१२ वर्षपछि काठमाडौंमा हिमपात

काठमाडौं । बुधबार रातिदेखि वर्षा भएपछि काठमाडौं उपत्यकाभित्र हिमपात भएको छ । बुधबार काठमाडौं उपत्यकालगायत केही स्थानमा वर्षासँगै असिना परेको थियो । ललितपुर जिल्लाको लाकुरी भन्ज्याङसहितका विभिन्न स्थानमा हिमपात भएको छ । काठमाडौँ उपत्यका भित्रैको बस्तीमा १२ वर्षपछि हिउँ परेको हो । राजधानी उपत्यकाका साँखु, गोदावरी, भक्तपुरको दुवाकोट, चाँगुनारायणका बस्तीसम्म हिउँ खसेको हो । यसअघि […]

जन्ती बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक किशोरीको ज्यान गयो

चितवन । जन्ती लिएर जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक किसोरीको ज्यान गएको छ । आइतवार भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार स्थानीय २४ वर्षिया किसोरीको ज्यान गएको हो । ज्यान जानेमा कालिका नगरपालिका–८ जुटपानीकी १४ वर्षिया शिक्षा अर्याल रहेको प्रहरीले जानकारी गराएको छ । बसको ठक्करबाट घाइते अर्यालको उपचारको क्रममा निधन भएको हो ।  कालिका […]

हेलिकोप्टर दुर्घटनामा यति एयर र गोकर्ण रिसोर्टका सञ्चालक आङछिरिङ शेर्पाको समेत मृत्यु

काठमाडौं, १५ फागुन । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रविन्द्र अधिकारीसँगै चर्चित पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको समेत मृत्यु भएको छ । आङछिरिङ शेर्पा यति एयरलाइन्स र आज दुर्घटनामा परेको एयर डाइनेस्टीका मालिक थिए । उनी काठमाडौंको गोकर्णमा रहेको चर्चित गोकर्ण रिसोर्टका सञ्चालक तथा गल्फ खेलाडी समेत हुन् । ताप्लेजुङको मैयुम गाविसको खप्टेढुंगाको भीरमा भएको […]

पाकिस्तानले खसाल्याे भारतका दुई अत्याधुनिक लडाकु विमान

पाकिस्तानले दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । पाकिस्तान शासित कश्मिर क्षेत्रमा भारतीय वायु सेनाका दुई वटा जेट विमान प्रवेश गरेसँगै गरिएको जवाफी कारबाहीमा ती विमान धवस्त भएको पाकिस्तानले जनाएको छ । सो घटनापछि एक जना भारतीय पाइलटलाई नियन्त्रणमा लिइएको पाकिस्तानको दाबी छ । पाकिस्तान सेनाका प्रवक्ता मेजर जेनरल असिफ गफुरले एउटा विमान […]

पाकिस्तानमा आक्रमण गर्न गएको भारतीय लडाकु विमान कास्मिरमा दुर्घटना

काठमाडाैं, १५ फागुन । भारतीय वायुसेनाको एउटा लडाकु बिमान मिग २१ काश्मिरमा दुर्घटना भएको छ । काश्मिरको कलान गाउँमा विमान खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ । अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ । मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको थियो । उडान लगत्तै ठूलो आवाजसहित […]

नयाँ सुरक्षा नीति ल्याउदै सरकार, प्रस्तावित नीति मन्त्रिपरिषद र सुरक्षा परिषदमा

काठमाडौँ, १५ फागुन । सरकारले नयाँ राष्ट्रिय सुरक्षा नीति ल्याउने तयारी गरेको छ । रक्षामन्त्रालय स्रोतले उक्त नीतिको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नयाँ राष्ट्रिय सुरक्षा नीतिको तयारीका बारेमा पत्रकार सम्मेलन नै गरेका जानकारी गराएका छन् । आफूले रक्षा मन्त्रालय सम्हालेको ठीक एक वर्ष पुगेको अवसरमा मंगलबार पत्रकार […]

प्रम ओलीले भने, नाटक गरेर वर्तमान र भविष्य देखाउन सकिन्छ

काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नाटक विधा समाज परिवर्तनको एउटा महत्वपूर्ण क्षेत्र भएको भएकाले यसले समाजको वर्तमान र भविष्य देखाउने बताएका छन् ।  अन्तर्राष्ट्रिय नाटक महोत्सवको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “नाटक विधा समाजको ऐना पनि हो । टर्च लाइट पनि हो । ऐनाले वर्तमान र टर्च लाइटले भविष्य देखाउँछ ।” […]

नख्खु बम विष्फोटमा पक्राउ परेका एनसेलका गार्डले दिए यस्तो अनौठो बयान

काठमाडौं । नख्‍खुमा रहेको नीजि क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल टावरको मुख्यालयमा भएको बम विस्फोटको अनुसन्धानका लागि पक्राउ परेका सुरक्षा गार्डले प्रहरीलाई चकित पर्ने अनौठो बयान गरेका छन् । घटनाका प्रत्यक्षदर्शीजस्तै बनेका उनीहरुले आफूहरूले ‘बम हो भनेर नचिन्दा विस्फोट भएको’ प्रहरीलाई बयान दिएका छन्। ‘कुकर जस्तो वस्तु एनसेलको अफिसको मूलढोकामै थियो। त्यो कुरा हामीभन्दा […]

कांग्रेसका दुई समूहबीच सानेपामा भयो झडप, झडपमा प्रहरीको लाठी बर्सियो

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठनका दुई समूहबीच ढुंगा हानाहान भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामै नेविसंघका दुई समूहबीच झडप भएको हो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र अर्का नेता रामचन्द्र पौडेलका निकट रहेका विद्यार्थी समूहबीच विवाद हुँदै आएकोमा यसपटक देउवा र अर्का नेता कृष्ण सिटौला नजिक रहेका विद्यार्थी समूहबीच झडप भएको हो […]

सीटीइभीटीको वार्किकोत्सवमा आक्रामक हुँदै शिक्षामन्त्रीले भने, ‘आफूलाई सम्झेर मम भन्नुस्’

संजीप शुभचिन्तक, १२ फागुन । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका अध्यक्ष समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सीटीइभीटीको समाजमा स्वस्छ छवी नभएको बताएका छन । परिषदको बैठक बस्दा भयङ्कर गलत काम हुन लागेको संदेश जाने कुराले समाजमा यसको स्वस्छ छवी नभएको मन्त्री पोखरेलले बताएका हुन । आइतवार सानोठिमीस्थित परिषद परिसरमा आयोजित […]