जनकपुर अाइपुग्याे भारतीय रेल

जनकपुरधाम, १९ असाेज । रेल ब्रोडगेज रेलमार्गबाट बिहीबार जनकपुरसम्म आइपुगेको छ। भारतीय राजदूत मञ्जीवसिंह पुरीले जनकपुरबाट कनकपट्टीसम्म १० किलोमिटर रेल यात्रा गरे। राजदूत पुरीले रेलको चालक कक्षमा बसेर भारतीय विदेश मन्त्रालयका अधिकारीसँगै रेलमार्ग निरीक्षण गरेका थिए। भारत सरकारको आर्थिक सहयोगमा रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा राजदूत पुरीले निरीक्षण गरेका हुन्। रेलमार्ग तयार भइसके पनि […]

डिल्ली रावतको नेतृत्वमा क्रान्तिकारी पत्रकार संगठनले बुझायो सञ्चारमन्त्रीलार्इ ९ बुँदे मागपत्र

काठमाडाैं, १६ असोज । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मिडिया क्षेत्रका समस्या समाधान गर्न दवाव नपुगेकाे बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपालका प्रतिनिधिहरुसँग कुराकानी गर्दै मन्त्री बास्काेटाले दवाव विना काम नहुने स्थिति बनेकाे भन्दै पत्रकारहरुले नै अाफ्ना समस्याका बारेमा बाेल्नुपर्ने बताए । उनले पत्रकारहरु विकेन्द्रित रुपमा कुरामात्र गर्नु भन्दा सबै क्षेत्रबाट दवाव […]

नेकपा नेता जीवन्त र गम्भीर रिहा, कार्यकर्ताले यसरी गरे स्वागत (फोटोफिचर)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’ ६६ दिनपछि रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमाथि मंगलबार बहस गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । गैरकानूनी थुनामा राखेको भन्दै गम्भीरका छोरा चेतन शर्माले दायर गरेको रिटमाथिको न्यायाधीश अनिलकुमार सिन्हा र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले रिहा गर्न आदेश […]

जापानमा शक्तिशाली आँधी आएपछि जनजीवन त्रसित

काठमाडाैं । जापानमा शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित भएको छ । स्थानीय समय अनुसार आइतबार बेलुका ८ बजेतिर तरामी आँधीका कारण ओसाका शहर नजिकै भूक्षय भएको बिबिसीले जनाएको छ । आँधीका कारण तीव्र गतिमा हावा चलेको छ । यो आँधीको गति २१६ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने बताइएको छ । आँधी पूर्व तर्फ बढेका कारण धेरै […]

राजधानीमा पाँच तलामाथिबाट खसेर एकको मृत्यु

भक्तपुर, १४ असाेज । भक्तपुरकाे विनायकमा एक जना व्यक्तिकाे पाँच तलामाथिबाट खसेर मृत्यु भएकाे छ । भक्तपुर नगरपालिका–१० कमल विनायक बस्ने ५७ वर्षीया प्रेमिला शाक्यको घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर मृत्यु भएको हो। आफ्नै पाँचतले घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर शनिबार उनलको मृत्यु भएको प्रहरीले जनाएको छ।

विरगञ्जमा एकाविहानै सुतेका व्यक्तिलार्इ गोली हानियो

काठमाडाैं, १३ असाेज । विरगञ्जमा आज बिहानै गोली चलेको छ। वीरगन्ज महानगरपालिका–२, भन्सार रोडस्थित एक घरमा सुतिरहेका एक व्यक्तिलाई लक्ष्य गरेर अज्ञात समूहले गोली हानेको हो। शनिबार बिहान २ बजेतिर मदनप्रसाद साहलाई सुतिरहेकै कोठामा गोली हानिएको हो। तर गोली नलागेकाले साह सकुशल रहेको प्रहरीले जनाएको छ। कोठामा एक्लै सुतिरहेका साहलाई अज्ञात व्यक्तिले ढोकाको चरबाट हात […]

क्रान्तिकारी पत्रकार संगठनमा डिल्ली रावत अध्यक्ष, स्थापित मिडियाका सम्पादक तथा सक्रिय पत्रकारहरु कमिटिमा

काठमाडौं । क्रान्तिकारी पत्रकार संगठन, नेपालको केन्द्रीय अध्यक्षमा डिल्लीराज रावत निर्वाचत भएका छन् । बिहीबार काठमाडौमा बसेको केन्द्रीय समितिको बैठकले रावतलाई अध्यक्षमा निर्वाचित गरेको हो । बैठकले अन्य पदाधिकारीहरु पनि निर्वाचित गरेको छ । बैठकबाट निर्वाचित भएका सबै पत्रकारहरु सक्रिय पत्रकारहरु छन । साथै प्राय सबै जना नेपाल पत्रकार महासंघका विभिन्न संरचनामा काम गरिसकेका पत्रकार […]

मलेसियामा ४७ जना श्रमिक नेपाली पक्राउ, यस्तो छ कारण

काठमाडौं ।मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना नेपाली प्रक्राउ परेका हुन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार अभियानअन्तर्गत साइबरजयाको एक कम्पनीमा छापा मार्ने क्रममा नेपालीसहित ३३८ जना पक्राउ परेका थिए । मलेसियाले […]

भारतीय नागरिकलाई मार्ने हेलिकोप्टरलाई यसरी झुन्डयाएर सजाय दिइयो

हुम्ला, ९ असोज । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट पुर्‍याइएको छ। मनाङको ‘९ एन-एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई आज श्री एयरको ठूलो हेलिकप्टरले हिल्साबाट झुण्ड्याएर ल्याएको हो। २९ साउनमा हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको हेलिकोप्टरको […]

धरपकको विरोधमा भोली असोज १० गते रोल्पा बन्द

रोल्पा । नेपाल कम्यूनिष्ट पार्टी रोल्पाले अआश्विन १० गते रोल्पा बन्द गर्ने भएको छ । गत असोज १ गते प्रहरीले जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई समेत विनाकारण पक्राउ गरेपछि त्यसको विरोधमा नेकपाले १० गते रोल्पा बन्दको घोषणा गरेको हो । लामो समयदेखि नेकपाका नेता कार्यकर्तामाथिको धरपकड, दमन र गिरफ्तारीबिरुद्ध मंगलबार बन्द आवहान गरिएको सो पार्टीकी नेतृ असिनाले […]