विप्लवका जुम्ला इन्चार्ज सुन्धाराबाट पक्राउ

काठमाडौं, ३ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जुम्ला जिल्ला इन्चार्ज चन्द्रविर तिरुवा ‘रविकिरण’लाई प्रहरीले पक्राउ गरेको छ । उपचारको लागि काठमाडौं आएका उनलाई सोमवार दिउसो सुन्धाराको एक होटेलबाट पक्राउ गरेको हो । रविकिरणसँगै जुम्लाकै वीर कठायतसहित ४ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा उपचारकै लागि जुम्लाबाट काठमाडौं आएका सुर्य कठायत […]

ओली सरकारमाथि कांग्रेस बुँदागत आलोचनाको वर्षा

काठमाडौँ । नयाँ वर्षको पहिलो दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले टर्रा गालीगलौज गरेर देशवासीका नाममा सम्वोधन गरे । सबैप्रति आलोचना गरिरहने प्रधानमन्त्री ओलीले कम्तिमा नयाँ वर्षका दिन नयाँ शैली र विषयवस्तुसहित सम्वोधन गर्ने अपेक्षा धेरैको थियो । तर, त्यस विपरित पुरानै शैलीमा नन्दी र भृंगी भन्दै प्रम ओली गालीमै उत्रेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले […]

हेर्दा हेर्दै सँगै उभिएको साथीलाई जहाजले किच्यो, रौ रौले बचेका साथीको यस्तो अनुभव

सोलुखुम्बु, २ वैशाख । नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको बिमान दुर्घटको खबरले अधिकांश दुखित भए।  पर्यटक आउने याम भएकाले तेञ्जिङ हिलारी विमानस्थल लुक्ला यति बेला निक्कै व्यस्त रहन्छ। आइतबार पनि बिहानैदेखि उडान तथा अवतरण चलिरहेका […]

मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपाल उक्लियो दोस्रो स्थानमा

काठमाडाैं । १९ वर्ष मुनिकाे विश्वकप क्रिकेट प्रतियाेगिताकाे छनाेट खेलमा नेपालले मलेसियालाई शानदार ढंगले पराजित गरेकाे छ । आइसिसी यू-१९ विश्वकप छनोटमा सोमबार नेपाली टाेलीले मलेसियालाई ८ विकेटले पराजित गरेकाे हाे । यससँगै अब नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। मलेसियाको क्वालालाम्पुरस्थित वायुमास ओभल मैदानमा भएको खेलमा घरेलु टोलीले दिएको ९३ रनको सामान्य लक्ष्य […]

बालुवाटारसहित राजधानीको १८ सय ६० रोपनी जग्गा भूमाफियाले कब्जामा लिएको खुलासा

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी सम्पत्ति ललितानिवास व्यक्तिका नाममा बनाइसकेका भूमाफियाले पञ्चायती व्यवस्था अन्त्य भएको ६ वर्षमा एक हजार आठ सय ६० रोपनी जग्गा हडपेको तथ्य भेटिएको छ। ललितानिवासको जग्गा हिनामिनासम्बन्धी तथ्य खोजी गर्ने क्रममा माफियाले अन्य स्थानमा पनि अर्बौं रूपैयाँ मूल्य बराबरका सार्वजनिक तथा सरकारी जग्गा हडपेको तथ्य पाइएको हो। २०४६ सालमा […]

धरानमा भयानक दुर्घटना कार र बस ठोक्किँदा ३ को मृत्यु, ५ को अवस्था चिन्ताजनक

काठमाडौं । सुनसरीको धरानमा गएराति सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । धरान उपमहानगरपालिका–८ पानीट्यांकीमा गएराति ११ बजे अनियन्त्रित बा २० च ४०७६ नम्बरको कार र को १ ख ६७६१ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा कारमा […]

त्यो पेस्तोल मेरो साथमा हुन्थ्यो भने काभ्रेमा अर्कै हुन्थ्यो : सर्वोच्चमा नेता सुदर्शनको बयान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त ओली ‘सुदर्शन’ ले सर्वोच्च अदालतमा ६ मिनेट लामो बयान दिएका छन् । उनले सर्वोच्चमा दिएको बयानको अडियो संचारकेन्द्रले प्राप्त गरेको छ । बुधबार न्यायाधीश अनिलकुमार सिन्हा र टंक मोक्तानको इजलासमा नेता सुदर्शनले काभ्रेबाट दिउसो १२ बजे ललितपुरको ठेचो ल्याएर हातहतियार भेटिएको झुटो रिपोर्ट बनाएर प्रहरीले आफूहरुलाई […]

बिस्केटमार्फत विश्वले भक्तपुर हेर्ने भन्दै सभ्यढंगले प्रस्तुत हुन प्रमुख प्रजापतिको अपिल

भक्तपुरमा मनाइने जात्राहरुमध्ये सबैभन्दा महत्वपूर्व बिस्केट जात्रालाई सभ्य र भब्य बनाउन सद्भाव र्याली सम्पन्न भएको छ । र्याली पछि आयोजित कोण सभामा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्केट जात्रा मार्फत विश्वले भक्तपुर हेर्ने भन्दै सभ्य ढंगले प्रस्तुत हुन अपील गरेका छन । बुधवार बिहान दत्तात्रय देखि शुरु भएर तौमढीमा सम्पन्न र्यालीलाई सम्बोधन गर्दै प्रमुख […]

शिक्षा विकास केन्द्रमा यस्तोसम्म अनियमितता, सडकमै बार्गेनिङ गरेर शर्मनाक अवस्था

भक्तपुर, २७ चैत । करिव ९ महिनाअघि शिक्षा विभागबाट नाम बदलिएर बनेको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा एक व्यक्तिको कामका कारण शर्मनाक अवस्था आएको छ । यस केन्द्र अन्तर्गत नमूना विद्यालय निर्माण कार्यमा परामर्शदाता छनौटको काममा रत्नपार्कमा बेच्न राखिएका सामान जसरी बार्गेनिङ हुन थालेपछि यस्तो शर्मनाक अवस्था आएको हो । यसरी शिक्षा मन्त्रालय […]

विप्लव र विद्रोह

सरकारले नेकपामाथि प्रतिबन्ध लगाएसँगै राजनीतिकवृतमा विप्लवले नेतृत्व गरेको नेकपा र विप्लवबारे व्यापक बहसको थालनी भएको छ । विप्लवलाई उत्तेजीत गराउने र युद्ध भड्काउने खेतीपातीको अभियानले अझै अनेकन हौवा फिजाएका छन् । सरकारले नेकपा नेता कार्यकताहरुलाई पक्राउ गरेर नियन्त्रणमा लिए पनि प्रतिबन्धित नेकपाले प्रतिरोधात्मक जवाफी हमला गरेको छैन । यो घटनापछि राजनीतिमा माओवादी आन्दोलनको धारा मात्र […]