जन्ती बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक किशोरीको ज्यान गयो

चितवन । जन्ती लिएर जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक किसोरीको ज्यान गएको छ । आइतवार भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार स्थानीय २४ वर्षिया किसोरीको ज्यान गएको हो ।

ज्यान जानेमा कालिका नगरपालिका–८ जुटपानीकी १४ वर्षिया शिक्षा अर्याल रहेको प्रहरीले जानकारी गराएको छ । बसको ठक्करबाट घाइते अर्यालको उपचारको क्रममा निधन भएको हो । 

कालिका नगरपालिका–८ शक्तिखोरबाट हिँडेको बसले सोही वडाको जुटपानीमा ना ५८ प ६३८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक चन्द्रबहादुर भट्टको भने मेडिकल कलेजमा उपचार भैरहेको बताइएको छ । 

Loading...