पत्रकार सम्मेलन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन गर्दैछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार आज दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिक घटनाक्रम धारणा सार्वजनिक गर्दैछ । रास्वपाले पार्टी सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिसोध भएको भनेर हस्ताक्षर अभियान चलाउँदै आएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार हस्ताक्षर अभियानका साथै समसामयिक […]

सुनकोशी मरिण डाइभर्सन आयोजना ढिला, निर्माण कम्पनीमाथि सांसद दाहालको आक्रोश

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनमा ढिलाइ भएको भन्दै प्रतिनिधिसभा सदस्य तथा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ दाहाल (राजन दाहाल) ले कडा आलोचना गरेका छन्। एक वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुको उपस्थितिमा टनेल ब्रेक थ्रु सम्पन्न भएको स्मरण गराउँदै उनले त्यसयता अहिलेसम्म परियोजनामा खासै प्रगति नभएको प्रति आक्रोश पोखेका […]

सातै प्रदेशमा  ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’ बनाइने

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा कुलसचिव प्रा माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकाससम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आय–व्ययको बजेट पारित भएको हो ।  […]

पहिलोपटक घर खरिद वा निर्माण गर्नेलाई ३ करोडसम्म घरकर्जा

काठमाडौं । साउन १ गतेदेखि पहिलो पटक घर खरिद गर्ने वा निर्माण गर्नेले मूल्यांकनको ८० प्रतिशतसम्म कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८१ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । हाल ७० प्रतिशत रहेको लोन टु भ्यालु रेसियोलाई बढाएर ८० प्रतिशत पुर्याएको हो । […]

नवनियुक्त सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ ग्रहण आज

काठमाडौँ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ आज (बुधबार) दिउँसो तीन बजे तय भएको छ । यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए । बालुवाटार स्रोतका अनुसार नवनियुक्त मन्त्री न्यौपानेको शपथ दिउँसो ३ बजेलाई तय […]

२७ रनमा अलआउट भएपछि वेस्ट इन्डिजले बनाएका पाँच वटा खराब कीर्तिमान

काठमाडौँ । अस्ट्रेलियाविरुद्ध किंगस्टनमा भएको तेस्रो टेस्टमा वेस्ट इन्डिजले लज्जास्पद प्रदर्शन गर्‍यो। दोस्रो इनिङग्समा २७ रनमै अलआउट भएपछि वेस्ट इन्डिज १७६ रनले पराजित भयो। जससँगै तीन खेलको सिरिज अस्ट्रेलियाले ३-० ले जित्यो। तेस्रो टेस्टको दोस्रो इनिङग्समा २७ रनमै अलआउट भएपछि वेस्ट इन्डिजको नाममा खराब कीर्तिमान ओइरो लाग्यो। २७ रनमा अलआउट: खेलको चौथो इनिङग्समा वेस्ट इन्डिजको पूरै टिम […]

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारकै मूल्यमा छापावाल सुन बजारमा कारोबार भइरहेको हो । जसअनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैबिच मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम […]

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री गुप्ताले आज राष्ट्रिय सभामा निजामती विधेयक प्रस्तुत गर्ने

काठमाडौँ । कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुस काण्डमा मुछिएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार राष्ट्रियसभाको बैठकमा निजामती विधेयक राष्ट्रिय सभामा प्रस्तुत गर्ने भएका छन् । मन्त्री गुप्ताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यो विधेयकमा कुलिङ अफ पिरियडबारे चलखेल […]

आफैंले नियुक्त गरेको अध्यक्षलाई सरकार आफैंले गर्यो निलम्बन

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन गरेसँगै उनी निलम्बनमा परेका छन्। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाको योग्यता तथा नियुक्तिसम्बन्धी विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। उक्त समितिको संयोजकत्व उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीले गर्नेछन्। समितिमा बीमा क्षेत्रका विज्ञ कपिल ओली र […]

एसईईमा सूर्यविनायकबाट १० जनाको ४ जिपिए : कक्षा ८, १० र १२ का उत्कृष्ट विद्यार्थी सम्मानित

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा- कक्षा १० (एसईई), कक्षा ८ को आधारभूत तह तथा कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र विद्यालयलाई विशेष सम्मान प्रदान गरेको छ। सोमबार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा कक्षा ८, १० र १२ का उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो । नगरपालिकाले कक्षा ८ को अन्तिम परिक्षा, […]