नख्खु बम विष्फोटबारे गृहमन्त्रीले संसदलाई दिए यस्तो खतरा सूचना

काठमाडौं, १२ फागुन । ललितपुरको नख्खुमा भएको बम विष्फोट कसले गराएको हो भन्ने बारे गृहमन्त्रीले मुख खोलेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले बमविष्फोटबारे जानकारी दिएका हुन् । बैठकमा गृहमन्त्रीले बम विष्फोटबारे जानकारी दिँदै विगतमा उन्मुत्ति दिएका कारण संविधान विरोधी तत्वहरु हौसिएर यस्ता घटना घटाउन थालेको बताए । […]

एनसेलमाथि भएको आक्रमणको नेकपाले लियो जिम्मा, सर्वसाधारण परेकोप्रति दुःख व्यक्त

काठमाडौँ । ललितपुरकाे नख्खुमा रहेकाे केन्द्रीय कार्यालय र देशभर एनसेल माथि गरिएको कारवाहीको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिएको छ । फागुन १० गते राति एनसेलको मुख्यालय र देशैभरी बम विष्फाेटसहित टावरमा आगजनी गरिएको थियाे । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले एनसेलले ७३ अर्बभन्दा बढी कर छलेकाे, अदालतले गरेका निर्णय पालना नगरेकाे नेपालमा प्राप्त आम्दानी […]

एनसेलमा आक्रमणपछि गृहमन्त्री थापाको यस्तो आदेश, नेकपाका १८ नेता कार्यकर्ता गिरफ्तार

काठमाडौं । एनसेल टावरमा शृंखलाबद्ध बम बिस्फोट र आगजनी भएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संकास्पद व्यक्तिलाई तत्काल समातेर हिरासतमा राख्न प्रहरी प्रधान कार्यालयलाई आदेश दिएका छन् । बादलको आदेश पाएलगत्तै शनिबार नै प्रहरी हेर्डक्वाटरले देशभर सर्कुलर पठाईसकेको छ । करछली गर्दै आएको एनसेलमाथि चरणबद्ध आक्रमण भएपछि ओली सरकारलाई आक्रमणकारी पहिचान गर्न हम्मेहम्मे परेको छ । […]

३५ करोड भारतीय रूपैयाँ पर्ने सर्पको विषसहित एक पक्राउ

झापा, १२ फागुन । करोडौँको मूल्य बराबरको विषालु सर्पको विषसहित नेपाली नागरिक भारतमा पक्राउ परेका छन् । नेपाल भारतको सीमा नाका झापाको काकँडभिट्टा नाकाबाट भाररतर्फ विषालु सर्पको विष तस्करी भइरहेको अवस्थामा भारतीय प्रहरीले प्रक्राउ गरेकोे हो । काकँडभिट्टासँग जोडिएको भारतको पश्चिम बङ्गाल, दार्जिलिङ् जिल्लाको पानीठ्याङ्की बजारबाट भारतीय एसएसबी ४१ बी वटालियनका इन्स्पेक्टर विजय कुल्लुको नेतृत्वको […]

ललितपुरस्थित एनसेलको मुख्यालयमा शक्तिशाली बम बिस्फोट, ३ जना घाइते

काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट हुँदा घाइते भएका ३ जनाकै परिचय खुलेको छ । घाइते हुनेहरुमा सिंहप्रताप गुरुङ, प्रतिक्षा खड्का र अनुषा डंगोल छन् । घाइते मध्ये गुरुङको अवस्था गम्भीर छ । उनको अल्का अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतको भनाइ छ । अन्य दुई जनाको बीएन्डबी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ […]

गैर आवासीय नेपालीलाई राष्ट्रिय परिचयपत्र नदिन संसदमा यस्तो लविङ

काठमाडौँ, १० फागुन । राष्ट्रिय परिचयपत्र गैरआवासीय नेपाली र विदेशीलाई वितरण गर्न नहुनेमा सुझाव दिइएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले आज यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका सम्बन्धमा व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफलमा सहभागी सांसदले उक्त परिचयपत्र नेपाली नागरिक तथा नागरिकता प्राप्त गर्न योग्य नेपालीलाई मात्र वितरणको व्यवस्था गर्नुपर्नेमा जोड दिए […]

यस वर्ष अत्यधिक हिमपात, हुम्लामा फेरि हिमपात

हुम्ला, ९ फागुन । हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरु भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरु भएको हुम्लामा पुस महीनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खा गाउँपालिका एक महीनादेखि नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लामा भारी हिमपातले गर्दा नाम्खा गाउँपालिकामा रहेको नमस्ते […]

वाईडबडीका विषयमा कांग्रेस किन मौन ?

नेपाली कांग्रेसले आईतबार पत्रकार सम्मेलन गर्दै सरकारको एक वर्षे कार्यकालको समिक्षा गरेको छ । सरकारप्रति जनविश्वास घट्दै गएको निश्कर्ष निकालेको छ । त्यसरी जनविश्वास घट्दै जानुमा विभिन्न कारणहरु देखाएको छ । तर सर्वाधिक चर्चामा रहेको वाईडबडी खरिद प्रकरणका विषयमा भने मौन बसेको छ ।  कांग्रेस प्रवक्ता शर्माले विज्ञप्ति जारी गर्दै सरकार असफल भएको, प्रधानमन्त्री ओलीमा […]

एनालग टेलिभिजनका उपकरण जफत गर्न सरकारको निर्देशन

काठमाडौं, ६ फागुन । सरकारले १५ दिनभित्र एनालग टेलिभिजनहरु बन्द नगरे कारवाही गर्ने चेतावनी दिएको छ । सरकारले देशभर गत बैशाख १५ भित्रै एनालग टेलिभिजन सेवा पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको थियो । उक्त आदेश विपरित अहिले पनि सेवा सूचारु भइरहेको कुरा आएपछि अब निर्देश अटेर गर्ने केवल टेलिभिजन कम्पनीहरुका उपकरण जफत गर्न समेत आदेश […]

पशुपतिको गीतमा प्रतिबन्ध लगाउनु संविधानकै विरोध

काठमाडौं, ५ फागुन । व्यङग्यात्मक गीतमा चर्चा कमाएका चर्चित गायक पशुपति शर्माको गीतमाथि प्रतिबन्ध लगाइएपछि त्यसको चौतर्फी विरोध भएको छ । नेपालमा भ्रष्टाचार मौलाएको र शक्तिमा हुनेहरुले आफ्नो मनपरी गरिरहेको भन्ने सन्देश दिने व्यङग्यात्मक गीतलाई सरकारले उनको यूट्यूबबाट डिलिट गर्न लगाएपछि यस्तो विरोध सुरु भएको हो । यसैक्रममा शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ बोलको […]