काठमाडौँ, २५ असार । सरकारले राजदूत नियुक्त गर्ने मापदण्ड २०७५ लाई स्वीकृत गरेको छ । विभिन्न देशका राजदूत फिर्ता गरेर नयाँ राजदूत नियुक्तिको चर्चा चलिरहेका बेला सरकारले मापदण्ड स्वीकृत गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्र संघका लागि न्यूयोर्कस्थित नेपाली राजदूत (स्थायी प्रतिनिधि) दुर्गाप्रसाद भट्टराईलाई आगामी साउन १५ […]
मुख्य विशेष
प्राधिकरणका सिइओ पदबाट हटाइए
काठमाडौं, २५ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) युवराज भुसाललाई प्राधिकरणले आइतबार औपचारिक विदाई गर्ने भएको छ । आज दिउँसो १ बजे एक कार्यक्रम गरेर सिइओ भुसाललाई विदाइ गर्न लागेको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए । निर्वाचन आचारसंहिता लागू भएपछिका नियुक्ति खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै सिईओ भुसाल पनि जिम्मेवारीमुक्त भएका […]
डुडुवाका इञ्जिनीयर एकलाख रकम सहित रङ्गेहात गिरफ्तार
बाँके, २३ असार । बाँके डुडुवा गाउँपालिकाका इञ्जिनीयर तेजराज खड्का रु एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको एक टोलीले गए राति नेपालगञ्जको बिपी चोकस्थित दङाली केसी मम सेन्टरबाट रु एक लाखसहित इञ्जिनीयर खड्कालाई थलामै पक्राउ गरेको हो । गाउँपालिकाको वडा नं ६ हिरिमिनियास्थित माटो पटान तथा ग्राभेल […]
इन्द्रसरोबरमा डुबेर दुई बालकको मृत्यु
हेटौँडा, २३ असार । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर–१ बस्ने पुष्करबहादुर थिङका१२ वर्षीय छोरा समीर र थाहा नगरपालिका–९ बस्ने विश्वरुप आलेका आठ वर्षीय छोरा चन्द्रबहादुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव परीक्षणका लागि हेटौँडा अस्पताल […]
ओलीको पानीजहाज रहर: ‘जहाज चलाउने रुट अध्ययन नै गरिएको छैन निम्तो बाँडीसकियो’
काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा अाेलीकाे पानीजहाज याेजना अहिले निकै बहसमा छ । अझ त संसदमा सांसदहरुले उठाएका प्रश्नहरुकाे जवाफ दिँदै उनले अाउने पुसमा पानी जहाज चढेर काेलकत्ता जानका लागि सबैलार्इ निम्ता पनि दिइसकेका छन् । प्रम अाेलीले त्याे निम्ता के का अाधारमा दिए सबै तीन छक छन् । जबकि पानी जहाज बनाउने […]
तिर्थयात्रामा नेपाल आएका १७०० बढी भारतीय अलपत्र, ३०० को उद्धार, ७ को मृत्यु
काठमाडौं, २० असार । तिर्थयात्रामा नेपालमा आएका भारतीय पर्यटकहरु समस्यामा परेको भन्दै भारतले उद्धार थालेको छ । एकाएक मौसम खराब भएपछि परेको अविरल वर्षाका कारण कतै डुवान, कतै पहिरो त कतै यातायात सूचारु नहुँदा तिर्थालु भारतीयहरु समस्यामा परेका हुन् । यसरी अलपत्र पर्ने भारतीय तिर्थालुहरुको संख्या दुई हजारको हाराहारीमा रहेको बताइएको छ । त्यसमध्ये आधा […]
टोपो खोलामा फेरि पहिरो, नारायणगढ–मुग्लिन सडक ठप्प
चितवन । नारायणगढ–मुग्लिन सडकको टोपे खोलामा बुधबार बिहान फेरि ठुलो पहिरो गएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बिहान पाँच बजे गएको पहिरोका कारण आज दिनभर यातायात प्रभावित हुने अवस्था छ । पहिरो सफा गर्न आज दिनभर लाग्ने उनले जानकारी दिए । ‘अहिले गाडी ठप्पै छ । एक तर्फी खुलाउन […]
कान्ति अस्पतालमा बालबालिकामाथि अमेरिकी खोपको गैरकानुनी परिक्षण
काठमाडाैं, १९ असार । बालबालिकाकाे एकमात्र सरकारी अस्पताल कान्ति बाल अस्पतालमा सर्वाेच्च अदालतले समेत राेक्न भनेकाे अमेरिकन खाेपकाे परिक्षण भइरहेकाे छ । अाफ्नाे देशका बालबालिकाकाे स्वास्थ्माथि खेलवाड गर्दै सरकारले यसरी अमेरिकी कम्पनीकाे खाेप किन परिक्षण गरिररहेकाे छ भन्ने अहिले चाैतर्फी प्रश्न उठेकाे छ । यतिसम्म कि अस्पतालका बरिष्ठ चिकित्सक, डाक्टर, पुर्व र हाल रहेका निर्देशक […]
नेपालमा जुवा खेल्ने अत्यधिक बढे, १० महिनामा १ करोडका तास आयात
काठमाडौं, १९ असार । सुन्दा अचम्म लाग्न सक्छ, जुन वस्तु उपयोग गर्न मुलुकको कानुनले बन्देज लगाएको छ त्यही वस्तु वार्षिक करोडौं रुपैयाँको आयात भइरहेको छ। त्यो वस्तु हो– तास। मनोरञ्जनका लागि जुवाघर अर्थात् क्यासिनो (विदेशीलाई मात्र) बाहेक अन्य ठाउँमा बर्जित गरेको तास पानपसलदेखि डिपार्टमेन्ट स्टोरसम्म खुलेआम बिक्री भइरहेको छ। सरकारले तास खेल्नेलाई कारबाही गर्दै आए […]
मनसुन सक्रीय भएसँगै देशभर झरी, यी ठाउँहरुमा ठूलो खतराको चेतावनी
काठमाडौँ, १८ असार । देशका अधिकांश क्षेत्रमा मनसुनी झरी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुन सक्रिए रहेको र आइतबार रातिदेखि नै पूर्वदेखि पश्चिमका अधिकांश क्षेत्रमा मनसुनी झरी परिरहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् । यो झरी अझै केही दिन रहने सम्भावना छ । दिनभरको मौसम पनि यस्तै रहने मौसमविद नगरकोटीले […]










