हेलिकोप्टर दुर्घटनामा यति एयर र गोकर्ण रिसोर्टका सञ्चालक आङछिरिङ शेर्पाको समेत मृत्यु

काठमाडौं, १५ फागुन । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रविन्द्र अधिकारीसँगै चर्चित पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको समेत मृत्यु भएको छ । आङछिरिङ शेर्पा यति एयरलाइन्स र आज दुर्घटनामा परेको एयर डाइनेस्टीका मालिक थिए । उनी काठमाडौंको गोकर्णमा रहेको चर्चित गोकर्ण रिसोर्टका सञ्चालक तथा गल्फ खेलाडी समेत हुन् ।

ताप्लेजुङको मैयुम गाविसको खप्टेढुंगाको भीरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारी, पर्यटन व्यवसायी शेर्पासँगै ७ जनाको निधन भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक बिरेन्द्र श्रेषठ, नेपाल सरकारका उपसचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भाेछिभाेया, पाइलट प्रभाकर केसी, सुरक्षाकर्मी अर्जुन घिमिरे रहेका छन् । 

एयर डाइनेस्टीका क्याप्टेन प्रभाकर केसीले उडाएको हेलिकोप्टर कसरी दुर्घटनामा परेको हो भन्ने एकिन हुन सकेको छैन । प्रहरीले दुर्घटनास्थलमा चिन्नै नसकिने अवस्थामा ६ जनाको शव फेला पारेको जनाएको छ । उनीहरु ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेको खुलेको छ । 

पर्यटनमन्त्री सवार हेलिकोप्टर ताप्जेलुङमा दुर्घटना भएको पुष्टि भएको छ । हेलिकाेप्टर दुर्घटनामा परेकाे पहिलाे पटक दुर्घटनास्थल नजिक रहेकाे जनकल्याण आधारभूत स्कूलका प्रधानाध्यापक महेश निरौलाले देखेकाे बताइएकाे छ । उनले नै अरुलाइ खबर गरेपछि दुर्घटनाबारे थाहा भएकाे थियाे । घटनास्थलमा रहेका स्थानीयबासीका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएको र आगो बलिरहेको देखिएकाे छ । 

पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जना चढेको एयर डायनाष्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।

ताप्लेजुङमा पर्यटनमन्त्रीलगायत चढेको हेलिकोप्टर दुर्घटनापछि प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन्।

Loading...