरु गरिएको छ। २६८८ मिटर लामो मुख्य टनेलमा अत्याधुनिक कन्टिन्युअस्ली रिइन्फोर्स्ड कंक्रिट पेवमेन्ट (सीआरसीपी) प्रविधिबाट कंक्रिट कार्य सम्पन्न भइसकेको छ। नेपालमा यो प्रविधि पहिलोपटक प्रयोग गरिएको हो। […]
एमाले नेता महेश बस्नेतको प्रश्न – वाइसीएल सम्मेलन कि पद वितरणको कुम्भ मेला
भक्तपुर । नेकपा एमालेकाे युवा संघ अन्तर्गत युथ फोर्सको अध्यक्ष भएपछि राजनीतिक सफलता थप्दै गएका नेकपा एमालेका पाेलिटव्युराे सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकाे युवा संगठन वाइसीएल नेपालकाे केन्द्रीय नेतृत्व प्रति असन्तुष्टि प्रकट गरेका छन् । सार्वजनिकरुपमै उनले वाइसीएल सम्मेलनलाई पद वितरणको कुम्भ मेला भनेका छन् । ७४ सदस्यीय पदाधिकारी […]
पार्टीमा दासहरू बढेका एमाले नेताको गुनासो
काठमाडौं । नेकपा एमालेमा दासहरू बढेको सो पार्टीका नेता कर्णबहादुर थापाले जनाएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहदैँ आएका भनिएका नेता थापाले घुमाउरो पारामा त्यसको संकेत गरेका हुन् । नेपालको राजनीतिक इतिहासमा भीमशेन थापा र जंग बहादुर राणा जति शक्तिशाली मानिस कोही थिएनन र छैनन भन्दै उनले लेखेका छन, ‘यी दुबै व्यक्तिको […]
सुनकोशीमा पौडी खेल्न पसेका युवक मृत फेला
काभ्रे । काभ्रेको तेमाल गाउँपालिका–३ चुखावेशीस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गएको छ। बृहत खानेपानी आयोजनाको ट्यांकी निर्माण कार्यमा संलग्न मजदुर महाभारत गाउँपालिका–४ का साजन वाइवाको बिहान करिब ९:३० बजे सुनकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेले जानकारी दिए । स्थानीय तथा सुरक्षाकर्मीहरूको सहयोगमा […]
प्रधानाध्यापक संघ नेपालको अध्यक्षमा दोहोरिए गौतम, २९ सदस्यीय कार्यसमिति सर्वसम्मत
पोखरा । पोखरामा सम्पन्न प्रधानाध्यापक संघ नेपाल (PAN) को दोस्रो राष्ट्रिय सम्मेलनले नयाँ २९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ। नयाँ कार्यसमितिको नेतृत्वमा संस्थापक अध्यक्ष सुदामप्रसाद गौतम दोहोरिएका छन्। संघको वरिष्ठ उपाध्यक्षमा हेम्बराज कडेल र उपाध्यक्षमा टिकाराम पाण्डेय निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा लक्ष्मण श्रेष्ठ, उपमहासचिव मीन अछामी तथा सचिवहरूमा बेगबहादुर थापा, मन्जु बस्नेत र […]











